प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अप्रिल p. १
  • के तपाईंसित आत्मत्यागी भावना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंसित आत्मत्यागी भावना छ?
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • आत्मत्यागी मनोभाव देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • किन आत्मत्यागी हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अप्रिल p. १

के तपाईंसित आत्मत्यागी भावना छ?

१ येशू ख्रीष्टले मानवजातिको लागि निःस्वार्थ भावले गर्नुभएको कार्यप्रतिको मूल्यांकनले हामीलाई आफ्नो सीप, शक्‍ति अनि बल आत्मत्यागी भावले प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ। धर्मशास्त्र यस्तो आग्रह गर्छ: “यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) समय समयमा आत्मपरीक्षण गर्दा आफ्नो परिस्थितिले भ्याउञ्जेल तपाईंले त्यस किसिमको भाव प्रकट गरिरहनुभएको छ कि छैन भनी हेर्न मदत गर्नेछ।

२ बाइबलको ज्ञान लिन: के तपाईंले व्यक्‍तिगत बाइबल पढाइ तथा नियमित अध्ययन गर्न समय छुट्याउनु भएको छ? के तपाईं त्यस तालिका सँगसँगै चलिरहनुभएको छ? मण्डलीका सभाहरूको तयारी गर्नु पनि के तपाईंको तालिकामा समावेश छ? तपाईं परिवारको शिर हुनुहुन्छ भने के परिवारसित नियमित बाइबल अध्ययन गर्दैहुनुहुन्छ? यसो गर्न टेलिभिजन, कम्प्युटर वा अरू कामकुराहरूमा बिताउने समय बलिदान गर्नु आवश्‍यक पर्नसक्छ। तथापि, परमेश्‍वरको वचन अध्ययन गर्न समय बिताउँदा अनन्त जीवनतर्फ पुग्नसक्छौं भनेर थाह पाउँदा हाम्रो त्याग कत्ति नगण्य रहेछ भनेर जान्‍नेछौं!—यूह. १७:३.

३ छराछोरीलाई सिकाउन: आत्मत्यागको पाठ सिक्ने पहिलो चरण नै शैशवकाल हो। खेल्नको लागि समय भएजस्तै ईश्‍वरतान्त्रिक गतिविधिको लागि पनि समय हुनुपर्छ भनेर आफ्ना छोराछोरीहरूलाई सिकाउनुहोस्‌। (एफि. ६:४) घरमा लाभदायी कामहरू गर्न लगाउनुहोस्‌। तिनीहरूसित सेवकाईमा भाग लिने नियमित तालिका बनाउनुहोस्‌। असल उदाहरणद्वारा तपाईंले दिनुहुने निर्देशनहरूमाथि अझ जोड दिनुहोस्‌।

४ मण्डलीका क्रियाकलापमा: सबैको भलाइको लागि मण्डलीका सबैले स्वेच्छापूर्वक आत्मत्यागी भाव देखाउँदा मण्डलीको फलिफाप हुन्छ। (हिब्रू १३:१६) तपाईं राज्य प्रचार कार्य तथा चेला बनाउने कार्यमा अझ धेरै समय बिताउन सक्नुहुन्छ कि? बिरामी अथवा वृद्धहरूलाई सायद यातायातको प्रबन्ध मिलाएर सभामा आउन सहयोग गर्न सक्नुहुन्छ कि?

५ आफ्नो मानव जीवन बलिदान गर्नुअघि येशूले आफ्ना चेलाहरूलाई राज्यसम्बन्धी क्रियाकलापहरूमा आफ्नो ध्यान केन्द्रित गरेर अन्य कार्यहरूलाई दोस्रो स्थानमा राख्ने सल्लाह दिनुभयो। (मत्ती ६:३३) त्यस्तो आत्मत्यागी भाव देखाउँदा यहोवाको सेवामा लागुञ्जेल हामीले असीम आनन्द अनुभव गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने