“प्रभुमा परिश्रम गर्ने स्त्रीहरू”
१ उक्त शब्दहरू पावलले रोमका त्रिफेना र त्रिफोसा नाम गरेकी दुई जना बहिनीहरूबारे वर्णन गर्न प्रयोग गरेका थिए। तिनले अर्की बहिनी परसीसबारे यसो भने: “[तिनले] प्रभुमा धेरै परिश्रम ग[रिन्]।” त्यस्तै फिबी पनि “धेरै जनाका [लागि] . . . उपकारी भएकी छन्” भनेर पावलले राम्रो टिप्पणी गरे। (रोमी १६:२, १२) धर्मशास्त्रमा “असल काम गर्न र दान-पुण्यमा निपुण” भनेर तबीताको अलग्गै चिनारी दिइएको छ। (प्रेरि. ९:३६) आध्यात्मिक स्त्रीहरू मण्डलीका लागि साँच्चै आशिष् हुन्!
२ के हाम्रा मण्डलीमा कडा परिश्रम गर्ने बहिनीहरूको हामी मूल्यांकन गर्छौं? धेरैजसो प्रचार कार्य बहिनीहरूले गर्छन् र बाइबल अध्ययनहरू पनि बहिनीहरूकै धेरै हुन्छन्। साथै थुप्रै नयाँ व्यक्तिहरूलाई पनि मदत गर्छन्। बालबच्चाहरूको आध्यात्मिक उन्नतिका लागि पनि तिनीहरू निकै समय दिन्छन्। मण्डलीमा प्रेम, आनन्द, शान्ति तथा जोस बढाउने काममा बहिनीहरूले साँच्चै आफ्नो भाग पूरा गरिरहेका छन्। आफ्ना पति तथा परिवारका सदस्यहरूले यहोवाको सेवामा अझ बढी भाग लिन सकून् भनेर भन्नाका लागि तिनीहरू निकै हदसम्म सहयोग गर्छन्।
३ पूर्ण-समय सेवकाईमा लागिरहेका बहिनीहरू: प्रभुमा परिश्रम गर्ने स्त्रीहरूमध्ये आफूलाई खटाइएको ठाउँमा उन्नति गराउन मदत गर्ने परिभ्रमण निरिक्षकका पत्नी पनि पर्छन्। तिनीहरू आफ्ना श्रीमान्ले भ्रमण गरिरहेको मण्डलीको क्षेत्र सेवकाईमा व्यस्त भएर थुप्रै बहिनीहरूलाई प्रोत्साहन दिन्छन्। बेथेलमा काम गर्ने बहिनीहरूलाई पनि हामीले बिर्सनु हुँदैन। तिनीहरूले पनि यहोवाको संगठनलाई सघाउन जोसका साथ पवित्र सेवा चढाउँछन्। अनि नियमित अग्रगामीको काम गर्ने बहिनीहरूले पनि परमेश्वरलाई खुसी तुल्याउने प्रयास गर्दै हजारौंलाई सच्चाइ सिक्न मदत गरिरहेका छन्।
४ यी विश्वासी स्त्रीहरूले आत्मत्यागी जीवनबाट ठूलो सन्तुष्टि पाइरहेका छन्। (१ तिमो. ६:६, ८) तिनीहरू प्रशंसा अनि हामीले दिनसक्ने प्रोत्साहन र सहायताका योग्य छन्।
५ मसीही स्त्रीहरू यहोवाको संगठनका लागि बहुमूल्य सम्पत्ति हुन्। तिनीहरूले चढाइरहेको विश्वासी सेवा हामी सबैका लागि आशिष् हो। हामी यस्ता स्त्रीहरूको मूल्यांकन गरिरहन सकौं अनि तिनीहरूले ‘प्रभुमा परिश्रम गर्दा’ यहोवाको आशिष् पाइरहून् भनेर प्रार्थना गरिरहौं।