प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अगस्त पृ. १
  • यहोवाको पवित्र नाउँको उच्च सम्मान गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको पवित्र नाउँको उच्च सम्मान गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँको नाम पवित्र पारियोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • ईश्‍वरीय नाउँ घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अगस्त पृ. १

यहोवाको पवित्र नाउँको उच्च सम्मान गर्नुहोस्‌

१ हाम्रो प्रथम आमाबाबुलाई बहकाएर शैतानले परमेश्‍वरको नाउँमा कलंक लगायो। दियाबलले आदमको मनमा यहोवाले झूटो बोल्नुभयो भन्‍ने विचार घुसाइदियो। (उत्प. ३:१-५) परमेश्‍वरको ईश्‍वरीय नाउँले उहाँको वचन पूरा गर्ने क्षमतालाई झल्काउने हुँदा शैतानले गरेको यो निन्दा अचाक्ली थियो। आफ्नो ईश्‍वरीय उद्देश्‍यहरू पूरा गर्नुभएर यहोवाले आफ्नो नाउँमा लागेको कलंक हटाउनु भएर त्यसलाई पवित्र पार्नुभएको छ।—यशै. ६३:१२-१४.

२ हामी, यहोवाले ‘उहाँको नाउँद्वारा बोलाइएका’ मानिसहरू हौं। (प्रेरि. १५:१४, १७, नयाँ संशोधित संस्करण) उक्‍त अभिव्यक्‍तिले उहाँको नाउँ पवित्रिकरण गर्ने विषयलाई हामी कतिको गम्भीरतापूर्वक लिन्छौं भनी प्रदर्शित गर्ने मौका दिन्छ। यहोवाको असल, कृपालु, मायालु, दयालु र धार्मिक व्यवहार देख्दा हामीलाई उहाँको नाउँ साँच्चै मनोहर लाग्छ। परमेश्‍वरको महिमित नाउँको महानताले गर्दा हामी उहाँप्रति श्रद्धाले ओतप्रोत हुन्छौं। (भज. ८:१; ९९:३; १४८:१३) हामी के गर्न उत्प्रेरित हुनुपर्ने हो?

३ परमेश्‍वरको नाउँ पवित्र पार्नुहोस्‌: हुन त परमेश्‍वरको नाउँ पवित्र नै छ, यसलाई पवित्र पार्न जरुरी छैन। तर हाम्रो स्वच्छ आचरण र परमेश्‍वरको राज्य प्रचारकार्यले हामी उहाँको नाउँको उच्च सम्मान गर्छौं भनेर देखाउन सक्छौं। हामी यसरी उद्‌गार गरौं: “परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँको पुकारा गर। जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार गर, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर।” (यशै. १२:४) हामी यो कसरी गर्न सक्छौं?

४ हामी यहोवाको नाउँ र उहाँको नाउँसँग सम्बन्धित सम्पूर्ण पक्षहरूको घोषणा गर्न हरेक अवसरको फायदा उठाउन सक्छौं। हाम्रो प्रचार कार्य औपचारिक वा अनौपचारिक, घर-घर वा पसल-पसल, सडक वा टेलिफोन नै किन नहोस्‌, यसले यहोवालाई सम्मान दिन्छ। हामीले चासो देखाउने व्यक्‍ति भेट्यौं भने तिनीकहाँ फेरि गएर यहोवाबारे अझ धेरै कुरा सिकाउन निश्‍चित समय मिलाउनुपर्छ। त्यसको मतलब हामीले मिलाएको समयमा पुग्नैपर्छ साथै गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस कायमै राख्नुपर्छ। खुसीको कुरा, यहोवाको पवित्र नाउँसित परिचित हुन, आदर गर्न र अझ पवित्र पार्न वर्षेनी हजारौं हजार ओइरिरहेका छन्‌।

५ यहोवाको नाउँ पवित्रिकरण गर्ने कार्यमा तनमनले सहभागी हुँदा अदनको बगैंचामा शैतानले उठाएको विवादमा हामी कसको पक्षमा छौं भनेर स्पष्ट हुन्छ। हामीले गर्नसक्ने सबैभन्दा श्रेष्ठ र सम्मानित काम यही हो। हामी सबैले यहोवाको पवित्र नाउँको उच्च सम्मान गर्दै जोसका साथ प्रशंसा गरौं!—१ इति. २९:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने