प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 डिसेम्बर p. ३
  • सेवाको काम विस्तार गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवाको काम विस्तार गर्ने
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
  • तपाईंको सेवकाई विस्तार गर्ने तरिकाहरू
    हाम्रो राज्य सेवकाई—१९९९
  • अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 डिसेम्बर p. ३

सेवाको काम विस्तार गर्ने

१ प्रेरित पावलले मसीहीहरूलाई परमेश्‍वरको मार्गमा “झन्‌ बढ्‌दै जाओ” भनेर सल्लाह दिए। (१ थिस्स. ४:१) यसको अर्थ हामीले के गर्नुपर्छ? आध्यात्मिक गतिविधिमा धेरैभन्दा धेरै भाग लिने तरिकाहरू खोजेर ‘सेवाको काम पूरा गर्न’ सधैं अथक प्रयास गर्नु, हामीले गर्न सक्ने एउटा कुरा हो।—२ तिमो. ४:५.

२ मनसाय: सृष्टिकर्ताको अझ धेरै सेवा गर्ने चाहनाले हामीलाई सेवाको काम विस्तार गर्न हौस्याउछ। हामी आध्यात्मिक तवरमा फल्नफुल्न चाहन्छौं अनि प्रचारकार्यमा अझ उन्‍नति गर्ने तरिकाहरू खोज्छौं। सही मनसाय अनि राम्रो तालिकाले ईश्‍वरतान्त्रिक लक्ष्यहरू हासिल गर्न हामीलाई मदत गर्नेछ।—भज. १:१, २; फिलि. ४:६; हिब्रू १०:२४, २५.

३ सेवाको काम विस्तार गर्न हामीले आत्मत्यागी मनोभाव विकास गर्नैपर्छ। येशूले बसाल्नुभएको असल उदाहरणलाई प्रार्थनापूर्वक मनन गरेर हामी यस्तो मनोभाव विकास गर्न सक्छौं। (मत्ती २०:२८) पृथ्वीमा छऊञ्जेल अरूको सेवा गरेर येशूले प्रशस्त आनन्द बटुल्नुभयो। (प्रेरि. २०:३५) मानिसहरूमा व्यक्‍तिगत चासो देखाएर अनि सेवाको काम विस्तार गर्ने मौका खोजेर हामी येशूको अनुकरण गर्न सक्छौं।—यशै. ६:८.

४ आमाबाबुको भूमिका: अरूलाई मदत गर्ने अनि सेवाको काम विस्तार गर्ने इच्छा केटाकेटीको मनमा सानैदेखि हाल्न सकिन्छ। सेवाको काम विस्तार गर्न परिवारका सदस्यहरूले गरेको सक्रिय योगदान र लगनशील प्रयास केटाकेटीले याद गरिरहेका हुन्छन्‌। हजुरबुबासित मिलेर मण्डलीमा हुने विभिन्‍न काममा भाग लिएकोले सानो छँदा नै सेवाको काम विस्तार गर्न आफू उत्साही भएको एक जना मसीही भाइले बताए। हजुरबुबाको लगन अनि आनन्द देखेर तिनले पनि भाइहरूको सेवा गर्ने मौका खोजे। अहिले तिनी सेवकाई सेवकको रूपमा सेवा गर्दैछन्‌।

५ भाइहरूको आवश्‍यकता: “यदि कुनै मानिसले विशपको [“निरीक्षकको,” NW] काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ।” (१ तिमो. ३:१, NRV) यहोवाको संगठनमा सेवा गर्ने थप सुअवसरहरूका लागि आफूलाई योग्य बनाउन यी शब्दहरूले भाइहरूलाई प्रोत्साहन दिन्छ। यस्ता सुअवसरहरू प्राप्त गर्न विशेष तालिम लिनु वा विशेष क्षमताहरू हुनु आवश्‍यक छैन। सेवाको काम विस्तार गर्न खोज्ने भाइले परमेश्‍वरको राज्यलाई जीवनमा प्रथम स्थान दिनुपर्छ र प्रचारकार्यमा जोसिलो भई भाग लिनुपर्छ। (मत्ती ६:३३; २ तिमो. ४:५) अनि अरूको लागि असल उदाहरण बन्‍ने अथक प्रयास पनि गर्नुपर्छ।

६ विश्‍वभरि: यहोवाले जम्मा गर्ने कामलाई द्रुत गतिमा बढाइरहनुभएको छ। (यशै. ६०:२२) येशूको उदाहरण अनुकरण गर्ने सबैले सेवाको काम विस्तार गर्नुपर्ने आवश्‍यकता अत्यन्तै बढेको छ। सन्‌ २००६ सेवा वर्षको विश्‍वव्यापी रिपोर्टअनुसार २,४८,३२७ जनाले बप्तिस्मा लिए। औसत हिसाब निकाल्दा उक्‍त संख्या प्रत्येक दिन ६८० जना नयाँ व्यक्‍तिहरूले बप्तिस्मा लिए बराबर हुन्छ! त्यसैले आउनुहोस्‌, सेवाको काम विस्तार गर्ने तरिकाहरू निरन्तर खोजिरहौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने