प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी पृ. १
  • परमेश्‍वरको भविष्यसूचक वचन पूरा हुनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको भविष्यसूचक वचन पूरा हुनेछ!
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • लाखौं जानेछन्‌—तपाईं नि?
    ब्यूँझनुहोस्‌!—१९९९
  • परमेश्‍वरको भविष्यसूचक वचनले भविष्यको लागि आशा दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी पृ. १

परमेश्‍वरको भविष्यसूचक वचन पूरा हुनेछ!

१ यहोवाका साक्षीहरूले पहिलेदेखि नै बाइबल भविष्यवाणीमा चासो राख्दै आएका छन्‌। यसकारण, गत साल जिल्ला अधिवेशनको विषय “परमेश्‍वरको भविष्यूसचक वचन” हुनेछ भनेर थाह पाउँदा हामी खुसीले गद्‌गद भएका थियौं। यहोवाले “ठीक ठीक समयमा खान” दिन हाम्रो लागि के साँचेर राख्नुभएको छ भनेर बुझ्न हामी उत्सुक थियौं। (मत्ती २४:४५) उहाँले हामीलाई निराश बनाउनुभएन।

२ अधिवेशनका विशेषताहरू: “परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌” विषयक शुक्रबारको मुख्य भाषणमा येशूको रूप परिवर्तनबारे ज्ञानवर्द्धक छलफल समावेश गरिएको थियो। (मत्ती १७:१-९) उक्‍त भाषणले जोड दिएअनुसार अहिले हामी उत्तम समयको संघारमै छौं किनकि हामी अन्तको पनि अन्तिम समयमा र नयाँ संसारको छेउमै छौं! परमेश्‍वरको वचनमा ध्यान दिने एउटा महत्त्वपूर्ण तरिका हो, नियमित अध्ययन। “परमेश्‍वरको वचन पढेर आनन्द उठाउनुहोस्‌” विषयक गोष्ठीले हाम्रो बाइबल पढाइलाई अझ फलदायी र रमाइलो बनाउने व्यवहारिक सुझाउहरू प्रस्तुत गऱ्‍यो।

३ हामी अन्तिम दिनमा बाँचिरहेका छौं भनेर विश्‍वस्त हुनुपर्ने कारणहरू हामीले शनिबार अपराह्नमा पुनरावलोकन गऱ्‍यौं। के तपाईंलाई ती सबै कारणहरू सम्झना छ? आइतबार बिहान, हाम्रो दिन हबकूकको दिनजस्तै छ अनि यहोवाले दुष्टलाई नाश गर्नुहुँदा र धर्मीहरूलाई बचाउनुहुँदा हुने महत्त्वपूर्ण घटनाहरू चाँडै आउँदैछन्‌ भन्‍ने कुराहरू हामीले सिक्दा हबकूकको भविष्यवाणी जीवन्त भयो। के तपाईंले याकूब र एसावबारे प्रस्तुत गरिएको बाइबल नाटक बुझ्नुभयो? हामीले निरुत्साह र उदासीनताको विरोध गर्दै जोसका साथ यहोवाबाट पाइएको आशिष्‌को मूल्यांकन गर्नुपर्छ।

४ एउटा नयाँ रोचक पुस्तक: दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! नामक नयाँ पुस्तक पाउँदा हामी एकदमै रोमाञ्चित भएका थियौं! तपाईंले अवश्‍य पनि यो रोचक पुस्तक पढिरहनुभएको होला। यस पुस्तकको विमोचन गर्ने वक्‍ताले यसो भने: “दानियलको पुस्तकका केही विवरणहरूबाहेक अन्य सबै भविष्यवाणीहरू पूरा भइसके।” के त्यसले अहिले ढिलासुस्ती गर्ने समय होइन भनेर जोड दिंदैन र?

५ अधिवेशनको कार्यक्रमले पूरा हुन बाँकी रहेका परमेश्‍वरका सबै प्रतिज्ञाहरू पूरा हुनेछ भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाएको छ। परमेश्‍वरको भविष्यसूचक वचन अरूलाई घोषणा गरिरहन हामी उत्प्रेरित भएका छौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने