प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. ७
  • के तपाईं बसाइँ सर्नुहुँदैछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं बसाइँ सर्नुहुँदैछ?
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • हामी नयाँ मण्डलीमा कसरी घुलमिल हुन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. ७

के तपाईं बसाइँ सर्नुहुँदैछ?

यदि सर्नुहुँदैछ भने तपाईं तथा अरूले केही कदमहरू चाल्नु आवश्‍यक छ। निम्न आधारभूत कदमहरू चालेर तपाईं नयाँ मण्डलीमा चाँडै स्थापित हुन सक्नुहुनेछ।

(१) बसाइँ सर्ने ठाउँ थाह पाउनुभएपछि तपाईंले संगत गरिरहनुभएको मण्डलीका सचिवले तपाईं सर्नुहुने नयाँ मण्डलीको राज्यभवनको ठेगाना प्राप्त गर्नसक्लान्‌। त्यहाँ पुग्नेबित्तिकै राज्यभवन पत्ता लगाउनुहोस्‌ अनि मण्डलीको सभा सञ्चालन हुने समय पक्का गर्नुहोस्‌। एकभन्दा बढी मण्डलीले एउटै राज्यभवन प्रयोग गरिरहेका छन्‌ भने तपाईं बस्नुभएको ठाउँ कुन मण्डलीको इलाका अन्तर्गत पर्छ, प्राचीनसित सोधपुछ गर्नुहोस्‌। सभाहरू धाउन र स्थानीय प्राचीनहरूसँग चिनापर्ची गर्न ढिलो नगर्नुहोस्‌।

(२) तपाईंको अहिलेको मण्डली र नयाँ मण्डलीका सचिवहरूले तपाईं अनि तपाईंको परिवारको मण्डलीको प्रकाशक रेकर्ड कार्ड स्थानान्तरण गर्न मदत गर्नेछन्‌। तपाईंको नयाँ मण्डलीका प्राचीनहरूलाई सिफारिस पत्र पनि पठाइनेछ। (हाम्रो राज्य सेवकाई मार्च १९९१, प्रश्‍न पेटी हेर्नुहोस्‌।) मण्डली सेवा समितिले तपाईं आउनुभएको जानकारी उपयुक्‍त पुस्तक अध्ययन सञ्चालकलाई दिनुपर्छ ताकि तिनले तपाईंसँग भेटघाट गरेर तपाईंको नयाँ पुस्तक अध्ययन हुने ठाउँ बताउनेछन्‌।—रोमी १५:७.

(३) तपाईंको नयाँ मण्डलीका सबै प्रकाशकहरूले आनन्दसाथ एउटा काम गर्नेछन्‌। त्यो हो, तपाईंसँग परिचित हुने अनि तपाईंलाई हार्दिक स्वागत गरिएको महसुस गराउने। (३ यूहन्‍ना ८ तुलना गर्नुहोस्‌।) तर यसको लागि तपाईं सभाहरूमा उपस्थित हुनुपर्छ जसले गर्दा तपाईंले भाइबहिनीहरूसँग प्रोत्साहनदायी तथा उत्थानदायी कुराहरू आदानप्रदान गर्न सक्नुहुन्छ।

(४) बसाइँ सर्ने सबै काम पूरा भएपछि मात्र नयाँ मण्डलीको क्षेत्र सेवकाईमा भाग लिन्छु भनेर तपाईं त्यत्तिकै नबसिरहनुहोस्‌। परमेश्‍वरको राज्यलाई प्राथमिकता दिनुभयो भने अन्य कुराहरू पनि मिल्दै जानेछन्‌ र तपाईंलाई नयाँ ठाउँमा अप्ठ्यारो लाग्नेछैन। (मत्ती ६:३३) तपाईं नयाँ घरमा बसिसक्नुभएपछि सायद अझ राम्ररी परिचित हुन मण्डलीका केही भाइबहिनीहरूलाई घरमा बोलाउन चाहनुहुन्छ होला।—रोमी १२:१३ख.

बसाइँ सर्नु भनेको एउटा ठूलो योजना हो। तथापि, सबैले उक्‍त सुझाउअनुसार गऱ्‍यो भने आध्यात्मिक अवरोधहरू आइपर्ने छैनन्‌। तपाईं बसाइँ सर्ने काममा विथोलित भएका सबै व्यक्‍तिहरू हाम्रो मायालु मसीही भ्रातृत्वले असाध्यै प्रभावित हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने