प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अप्रिल p. १
  • हाम्रो सेवकाई—साँचो प्रेमको अभिव्यक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो सेवकाई—साँचो प्रेमको अभिव्यक्‍ति
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • साँचो प्रेम इनामदायक हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 अप्रिल p. १

हाम्रो सेवकाई—साँचो प्रेमको अभिव्यक्‍ति

१ सेवकाईद्वारा हामी सबैभन्दा मुख्य दुई आज्ञाहरूप्रति आफ्नो आज्ञाकारिता प्रदर्शित गर्छौं। (मत्ती २२:३७-३९) यहोवाप्रतिको प्रेमले हामीलाई उहाँबारे सकारात्मक कुरा गर्न उत्प्रेरित गर्छ। हाम्रा छिमेकीप्रतिको प्रेमले चाहिं तिनीहरूलाई परमेश्‍वरको इच्छा र उद्देश्‍यहरूबारे ज्ञान लिन प्रोत्साहित गर्न हामीलाई प्रेरित गर्छ। जसले गर्दा तिनीहरू पनि हामीहरूजस्तै यहोवालाई प्रेम गर्न र अनन्त जीवनको पुरस्कार पाउन उभिनेहरूका पंक्‍तिमा आफूलाई उभ्याउन अग्रसर हुनसक्छन्‌। त्यसकारण, सेवकाईकै माध्यमद्वारा हामी यहोवाको नाउँप्रति आदर देखाउँछौं र साथै परमेश्‍वरको राज्यको अमूल्य आशा छिमेकीहरूलाई बाँड्‌छौं। हो, हाम्रो सेवकाईले परमेश्‍वर र मानिसप्रति हामी साँचो प्रेम गर्छौं भनेर झल्काउँछ।

२ यस्तो प्रेमले हर स्थितिमा हर किसिमका मानिसहरूसँग कुरा गर्न हामीलाई उत्प्रेरित गर्छ। (१ कोरि. ९:२१-२३) उदाहरणका लागि: एक मसीही प्राचीन हवाईजहाजको यात्रामा रोमन क्याथोलिक धर्मगुरुको सिटसँगै परे। ती प्राचीनले केही सोचनीय सवालहरू गरेर उक्‍त धर्मगुरुको ध्यान परमेश्‍वरको राज्यतिर ताने। हवाईजहाजबाट ओर्लने बेलासम्ममा उक्‍त धर्मगुरुले हाम्रा दुईवटा पुस्तकहरू स्वीकारिसकेका थिए। ती प्राचीनले उनका छिमेकीप्रति व्यक्‍त गरेका साँचो प्रेमको कस्तो राम्रो नतिजा!

३ प्रेमले हामीलाई प्रचार गर्न उत्प्रेरित गर्छ: सहायक तथा पूर्ण-समय अग्रगामीको काममा संलग्न हुनेहरूले निश्‍चय नै परमेश्‍वर र छिमेकीप्रति साँचो प्रेम व्यक्‍त गरिरहेका छन्‌। अग्रगामीहरू अरूलाई आध्यात्मिक तवरमा सहयोग गर्न आफ्नो समय र शक्‍ति निरन्तर बलिदान चढाउँछन्‌। यसो गर्न तिनीहरूलाई केले उत्प्रेरित गर्छ? एक जना अग्रगामीले भनिन्‌: “प्रेम परमेश्‍वरको आत्माको फल हो भनेर मलाई थाह छ। त्यसैले, यो प्रेम नभएको भए अग्रगामी गर्ने कुरा त परै जाओस्‌, म सच्चाइमै हुनेथिइनँ। प्रेमले मलाई मानिसप्रति चासो राख्न र तिनीहरूका आवश्‍यकताहरूप्रति सजग हुन लगाउँछ। अनि मानिसहरूले मैले देखाएको प्रेमप्रति चासो देखाउँदा म मूल्यांकन गर्छु।” येशूले मानिसहरूप्रति देखाउनुपर्ने त्यस्तो प्रेम प्रदर्शित गर्नुभयो। एक पटक उहाँ र उहाँका थकित चेलाहरू “केही थकाइ मा[र्न]” जाँदै हुनुहुन्थ्यो। तर उहाँहरूभन्दा पहिले नै भीड त्यहाँ पुगिसकेको थियो। त्यस बखत येशूले के गर्नुभयो? “तिनीहरूमाथि टिठाउनुभयो।” आफ्ना व्यक्‍तिगत आवश्‍यकताहरूलाई एकातिर पन्छाएर “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन” थाल्नुभयो।—मर्कू. ६:३०-३४.

४ हामीले प्रस्तुत गरेको सुसमाचारलाई कहिलेकाहीं मानिसहरूले तिरस्कार गर्छन्‌। तैपनि, तिनीहरूलाई मुक्‍ति पाउने मदत दिन प्रेमले उत्प्रेरित भएर सकेजति गरेका छौं भन्‍ने जानेर आन्तरिक तवरमा आनन्द महसुस गर्छौं। अन्ततः ख्रीष्टले हामी सबैको न्याय गर्नुहुँदा हामी रमाउन सक्नेछौं किनभने हामीले ‘सेवाको काम पूरा गरेर’ साँचो प्रेम प्रदर्शित गरेका छौं।—२ तिमो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने