प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जून पृ. १
  • हामी यहोवाबाट सिकाइएका हौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी यहोवाबाट सिकाइएका हौं
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • राज्य सेवकाइ पाठशालाले ईश्‍वरशासित शिक्षा प्रदान गर्दछ
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 जून पृ. १

हामी यहोवाबाट सिकाइएका हौं

१ आज ईश्‍वरीय निर्देशनमा २३३ मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ। यस संसारले दिने कुनै पनि थोकसित यसको तुलना गर्नसकिंदैन। हाम्रा महान्‌ शिक्षक, यहोवाले हाम्रो फाइदाको निम्ति हामीलाई सिकाउनुका साथै अनन्त जीवनतर्फ पनि डोऱ्‍याउनुहुन्छ।—यशैया ३०:२०; ४८:१७.

२ ईश्‍वरीय शिक्षाका स्कूलहरू: यहोवाका जनहरूको फाइदाको निम्ति सञ्चालन भइरहेका स्कूलहरूबारे विचार गर्नुहोस्‌। लगभग ८७,००० मण्डलीहरूमा हप्तैपिच्छे सञ्चालन हुने ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले लाखौं राज्य प्रकाशकहरूलाई सुसमाचारको जोसिला सेवकहरू हुने तालिम दिन्छ। के तपाईं पनि त्यसमा भर्ना हुनुभएको छ? दुई हप्ते पाइनियर सर्भिस स्कूलमा उपस्थित हुने हजारौंमध्ये के तपाईं पनि हुनुहुन्छ? नियमित अग्रगामीहरूले पुऱ्‍याउनु पर्ने घण्टामा काँटछाँट गरिएको हुँदा सायद थुप्रैले अग्रगामी गर्नसक्नेछन्‌ र यस स्कूलमा उपस्थित हुन योग्य हुनसक्नेछन्‌। विश्‍वका मुख्य भाषाहरूमा सञ्चालन गरिने दुई महिने मिनिस्टेरियल ट्रेनिङ स्कूलले अविवाहित प्राचीन तथा सेवकाई सेवकहरूलाई गहन ईश्‍वरतान्त्रिक जिम्मेवारीहरू उठाउन सुसज्जित पार्छ। समय समयमा सम्पूर्ण प्राचीन तथा सेवकाई सेवकहरूले किङडम मिनिस्ट्री स्कूलबाट पनि विशेष निर्देशनहरू पाउँछन्‌।

३ न्यु योर्कस्थित प्याटर्सनको वाचटावर एजुकेशनल सेन्टरमा विस्तृत ईश्‍वरतान्त्रिक तालिम दिने तीनवटा विशेष स्कूलहरू उपलब्ध गराइएका छन्‌। वाचटावर बाइबल स्कूल अफ गिलियडको पाँच महिने तालिमले सेवकहरूलाई विदेशी मुलुकहरूमा मिसनरी काम गर्न तयार पार्छ। विश्‍वभरिका शाखा समितिका सदस्यहरू शाखा संगठनसमबन्धी दुई महिने प्रशिक्षण कार्यक्रममा उपस्थित हुन्छन्‌। मे १९९९ मा परिभ्रमण निरीक्षकहरूका लागि दुई महिने नयाँ कार्यक्रम सुरु गरियो। उक्‍त कार्यक्रममा संयुक्‍त राज्य र क्यानाडाबाट आएका ४८ जना विद्यार्थीहरू उपस्थित थिए। निस्सन्देह, यी विभिन्‍न स्कूलहरूद्वारा यहोवाले प्रबन्ध गरिदिनुभएको प्रशिक्षणबाट यहोवाका सम्पूर्ण सेवकहरूले उत्तम फाइदा उठाउँछन्‌।

४ कुन उद्देश्‍यका लागि सिकाइएका? परिचालक निकायका एक जना सदस्यले यसो भने: “हाम्रो यो वर्तमान शैक्षिक कार्यक्रमका उद्देश्‍य सारा संसारभरि यहोवाका जनलाई हितोपदेश १:१-४ मा वर्णित असल परिपक्व अवस्थामा पुऱ्‍याउनु . . . हो।” यहोवाले हामीलाई सधैं “सिक्नेहरूको बोली” दिऊन्‌।—यशै. ५०:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने