प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अप्रिल pp. २-७
  • हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९५
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९८
km98 अप्रिल pp. २-७

हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने

हाम्रो राज्य सेवकाई, फेब्रुअरी १९९८ मा घोषणा गरिएझैं मे ४, १९९८ देखि सेप्टेम्बर १४ सम्मका हप्ताहरूमा हामी मण्डली पुस्तक अध्ययनमा तीनवटा पुस्तिकाहरू पालैसित अध्ययन गर्नेछौं। सबैका लागि उपयोगी किताब र के परमेश्‍वरले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाहरू तेज रफ्तारमा अध्ययन गरिन्छ भन्‍ने कुरा प्रत्येक महिना हाम्रो राज्य सेवकाई-मा दिइने तालिकाबाट थाह पाउनुहुनेछ। त्यसको लागि अध्ययन संचालक र उपस्थित सबैले राम्रो तयारी गर्नुका साथै छिटोछिटो टिप्पणी गर्नुपर्ने हुन्छ। सबैका लागि उपयोगी किताब-मा प्रश्‍नहरू नभएकोले प्रत्येक संचालकहरूले आफै प्रश्‍नहरू बनाउनुका साथै अनुच्छेदका मुख्य मुख्य कुरा प्रकाश पार्नुपर्छ। तालिकामा दिइएका सबै अनुच्छेद पढ्‌न सधैं नभ्याउला तर मुख्य मुख्य बुँदा भएका अनुच्छेद पढ्‌न छुटाउनु हुँदैन। यसरी छिटोछिटो अध्ययन गरेर सिध्याउँदा पुस्तिकामा कुन बुँदाहरू कहाँ छन्‌, त्यसबारे जानकारी हुनेछ र पछि कुनै बुँदा खोज्नु पर्दा सजिलो हुनेछ।

अर्कोतर्फ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट भने एक पटकमा तीनवटा मात्र पाठहरू अध्ययन गर्ने तालिका बनाइएको छ। यसो गर्दा सम्पूर्ण अनुच्छेद पढ्‌न वा प्रायः सबै सान्दर्भिक पदहरू पढ्‌न अनि छलफल गर्न र सोचविचारसहितको राम्रो टिप्पणी गर्नका लागि यथेष्ट समय हुनेछ। यसका लागि पनि सबैले राम्रो तयारी गर्नु आवश्‍यक छ। प्राय बाइबल विद्यार्थीसँग पनि यसै पुस्तिकाबाट अध्ययन गरिने हुनाले बाइबलबारे थोरै जानेका वा पत्तै नभएकाहरूसँग यो पुस्तिका कसरी अध्ययन गर्ने भन्‍ने कुरा संचालकले प्रदर्शित गर्नुपर्छ। साथै, अनावश्‍यक कुराहरू नमुछिकन धर्मशास्त्रीय विषयहरूमा कसरी स्पष्ट तर्क गर्ने र यसलाई चलाएर यहोवाका स्तरहरूप्रति हार्दिक मूल्यांकन गर्न नयाँ व्यक्‍तिलाई कसरी मदत गर्ने जस्ता कुराहरू पनि संचालकले बुझाउनुपर्छ। पाठ १६ को अध्ययनपछि पूरै पुस्तिकाको पुनरावलोकन गर्दा संचालकले विशेषगरि बाइबल अध्ययनमा प्रयोग गर्न सकिने बुँदाहरू पुनरावलोकन गर्न सक्नेछन्‌। त्यसरी विचार पुऱ्‍याउँदा परमेश्‍वरका वचनको शिक्षकको हैसियतमा हाम्रो सिकाउने सीपको उन्‍नति हुनेछ र परमेश्‍वरले हामीबाट चाहनुहुने कुराहरू गर्ने हाम्रो निर्णय पक्का हुनेछ।—भज. १४३:१०; यशै. ५०:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने