प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मार्च पृ. ८
  • डानियल्स प्रोफेसी अध्ययन गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डानियल्स प्रोफेसी अध्ययन गर्ने
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • हामी पारिवारिक आनन्द पुस्तक अध्ययन गर्नेछौं
    हाम्रो राज्य सेवकाई—१९९७
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 मार्च पृ. ८

डानियल्स प्रोफेसी अध्ययन गर्ने

१ अप्रिल १७ को हप्तादेखि हामी मण्डली पुस्तक अध्ययनमा पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तक अध्ययन गर्नेछौं। हामी थुप्रैले यस चाखलाग्दो पुस्तक पढिसक्यौं होला तर अब हामीले समूहमा बसेर छलफल गर्दा पाइने लाभको आनन्द उठाउने सुअवसर पाएका छौं। यसमा प्रकाशक, जिज्ञासु व्यक्‍ति र केटाकेटी सबैलाई आमन्त्रित गरिन्छ। हो, हरेक हप्ता बाइबल पुस्तक दानियलको गहिरिएर गरिने अध्ययनमा उपस्थित हुन प्रोत्साहित गरिन्छ।—व्यव. ३१:१२, १३.

२ अध्ययन तालिका र निर्देशन: डानियल्स प्रोफेसी पुस्तकको सम्पूर्ण अध्ययन तालिका हाम्रो राज्य सेवकाई-को यस अंकमा दिइएको छ। तपाईंको पुस्तकमा यसको एक प्रति राख्न नबिर्सनुहोस्‌। तालिकामा हरेक हप्ता पढिने अध्याय र अनुच्छेदका साथै दानियलको पुस्तकबाट छलफल गरिने शास्त्रपदहरू पनि उल्लेख गरिएका छन्‌। पादटिप्पणीहरूमा पुस्तकको केही भाग कसरी र कहिले छलफल गरिनेछ भनी बताइएको छ। हरेक हप्ता अध्ययनको अन्तमा सञ्चालकलाई त्यस हप्ताको तालिकामा दिइएका दानियलको शास्त्रपदहरू पुनरावृत्ति गर्न प्रोत्साहित गरिन्छ। समयले भ्याउँछ भने शास्त्रपद पढेर टिप्पणी गर्न सकिन्छ। केही शास्त्रपदहरूको छलफल एउटै अध्ययनमा नसकिने भएकोले दोहोरिन पनि सक्छ।

३ विस्तृत अध्ययनको निम्ति तयारी गर्नुहोस्‌: निर्दिष्ट विषयवस्तु हतार नगरी राम्ररी छलफल गर्न हरेक हप्ता पर्याप्त समय दिने प्रयास गरिएको छ। चार वटा अध्यायहरू तुलनात्मक रूपमा अलि छोटो छन्‌। तसर्थ, जून ५ को हप्तामा सञ्चालकले अध्ययनको अन्तमा दानियल २:१-४० पुनरावृत्ति गर्नसक्छन्‌। जून २६ को हप्तामा चाहिं तिनले दानियल ३:१-३० पुनरावृत्ति गर्नसक्छन्‌। सेप्टेम्बर ४ को हप्तामा पृष्ठ १३९ मा दिइएको चित्र र शास्त्रपदहरूको विस्तृत छलफल गर्नुपर्छ। अक्टोबर २ को हप्तामा पृष्ठ १८८ र १८९ मा दिइएको चार्ट छलफल गर्नुपर्छ।

४ हरेक हप्ता राम्ररी तयारी गर्नुहोस्‌ अनि भाग लिएर आनन्द उठाउनुहोस्‌। यहोवाको दृश्‍य संगठनसित संगत गर्ने सुअवसरको र उहाँका अभिषिक्‍त जनहरूद्वारा प्रबन्ध गरिएको अन्तरदृष्टि र समझको लाभ उठाउन पाएकोमा मूल्यांकन गर्नुहोस्‌। (दानि. १२:३, ४) अरूलाई पनि नियमित तवरमा भाग लिन प्रोत्साहित गर्नुहोस्‌। आश्‍चर्य र भयले भरिएको दानियलको पुस्तकमा प्रकट गरिएको परमेश्‍वरको भविष्यसूचक वचनमा हामी सबै ध्यान देऔं।—हिब्रू १०:२३-२५; २ पत्रु. १:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने