विश्वासिलोपना इनामदायी हुन्छ
१ हिब्रू ११:६ मा ‘परमेश्वरलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ,’ भनिएको छ। ‘थोरै कुरामा विश्वासी हुने’ आफ्ना समर्पित सेवकहरूलाई उहाँले इनाम दिनुहुने एउटा तरिका ‘तिनीहरूलाई धेरै कुरामा नियुक्त गर्नु’ पनि हो। (मत्ती २५:२३) अर्को शब्दमा भन्ने हो भने, थप सेवा गर्ने विशेषाधिकार दिनुभएर यहोवाले आफ्ना विश्वासी साक्षीहरूलाई असल कामको इनाम दिनुहुन्छ।
२ प्रेरित पावलको विश्वासिलोपनाको कारण तिनले युरोप तथा एसिया माइनरका शहर र गाउँहरूमा सेवकाईको काम गर्न पाए। (१ तिमो. १:१२) त्यो सेवकाई पूर्णतया पूरा गर्न उत्कट प्रयत्न गर्नुपरे तापनि पावलले त्यसलाई धेरै मूल्यवान् ठाने। (रोमी ११:१३; कल. १:२५) हर अवसरमा अरूलाई प्रचार गर्ने मौका छोपेर पावलले सेवकाईप्रति हार्दिक मूल्यांकन व्यक्त गरे। जोसिलो क्रियाकलापद्वारा पावलले आफ्नो विश्वास कामसहितको भएको स्पष्टसित प्रदर्शित गरे। हाम्रो सेवकाईको विशेषाधिकारलाई मूल्यवान् ठान्न तिनको उदाहरणले हामीलाई उत्प्रेरित गर्छ।
३ यहोवाले हामीलाई सेवकाई दिनुभएको छ: हामीले पाएको सेवकाईको विशेषाधिकारप्रति पावलको जस्तै दृष्टिकोण कसरी राख्नसक्छौं? सेवकाईमा बढीभन्दा बढी भाग लिने मौका खोजेर। अनौपचारिक प्रचारका साथै घर-घरमा साक्षी दिन हामी हर अवसरको फाइदा उठाउँछौं। घरमा नभेटिएकाहरूकहाँ फेरि जान्छौं र इच्छुक व्यक्तिहरू सबैलाई पुनःभेट गर्छौं। अनि ज-जससित अध्ययन गर्ने समय मिलाएका छौं, तिनीहरूलाई भेटेर अध्ययन गर्छौं।
४ हाम्रो सेवकाईबारे पावलले यस्तो सल्लाह दिए: “समय र बेसमयमा तयार रह।” (२ तिमो. ४:२) मतलब, सेवकाईप्रति हामीले तुरुन्तै ध्यान दिइहाल्नुपर्छ। के हामी आफ्नो जीवनमा सेवकाईलाई प्राथमिकता दिएर समय र बेसमय हर घडी तयार भएर सेवकाईको काममा भाग लिन्छौं? उदाहरणका लागि, सप्ताहन्तमा हामी मनोरञ्जन वा व्यक्तिगत कामकुराहरूमा लागेर सेवकाईमा सदुपयोग गर्नुपर्ने समय खेर फाल्नेछैनौं। यस रीतिरिवाजको अन्त नजीकै छ भनेर हामी विश्वस्त छौं। तसर्थ, हामीले गर्नसक्ने प्रमुख काम परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु नै हो भनेर हामी निश्चित छौं।
५ परमेश्वरप्रति विश्वासी छौं वा छैनौं, त्यो हामी उहाँप्रति सच्चा तथा वफादार छौं कि छैनौं साथै उहाँले दिनुभएका काममा अथक परिश्रमकासाथ लागिरहेका छौं वा छैनौं, त्यसबाट प्रस्ट झल्किन्छ। आउनुहोस्, हामी सबैले सेवकाईको कामलाई पूर्णतया पूरा गरौं ताकि हाम्रो विश्वासीलोपनालाई यहोवाले प्रशस्तगरि इनाम दिऊन्।