प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 फेब्रुअरी पृ. ८
  • विश्‍वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • थप प्रगति तर्फ सकारात्मक गतिविधि
    हाम्रो राज्य सेवकाई—१९९२
  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ‘ख्रीष्टको चालमा चल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सजिलै पाइने मदत
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 फेब्रुअरी पृ. ८

विश्‍वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?

१ हामीले यहोवाको संगठनसित संगत गर्न थालेदेखि नै हाम्रो आध्यात्मिक उन्‍नति आनन्दको स्रोत साबित भएको छ! तथापि, विश्‍वासमा ‘जरा हाल्न, बनिन र दृढ़ भइरहन’ आध्यात्मिक उन्‍नति गरिरहनु आवश्‍यक छ। (कल. २:६, ७) धेरैजसोको आध्यात्मिक फलिफाप भइरहेको भए तापनि कोही कोहीचाहिं “विश्‍वासमा दृढ़ भइ” रहन नसकेकाले तर्केर गएका छन्‌। (१ कोरि. १६:१३) हामी पनि त्यसो हुनदेखि जोगिनक्छौं। तर कसरी?

२ आध्यात्मिक क्रियाकलापमा निरन्तर लागिरहनुहोस्‌: यहोवाको संगठनभित्र रहेर राम्रो आध्यात्मिक तालिका बनाउनुहोस्‌। यहाँ हाम्रो आध्यात्मिक आवश्‍यकताहरूको पर्याप्त मात्रामा ख्याल गरिन्छ। मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूले हामीलाई आध्यात्मिकतामा उन्‍नति गर्न र स्थिर हुन प्रेरणा दिन्छ तर त्यहाँ उपलब्ध हुने कुराहरूबाट लाभ उठाउन हामी नियमित तवरमा भेला भएकै हुनुपर्छ। (हिब्रू १०:२४, २५) बाइबल, प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू अनि परमेश्‍वरको वचनका खँदिला आध्यात्मिक भोजनबारे चर्चा गरिएका पुस्तकहरू नियमित रूपमा अध्ययन गर्ने गऱ्‍यौं भने त्यसले हाम्रा आध्यात्मिकताका जराहरूलाई बलियो बनाउन मदत गर्नेछ। (हिब्रू ५:१४) व्यक्‍तिगत आध्यात्मिक लक्ष्यहरू राखेर र ती लक्ष्यहरूलाई हासिल गर्न परिश्रम गर्दा पनि हामीले अनन्त लाभहरू उठाउनसक्छौं।—फिलि. ३:१६.

३ परिपक्व व्यक्‍तिहरूबाट मदत लिनुहोस्‌: मण्डलीका आध्यात्मिकतामा परिपक्व व्यक्‍तिहरूसित सम्बन्ध बढाउने प्रयास गर्नुहोस्‌। प्राचीनहरूसित पनि राम्रो सम्बन्ध बढाउनुहोस्‌ किनभने आध्यात्मिकतामा बलियो हुन मदतको मुख्य स्रोत तिनीहरू नै हुन्‌। (१ थिस्स. २:११, १२) तिनीहरूले दिनसक्ने कुनै पनि सल्लाह वा परामर्शहरू स्वीकार्नुहोस्‌। (एफि. ४:११-१६) सेवकाई सेवकहरू पनि अरूलाई विश्‍वासमा बलियो बनाउनका लागि मदत गर्न इच्छुक छन्‌। त्यसैले, तपाईंलाई प्रोत्साहन चाहिएको बेला तिनीहरूसित कुरा गर्न नहिचकिचाउनुहोस्‌।

४ के तपाईंलाई सेवकाईमा मदत चाहिएको छ? प्राचीनहरूसँग मदत माग्नुहोस्‌। सायद तपाईंलाई पनि अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ कार्यक्रममा समावेश गरिएला। के तपाईंले भर्खरै बप्तिस्मा लिनुभएको हो? आवर मिनिस्ट्री पुस्तक अध्ययन गरेर त्यसअनुरूप कदम चाल्दा हामी आध्यात्मिक परिपक्वतातर्फ बढ्‌दै जान उत्प्रेरित हुनेछौं। के तपाईं बाबु अथवा आमा हुनुहुन्छ? हुनुहुन्छ भने, आफ्ना छोराछोरीको आध्यात्मिकतालाई निरन्तर बलियो बनाइरहनुहोस्‌।—एफि. ६:४.

५ जरा हालिएर विश्‍वासमा दृढ हुँदै हामी यहोवासँगको घनिष्ठताका साथै अनि हाम्रा भाइबहिनीसितको न्यानो संगतीको आनन्द उठाउछौं। यसले हामीलाई शैतानका आक्रमणहरूको सामना गर्न र हाम्रो अनन्त भविष्यको आशा बलियो बनाउन मदत गर्नेछ।—१ पत्रु. ५:९, १०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने