प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जून p. ८
  • ईश्‍वरीय नाउँ घोषणा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय नाउँ घोषणा गर्ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जून p. ८

ईश्‍वरीय नाउँ घोषणा गर्ने

१. परमेश्‍वरको व्यक्‍तिगत नाउँ थाह पाउँदा त्यसले मानिसहरूमा कस्तो असर पार्न सक्छ?

१ पहिलो चोटि यहोवाको नाउँ थाह पाउँदा तपाईंले कस्तो प्रतिक्रिया देखाउनुभयो? थुप्रैको प्रतिक्रिया यी महिलाको जस्तै छ, जसले यसो भनिन्‌: “पहिलो पटक बाइबलमा परमेश्‍वरको नाउँ देख्दा म रोएँ। वास्तवमा, परमेश्‍वरको व्यक्‍तिगत नाउँ थाह पाउने र उक्‍त नाउँ पुकार्न प्रयोग गर्न सकिने ज्ञानले मलाई निकै प्रभाव पाऱ्‍यो।” तिनको लागि ईश्‍वरीय नाउँ थाह पाउनु यहोवालाई व्यक्‍तिगत रूपमा चिन्‍ने र उहाँसित सम्बन्ध विकास गर्ने महत्त्वपूर्ण कदम थियो।

२. हामीले अरूलाई यहोवाबारे सिकाउनु किन नितान्त जरुरी छ?

२ यसलाई किन घोषणा गर्ने? परमेश्‍वरको नाउँ उहाँका गुण, उद्देश्‍य तथा कार्यहरूसित सम्बन्धित छ। यो उद्धारसित पनि सम्बन्धित छ। “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ” भनी प्रेरित पावलले लेखे। तर मानिसहरूले यहोवाबारे थाह नपाएसम्म र उहाँमा विश्‍वास नगरेसम्म “तिनीहरूले उहाँलाई कसरी पुकार्ने?” भनी पावलले तर्क गरे। तसर्थ, मसीहीहरूले अरूलाई परमेश्‍वरको नाउँ घोषणा गर्नु र यसरी थाह पाउनुमा के-के समावेश छ भनेर बताउनु नितान्त जरुरी छ। (रोमी १०:१३, १४) तथापि, ईश्‍वरीय नाउँ घोषणा गर्नै पर्ने योभन्दा जोडदार कारण छ।

३. हामीले प्रचार गर्नुको प्रमुख कारण के हो?

३ सन्‌ १९२० को दशकमा, परमेश्‍वरका जनहरूले परमेश्‍वरको सार्वभौमिकता उच्च गर्नु र उहाँको नाउँ पवित्र पार्नुसित सम्बन्धित विश्‍वव्यापी विवादलाई धर्मशास्त्रबाट बुझे। आफ्नो नाउँमा लागेका कलंक हटाउन यहोवाले दुष्टहरूलाई नाश गर्नुअघि उहाँबारे सत्य कुरा ‘सारा पृथ्वीमा प्रचार’ गर्नै पर्छ। (यशै. १२:४, ५; इज. ३८:२३) तसर्थ, हामीले प्रचार गर्नुको प्रमुख कारण भनेको जनसमक्ष यहोवाको प्रशंसा गर्नु अनि सारा मानवजातिसामु उहाँको नाउँ पवित्र पार्नु हो। (हिब्रू १३:१५) परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले हामीलाई यो ईश्‍वरप्रदत्त कार्यमा पूरापूर भाग लिन उत्प्रेरित गर्नेछ।

४. यहोवाका साक्षीहरू कसरी परमेश्‍वरको नाउँले चिनिन थालेका छन्‌?

४ ‘उहाँको नाउँको निम्ति एक जाति’: सन्‌ १९३१ मा हामीले यहोवाका साक्षीहरू भन्‍ने नाउँ धारण गऱ्‍यौं। (यशै. ४३:१०) त्यहाँदेखि उसो परमेश्‍वरका जनहरूले ईश्‍वरीय नाउँ यत्ति व्यापक रूपमा घोषणा गरेका छन्‌ कि प्रोक्लेमर्स पुस्तक, पृष्ठ १२४ मा यसो भनिएको छ: “विश्‍वभरि नै, जसले निसंकोच यहोवा भन्‍ने नाउँ प्रयोग गर्छ, ऊ तुरुन्तै एक जना यहोवाको साक्षीको रूपमा चिनिन्छ।” के तपाईं यसरी चिनिनुहुन्छ? यहोवाको भलाइप्रतिको कृतज्ञताले हामीलाई हरेक उपयुक्‍त अवसरमा उहाँबारे कुरा गरेर ‘उहाँको नाउँ धन्यको भन्‍न’ प्रेरित गर्नुपर्छ।—भज. २०:७; १४५:१, २, ७.

५. परमेश्‍वरको नाउँ धारण गर्नुमा हाम्रो आचरणको कस्तो सम्बन्ध छ?

५ “उहाँको नाउँको निम्ति एक जाति[को]” हैसियतमा हामीले उहाँका स्तरहरू पालन गर्नै पर्छ। (प्रेरि. १५:१४; २ तिमो. २:१९) यहोवाका साक्षीहरूबारे मानिसहरूले अक्सर सबैभन्दा पहिला याद गर्ने भनेको उनीहरूको असल आचरण हो। (१ पत्रु. २:१२) ईश्‍वरीय सिद्धान्तहरू उल्लंघन गरेर वा आफ्नो जीवनमा उहाँको उपासनालाई दोस्रो स्थानमा राखेर हामी कहिल्यै पनि उहाँको नाउँ बदनाम गर्न चाहँदैनौं। (लेवी २२:३१, ३२; मला. १:६-८, १२-१४) बरु, ईश्‍वरीय नाउँ धारण गर्ने सुअवसरको हामी कदर गर्छौं भन्‍ने कुरा हाम्रो जीवन शैलीले देखाउन सकोस्‌।

६. अहिले र सदासर्वदा हामी कस्तो सुअवसरको आनन्द उठाउन सक्छौं?

६ आज, हामी यहोवाको यो घोषणा पूरा भएको दख्छौं: “सूर्योदय देखि सूर्यास्तसम्म अन्यजातिहरूका बीचमा मेरो नाउँ महान्‌ छ।” (मला. १:११) आउनुहोस्‌, यहोवाबारे सत्य घोषणा गरिरहौं र “सधैंको निम्ति उहाँको पवित्र नाउँलाई धन्यको” भनिरहौं।—भज. १४५:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने