प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 फेब्रुअरी p. २
  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • फेब्रुअरी १ मा सुरु हुने हप्ता
  • फेब्रुअरी ८ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १५ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९९
km99 फेब्रुअरी p. २

फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

फेब्रुअरी १ मा सुरु हुने हप्ता

गीत १५४

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जनवरीको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्‌।

१७ मि: “हर उमेरका मानिसहरूलाई पारिवारिक आनन्द किताब प्रस्तुत गर्नुहोस्‌।” दुई वा तीन दक्ष प्रकाशकसित प्राचिनको छलफल। पारिवारिक आनन्दको रहस्य बाइबलको सल्लाह पालन गर्नुमा छ भनेर अरूलाई बुझाउन मदत गर्ने लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌। (पारिवारिक आनन्द, पृष्ठ ९-१२ हेर्नुहोस्‌।) कुनै एउटा सुझावित प्रस्तुति प्रदर्शन गर्नुहोस्‌। पुनःभेटका लागि राम्रो आधार कसरी तयार गर्ने, देखाउनुहोस्‌।

१८ मि: “नयाँ मानिसलाई धारण गर।” एफिसी ४:२०-२४ विश्‍लेषण गर्दै भाषण दिनुहोस्‌। (प्रहरीधरहरा, [अङ्‌ग्रेजी] मार्च १, १९९३, पृष्ठ १४-१८, अनुच्छेद ४-१७ हेर्नुहोस्‌।) हामी कसरी पुरानो मानिसलाई मिल्काएर नयाँ धारण गर्छौं, बताउनुहोस्‌।

गीत ४ र समापन प्रार्थना।

फेब्रुअरी ८ मा सुरु हुने हप्ता

गीत १२

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: “हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!” प्रश्‍नोत्तर। परमेश्‍वरको अस्तित्व छ भनेर शंका गर्ने वा इन्कार गर्नेहरूलाई मदत गर्न सृष्टिकर्ता किताब कसरी प्रयोग गर्न सकिन्छ, व्याख्या गर्नुहोस्‌। यो किताब बाइबल अध्ययनको निम्ति तयार गरिएको होइन। तैपनि यो मानिसलाई बाइबल जाँच्न उस्काउने प्रभावकारी साधन हुनसक्छ। (सृष्टिकर्ता किताब, पृष्ठ १८९-९१) प्रकाशकहरूलाई व्यक्‍तिगत रूपमा यो साहित्य कस्तो लाग्यो र अरूलाई किताब प्रस्तुत गर्दा बटुलेका अनुभवहरू बताउन निम्त्याउनुहोस्‌।

गीत १७३ र समापन प्रार्थना।

फेब्रुअरी १५ मा सुरु हुने हप्ता

गीत ४०

१० मि: स्थानीय घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचार।

१८ मि: ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिएर हामी कसरी लाभान्वित हुन्छौं? स्कूल निरीक्षकद्वारा श्रोतासित छलफल। स्कूलको उद्देश्‍य मानिसहरूसँग बोल्न सक्षम हुन तालिम दिनु मात्र होइन। हामीले प्रत्यक्ष तवरमा फाइदा पाउने अन्य तरिकाहरू पनि छन्‌। (स्कूल निर्देशन पुस्तक, पृष्ठ १२-१३ हेर्नुहोस्‌।) मानिसहरूसित अझ राम्ररी कुराकानी गर्न सिक्छौं। हामीलाई सुस्ष्ट, नअकमकाइकन तथा निर्धक्क भई बोल्न सिकाइन्छ। हाम्रो विश्‍वासबारे सोधिएका प्रश्‍नहरूको सटीक जवाफ दिन र हामी बाइबलको आधारमा गरेका निर्णयहरू बताउन अझ कुशल हुन्छौं। बाइबलसम्बन्धी हाम्रो ज्ञान अझ बढ्‌छ र यसले अझ प्रभावकारी ढंगमा अरूलाई साक्षी दिन मदत दिन्छ। हाम्रा कमी कमजोरी मानि लिन र सल्लाह स्वीकार्न सिक्छौं। फलतः अरूसितको हाम्रो व्यवहार अझ सौम्य हुन्छ। स्कूलले दिने सम्पूर्ण तालिमले हामीलाई परमेश्‍वरको “योग्य” सेवक बनाउन मदत गर्छ।—२ कोरि. ३:५, ६.

१७ मि: परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्‌—बाइबल अध्ययन गर्दा।” पारिवारिक समूहद्वारा छलफल। तिनीहरूले पारिवारिक बाइबल पढाइ र अध्ययनमा प्रहरीधरहरा, मे १५, १९९६, पृष्ठ १४-१५ अनि प्रहरीधरहरा, अक्टोबर १५, १९९२ का अध्ययन लेखमा दिइएका सल्लाहहरू कसरी प्रयोग गरिरहेका छन्‌, विश्‍लेषण गर्छन्‌।

गीत ५७ र समापन प्रार्थना।

फेब्रुअरी २२ मा सुरु हुने हप्ता

गीत १७०

१०: स्थानीय घोषणाहरू।

१५ मि: अपार्टमेन्टहरूमा साक्षी दिनु। (तपाईंको इलाका अपार्टमेन्टहरू थोरै छन्‌ भने हाम्रो राज्य सेवकाई, मे, १९९५ को “घरमा नभएकाहरूको अभिलेख किन राख्ने?” लेख ध्यानमा राख्नुहोस्‌।) दुई तीन जना प्रकाशकहरूसित छलफल गर्नुहोस्‌। भवनमा अनुमतिबिना कसैलाई पनि पस्न नदिनु भन्‍ने कडा निर्देशनसहित पालेहरू खटाइएका अपार्टमेन्टहरूमा बस्ने मानिसहरूलाई भेट्‌ने तरिकाहरू विचार गर्नुहोस्‌। मण्डलीले उक्‍त भवनका सभापति वा सचिवको अनुमति लिनसक्छ। अनुमति नदिइएमा भने केही प्रकाशकहरूले व्यवस्थित ढंगले अपार्टमेन्टहरूमा साक्षी दिनसक्छन्‌। तथापि, अनुमति दिइएन भने पालेले एक दुई जना प्रकाशकहरूलाई भवनका प्रत्येक चिठी खसाल्ने बाकसमा एउटा पर्चासम्म खसाल्न देलान्‌। अपार्टमेन्टहरूमा बस्ने व्यक्‍तिको नाउँ थाह पायौं भने फोन मार्फत साक्षी दिनु मदतकारी हुनसक्छ। सम्पर्क राख्नै नसकिने अपार्टमेन्टहरूमा बस्नेहरूलाई चिठी लेख्नुहोस्‌ नभए नजिकै सडकमा उभिएर तिनीहरू आवतजावत गर्दा साक्षी दिनुहोस्‌। अपार्टमेन्टमा बस्नेहरूलाई साक्षी दिंदा सफल हुन सकिएको स्थानीय तरिका प्रदर्शन गर्नुहोस्‌।

२० मि: चेला बनाउने काममा कसरी आनन्द प्राप्त गर्ने। प्रहरीधरहरा, फेब्रुअरी १५, १९९६, पृष्ठ १९-२२ मा आधारित भाषण।

गीत ९१ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने