“नयाँ मानिसलाई धारण गर”
१ मसीहीहरू सच्चाइ जान्न पाउँदा त्यसको मूल्यांकन गर्छन्! सांसारिक मानिसहरूको जस्तो जीवनशैली नबिताउने तरिका हामीले सिकेका छौं। “अज्ञानताको समझ अँध्यारो भएको हुनाले” तिनीहरू “परमेश्वरको जीवनबाट बिराना भए[का]” छन्। (एफि. ४:१८) हामीलाई पुरानो मानिसका साथै सांसारिक विचारधाराहरू त्यागेर नयाँ मानिस धारण गर्न सिकाइएको छ।—एफि. ४:२२-२४.
२ पुरानो मानिसले नैतिक पतन गराइन्छ। फलस्वरूप, अशुद्ध होइन्छ, मरिन्छ। त्यसकारण, हामी परमेश्वरको राज्य सन्देश सुन्नेहरूलाई क्रोध, रिस, डाह, निन्दा र फोहर बोली त्याग्ने विनम्र आग्रह गर्छौं। परमेश्वरको अनुमोदन पाउन चाहनेहरूले फोहर लुगा फुकालेजस्तै पुरानो मानिसलाई सदाका लागि पूर्णरूपले त्याग्नैपर्छ।—कल. ३:८, ९.
३ मनलाई क्रियाशील गर्ने नयाँ शक्ति: नयाँ मानिसलाई धारण गर्नुमा हाम्रो मनलाई क्रियाशील बनाउने शक्तिमा नयाँ हुनु समावेश छ। (एफि. ४:२३, NW) यो शक्ति अथवा मानसिक झुकाउलाई सही दिशातर्फ मोड्न कसरी नयाँ तुल्याउन सकिन्छ? नियमित तवरमा तथा लगनशील भई परमेश्वरको वचन अध्ययन गरेर अनि त्यसको अर्थ मनन गरेर। त्यसोगर्दा सोचविचार गर्ने नयाँ पद्दति विकास हुन्छ। फलतः व्यक्तिविशेषले परमेश्वर अनि ख्रीष्टको जस्तै दृष्टिकोण अपनाउँछ। सहानुभूति, दया, नम्रता, विनय, सहनशीलता र प्रेमलगायत ख्रीष्टको जस्तै गुणहरू धारण गर्दा व्यक्तिविशेषको जीवन परिवर्तन हुन्छ।—कल. ३:१०, १२-१४.
४ नयाँ मानिस धारण गरेर हामी आफूलाई संसारबाट अलग राख्छौं। हाम्रो जीवनशैलीले हामीलाई अरूभन्दा भिन्न देखाउँछ। हामी सत्य बोल्छौं, अरूलाई प्रोत्साहित पार्ने स्वास्थ्यकर बोली बोल्छौं। हामी रिसलाई नियन्त्रणमा राख्छौं र तीतोपन, होहल्ला, निन्दा र वैरभावको सट्टा परमेश्वरका धार्मिक गुणहरू प्रकट गर्छौं। क्षमा गर्ने सम्बन्धमा हामी आशा गरिएभन्दा बढी मन खोलेर क्षमा गर्छौं।—एफि. ४:२५-३२.
५ नयाँ व्यक्तित्व कहिल्यै नमिल्काऔं। नयाँ व्यक्तित्वबिना हामी यहोवालाई ग्रहणयोग्य सेवा चढाउन हाम्रो यस्तो नयाँ व्यक्तित्वले मानिसहरूलाई सत्यतर्फ आकर्षित गरोस्। साथै हाम्रो अद्भुत नयाँ व्यक्तित्वका सृष्टिकर्ता यहोवाको महिमा गरोस्।—एफि. ४:२४.