प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 मार्च p. ४
  • सेवकाई सेवकहरू बहुमूल्य सेवा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवकाई सेवकहरू बहुमूल्य सेवा गर्छन्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • सहायक सेवकहरूले के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ‘वरदानको रूपमा दिइएका पुरुषहरूप्रति’ कृतज्ञ भएको देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 मार्च p. ४

सेवकाई सेवकहरू बहुमूल्य सेवा गर्छन्‌

१ हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अङ्‌ग्रेजी) पुस्तकको पृष्ठ ५७ मा सेवकाई सेवकहरूबारे यसो भनिएको छ, “तिनीहरू साँच्चै समर्पित व्यक्‍तिहरू हुन्‌ भनेर प्रमाणित भएको छ। तिनीहरूको विश्‍वास कत्तिको बलियो छ भनेर परमेश्‍वरको राज्य सेवामा तिनीहरूले देखाएको जोस र अरूलाई विश्‍वासमा बलियो हुन दिएको मदतबाट देखिन्छ।” साँच्चै, हाम्रा सेवकाई सेवकहरूले बसालेको आध्यात्मिक उदाहरण अनुकरणीय छ। तिनीहरू र प्राचीनहरूसँग काम गर्नाले “सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”—एफि. ४:१६.

२ सेवकाई सेवकहरूले मण्डलीका लागि महत्त्वपूर्ण सेवा गर्छन्‌। तिनीहरूको बहुमूल्य सेवाहरूबारे सोच्नुहोस्‌! तिनीहरू लेखा, साहित्य, पत्रिका, ग्राहकसम्बन्धी र प्रचारका क्षेत्रसम्बन्धी कामकुराहरू हेरविचार गर्छन्‌; तिनीहरू परिचारकको रूपमा काम गर्छन्‌, ध्वनि उपकरणहरू सँभाल्छन्‌ र राज्यभवनलाई सुव्यवस्थित राख्न पनि मदत गर्छन्‌। तिनीहरू ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभामा भाग लिन्छन्‌। कसै कसैले जनभाषण पनि दिन्छन्‌ वा मण्डलीका कुनै कुनै सभाहरू सञ्चालन गर्छन्‌। हाम्रो शरीरका अंगहरू जस्तै सेवकाई सेवकहरूले हामीलाई चाहिने सेवाहरू पुऱ्‍याउँछन्‌।—१ कोरि. १२:१२-२६.

३ प्राचीनहरूको हर काममा सेवकाई सेवकहरूले आदर र सहानुभूतिसित सहयोग गरेको देख्दा अरूहरू पनि त्यस्तै गर्न प्रोत्साहित हुन्छन्‌। (कल. २:१९) तिनीहरू प्रत्येक हप्ताको जिम्मेवारी नबिराई पूरा गरेर अनि अरूहरूमा व्यक्‍तिगत चासो राखेर मण्डलीलाई आध्यात्मिक प्रगति गर्न योगदान दिन्छन्‌।

४ यी मेहनती सेवकाई सेवकहरूको मूल्यांकन गर्न हामीले के गर्नुपर्छ? तिनीहरूको कामकुराबारे थाह पाउनुपर्छ र हाम्रो मदत चाहिंदा सहयोग गर्न इच्छुक हुनुपर्छ। तिनीहरूको कामको मूल्यांकन गर्छौं भनेर हाम्रो बोली वा कामले देखाउनसक्छौं। (हितो. १५:२३) हाम्रोनिम्ति मेहनत गर्नेहरू उच्च आदरका योग्य छन्‌।—१ थिस्स. ५:१२, १३.

५ सेवकाई सेवकहरूको काम र योग्यता परमेश्‍वरको वचनले तोकेको छ। (१ तिमो. ३:८-१०, १२, १३) मण्डलीको क्रियाकलापका लागि तिनीहरूको बहुमूल्य सेवा अनिवार्य छ। तिनीहरू सबैले “प्रभुको काममा प्रशस्त” गर्ने हुँदा यस्ता पुरुषहरूलाई हाम्रो प्रोत्साहनको सधैं खाँचो पर्छ।—१ कोरि. १५:५८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने