प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 डिसेम्बर pp. ३-४
  • आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको लागि व्यावहारिक तालिका बनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
  • परिवारहरू हो, परमेश्‍वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्‌—बाइबल अध्ययन गर्दा
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 डिसेम्बर pp. ३-४

आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌

१ येशूले आफ्ना स्रोताहरूलाई दुई प्रकारका निर्माताहरूसित तुलना गर्नुभयो। एक जनाले आफ्नो जीवनको जग ख्रीष्टप्रतिको आज्ञाकारीताको चटानमाथि बसाल्यो र त्यो विरोध तथा सतावटका हुरीमा पनि ढलेन भने अर्को चाहिंले आफ्नो जग अनाज्ञाकारीताको स्वार्थी बालुवामा बसाल्यो जुन दबाब आइपर्दा टिक्नसकेन। (मत्ती ७:२४-२७) यस रीतिरिवाजको आखिरी समयमा बाँचिरहेकोले हामीमाथि हुरीसमान थुप्रै आपत्‌ आइपर्छन्‌। पर क्षितिजमा आरमागेडोनको कालो बादल मडारिन थालिसक्यो। के हामी आफ्नो विश्‍वासमा अन्तसम्मै स्थिर रहनेछौं? (मत्ती २४:३, १३, २१) अहिले हामी कसरी जीवन बिताइरहेका छौं, त्यसमा धेरै कुरा निर्भर गर्छ। यसकारण, आफैलाई यो प्रश्‍न सोध्नु आवश्‍यक छ, ‘के मैले मेरो मसीही जीवन परमेश्‍वरप्रति आज्ञाकारी भई सेवा गर्नुमा केन्द्रित गरेको छु?’

२ यहोवाको सेवामा आफ्नो जीवन केन्द्रित गर्नुको अर्थ के हो? यसको अर्थ यहोवालाई आफ्नो जीवनको प्रमुख कुरा बनाउनु हो। यसमा परमेश्‍वरको राज्यलाई हाम्रो मुख्य चासोको विषय बनाउनु पनि समावेश छ। दैनिक जीवनका हरेक क्रियाकलापमा परमेश्‍वरको आज्ञा पालन गर्नु पनि यसमा बिथोलित छ। व्यक्‍तिगत, परिवारसँग तथा मण्डलीमा गरिने बाइबल अध्ययनलगायत क्षेत्र सेवकाईमा तनमन लगाउनु र यी कुराहरूलाई प्राथमिकता दिनु पनि यसमा समावेश छ। (उप. १२:१३; मत्ती ६:३३) यसरी आज्ञाकारी भयौं भने हाम्रो विश्‍वासको चटान बलियो हुनेछ र जस्तोसुकै हुरीसरह आपत्‌ आइपरे तापनि सितिमिति ढल्नेछैन।

३ येशूले जस्तै आज लाखौंले आफ्नो जीवन तथा भावी आशाहरू निर्धक्क भई यहोवाको सेवामा केन्द्रित गरेको देख्न पाउनु साह्रै आनन्दको कुरा हो। (यूह. ४:३४) तिनीहरू ईश्‍वरतान्त्रिक गतिविधिहरूका नियमित तालिकाअनुसार चल्छन्‌ र त्यसबाट पाइने आशिष्‌हरूको आनन्द उठाउँछन्‌। लोग्नेस्वास्नी मिलीजुली दुई छोराहरूलाई यहोवाको सेवामा सफलतासाथ कसरी हुर्काए, त्यसबारे एउटी आमाले यसो भनिन्‌: “हाम्रो जीवनको रोम रोममा सच्चाइले बास गरेको थियो। हामी सबै अधिवेशनहरू धाउँथ्यौं, सभाहरूका लागि तयारी गर्थ्यौं, सभाहरूमा उपस्थित हुन्थ्यौं अनि क्षेत्र सेवकाईलाई जीवनको अभिन्‍न अंग बनाएका थियौं।” तिनका श्रीमान्‌ले चाहिं यसो भने: “सच्चाइ हाम्रो जीवनको भाग होइन, त्यो त हाम्रो जीवनै हो। बाँकी सबथोक यसैमा आधारित छन्‌।” के तपाईंले पनि आफ्नो परिवारमा यहोवाको सेवालाई यसरी नै प्राथमिकता दिनुभएको छ?

४ व्यवहारिक साप्ताहिक तालिकाको योजना बनाउनुहोस्‌: यहोवाको संगठनले हप्तामा पाँचवटा सभाहरूको प्रबन्ध मिलाएर हामीलाई राम्रो आध्यात्मिक रुटीनअनुसार चल्न मदत गर्छ। यहोवाको सेवामा आफ्नो जीवन केन्द्रित गर्न चाहने मसीहीहरूले यी महत्त्वपूर्ण सभाहरूमा उपस्थित हुन आफ्नो जागीर तथा पारिवारिक कामकुराहरू ट्याक्कटुक्क मिलाउँछन्‌। यी सभाहरूमा नियमित उपस्थित भएर तिनीहरूले “बढी महत्त्वपूर्ण कुराहरूलाई पक्का” गर्छन्‌।—फिलि. १:१०, NW; हिब्रू १०:२५.

५ परिपक्व मसीहीहरूले हरेक दिन ठीक-ठीक समयमा नियमित तवरले खाना खानु परेजस्तै व्यक्‍तिगत तथा पारिवारिक अध्ययनका साथै सभाहरूको तयारीका लागि पनि तालिका तोक्नुपर्छ भनेर बुझेका हुन्छन्‌। (मत्ती ४:४) के तपाईं हरेक दिन व्यक्‍तिगत अध्ययनका लागि कमसे कम १५/२० मिनेट छुट्ट्याउन सक्नुहुन्छ? यसमा सफल हुने हो भने अध्ययन गर्ने समयमा नानाभाँति कुराहरूमा अलमलिनुहुँदैन। बानी बसाल्नुहोस्‌। यसको लागि बिहान सधैंभन्दा अलि सबेरै उठ्‌नु पर्ला। विश्‍वव्यापी बेथेल परिवारका करिब १७,००० सदस्यहरू दैनिक पद छलफल गर्न बिहान सबेरै उठ्‌छन्‌। हो, छिटो उठ्‌ने हो भने व्यवहारिक भई छिटै सुत्नुपर्छ। यसो गर्दा अर्को दिन जाँगरिलो हुन सकिन्छ।

६ यदि तपाईं परिवारको शिर हुनुहुन्छ भने परिवारको ईश्‍वरतान्त्रिक गतिविधिको तालिकाको योजना बनाउन र मिलाउन अग्रसर हुनुहोस्‌। कुनै परिवार रातको खाना खाएर कामधन्धा सकेपछि आराम गरिरहँदा एक साथ बाइबल पढ्‌छन्‌ त कुनै परिवार वार्षिक पुस्तक वा अन्य प्रकाशनहरू पढ्‌छन्‌। छोराछोरी हुर्काएर परिपक्व मसीही बनाउनसक्ने थुप्रै आमाबाबुहरू सफलताको एउटा कारण हरेक हप्ता साँझपख एकसाथ उत्थानदायी आध्यात्मिक कामकुरा गर्ने पारिवारिक चलन नै हो भन्छन्‌। यस्तै महसुस गर्ने एक बुबा भन्छन्‌: “मलाई लाग्छ, हाम्रा छोराछोरीको आध्यात्मिक उन्‍नति हुनुको मुख्य कारण हामीले ३० वर्षअघिदेखि हरेक बुधबार राति गर्दै आएको नियमित पारिवारिक अध्ययन नै हो।” तिनका तीनै जना छोराछोरीले कलिलै उमेरमा बप्तिस्मा लिए र पछि ती तीनै जना पूर्ण-समय सेवकाईमा लागे। पारिवारिक अध्ययनको अलावा, क्षेत्र सेवकाईमा के भन्‍ने, के प्रस्तुत गर्ने, वा सभाको कुनै भाग अभ्यास गर्नुका साथै अन्य स्वास्थ्यकर गतिविधिहरूको पनि एकसाथ आनन्द उठाउन सकिन्छ।

७ के तपाईंले आफ्नो साप्ताहिक तालिकामा परमेश्‍वरको राज्यको प्रचार गर्ने “समयको . . . विचार” गर्नुभएको छ? (कल. ४:५) हामीमध्ये धेरैजसोले पारिवारिक तथा मण्डलीका जिम्मेवारीहरू पनि पूरा गर्नुपर्ने भएकोले असाध्यै व्यस्त छौं। हरेक हप्ता प्रचार गर्ने र सिकाउने काममा व्यस्त रहन कुनै ठोस प्रबन्ध मिलाएनौं भने यो महत्त्वपूर्ण कामको निम्ति समय मिलाउन नसक्ने गरी अन्य कामकुराहरूमा व्यस्त हुनसक्छौं। गाईबस्तु पाल्ने फार्मका मालिकले यसो भने: “सेवकाईमा जाने हो भने कुनै एक दिन तोक्नै पर्छ भनेर मैले १९४४ तिर महसुस गरें। आजसम्म सेवकाईमा जान म हप्तामा एकदिन छुट्टी लिन्छु।” साक्षी दिनको लागि निश्‍चित तालिका भएकोले नै महिनामा १५ घण्टा प्रचार कार्यमा बिताउन सकेको एक मसीही प्राचीनको अनुभव छ। शनिबारको दिन आध्यात्मिकतासित सम्बन्ध नभएको कुनै काम आइपऱ्‍यो भने तिनी बिहानको क्षेत्र सेवकाईपछि त्यो काम गर्छन्‌। के तपाईं र तपाईंको परिवारले कमसे कम हप्ताको एकदिन क्षेत्र सेवकाईका लागि छुट्याउनु भएर यसलाई आफ्नो आध्यात्मिक जीवनशैलीको भाग बनाउन सक्नुहुन्छ?—फिलि. ३:१६.

८ आफ्नो जीवनशैली केलाउनुहोस्‌: हाम्रो जीवन यहोवाको सेवामा केन्द्रित गर्न नदिने थुप्रै कुराहरू छन्‌। हामीले अध्ययन गर्न सभा र सेवकाईमा जान विशेष ध्यान दिएर तयार पारेको तालिकालाई समय र अवसरले खलबल्याउनसक्छ। यसबाहेक हाम्रो शत्रु शैतानले ‘हामीलाई रोक्न’ र हाम्रो योजना विफल पार्न हर प्रयास गर्नेछ। (१ थिस्स. २:१८; एफि. ६:१२, १३) यी अड्‌चनहरूले गर्दा हतोत्साही भएर हार मान्‍ने अवस्थासम्म नपुग्नुहोस्‌। तपाईंले तालिका मिलाउनु भएको ईश्‍वरतान्त्रिक गतिविधिलाई पूरा गर्न चाहिने सबै काँटछाँट गर्नुहोस्‌। वास्तवमा के उचित छ त्यो पूरा गर्न कम्मर कस्नु र निरन्तर लागिरहनु आवश्‍यक छ।

९ सांसारिक प्रभाव तथा हाम्रो पापी शरीरका नकारात्मक झुकाउहरूको वशमा परेर आध्यात्मिकतासित असम्बन्धित अनि हाम्रो अधिकांश समय र ध्यान खिंच्ने कामकुरामा पटक्कै लाग्नु हुँदैन। यस्ता प्रश्‍नहरू सोधेर आत्म-परीक्षण गर्नु जरुरी छ: ‘के मेरो जीवनशैली विस्तारै विस्तारै असन्तुलित वा पथभ्रष्ट हुँदैछ? बित्दै गरेको यो संसारमा पो मैले आफ्नो जीवन केन्द्रित गर्न थालेको छु कि? (१ यूह. २:१५-१७) आध्यात्मिक कामकुराको तुलनामा व्यक्‍तिगत कामकुरा, विलासी यात्रा, खेलकुद वा टेलिभिजनलगायत अन्य मनोरञ्जनहरूमा कति समय बिताइरहेको छु?’

१० अनावश्‍यक कामकुराहरूले गर्दा आफ्नो जीवन अस्तव्यस्त भएजस्तै लाग्यो भने के गर्ने? पावलले आफ्ना भाइहरू “सिद्ध” होऊन्‌ वा “काँटछाँट” गरून्‌ भनेर प्रार्थना गरेझैं यहोवाको सेवामा फेरि एकचित्तको हुनसकूँ भनेर अन्तरबिन्ती गरे कसो होला? (२ कोरि. १३:९, ११, NW, पादटिप्पणी) अनि त्यसपछि आफ्नो संकल्पअनुसार जीवन बिताउने दृढ निर्णय गरी आवश्‍यक काँटछाँट गर्नुहोस्‌। (१ कोरि. ९:२६, २७) आज्ञाकारी भई उहाँको सेवा गर्न यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ।—यशैया ३०:२०, २१ तुलना गर्नुहोस्‌।

११ परमेश्‍वरको आनन्ददायी सेवामा व्यस्त रहनुहोस्‌: सबथोक छोडेर सुख-विलासको पछि दौडने लाखौं मानिसहरू जीवनको अन्तिम मोडमा आइपुग्दा भोकप्यास नभनी थुपारेको भौतिक सरसम्पत्तिले चिरकालीन आनन्द नदिएको महसुस गर्छन्‌। यो “बतासलाई खेदेको जस्तो मात्र” भएको छ। (उप. २:११) अर्कोतिर, आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरेर ‘उहाँलाई सधैं आफ्नो सामने राख्दा,’ हामी एकदमै सन्तुष्ट हुन्छौं। (भज. १६:८, ११) हामी सन्तुष्ट यसैकारण हुन्छौं, किनकि यहोवा नै हाम्रो अस्तित्वको मूल कारक हुनुहुन्छ। (प्रका. ४:११) महान्‌ उद्देश्‍यकर्ताबिना जीवनको कुनै अर्थ छैन। यहोवाको सेवा गर्दा हाम्रो जीवन अर्थपूर्ण र उद्देश्‍यपूर्ण हुन्छ। अनि यस्तो जीवनले हामी र अन्य मानिसहरूलाई चिरकालीन, हो, अनन्तकालीन फाइदाहरू पुऱ्‍याउँछ।

१२ शैतानको संसार नाश हुने समय द्रुत गतिले नजिकिंदै गएको हुँदा कहिले पनि यति गरे पुग्छ भन्ठान्‍ने र अविलम्बी हुनुपर्ने भावलाई बिर्सने नगर्नु अत्यावश्‍यक छ। भविष्यप्रतिको हाम्रो दृष्टिकोणले हाम्रै दैनिक जीवनलाई असर गर्छ। नूहको समयका मानिसहरूले पृथ्वीमा जलप्रलय हुनेछ भनेर पत्याएनन्‌। जलप्रलय नआउञ्जेल तिनीहरू खाँदै, पिउँदै र विवाह गर्दै आफ्नो जीवनलाई व्यक्‍तिगत कामकुरामा व्यस्त बनाएका थिए र “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” (मत्ती २४:३७-३९) आज पनि आफ्नो जीवन यो संसारमा केन्द्रित गर्नेहरूले आफ्नो भावी आशा मानिसले अहिलेसम्म नभोगेको “प्रभुको दिन,” महासर्वनाशमा हेर्दाहेर्दै चक्नाचूर भएको देख्नेछन्‌।—२ पत्रु. ३:१०-१२.

१३ त्यसैकारण, जीवित परमेश्‍वर र उहाँको इच्छा पूरा गर्नमा आफ्नो जीवन केन्द्रित गर्नुहोस्‌। यहोवाजस्तो भरपर्दो व्यक्‍तिसित गर्नसक्ने जस्तो लगानी तपाईंले जीवनमा कहिल्यै पाउनुहुनेछैन। उहाँ झूट बोल्नुहुन्‍न—उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ। (ती. १:२) उहाँलाई सुम्पेको कुनै पनि कुरा कहिल्यै गुम्नेछैन। (२ तिमो. १:१२) त्यसरी अहिले हामीले बिताइरहेको आज्ञाकारी र विश्‍वासी जीवन आनन्दित परमेश्‍वरको आनन्ददायी सेवामा अनन्तसम्म बिताउनसक्ने जीवनको सुरुआत मात्र हो!—१ तिमो. १:११; ६:१९.

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“सच्चाइ हाम्रो जीवनको भाग होइन, त्यो त हाम्रो जीवनै हो।

बाँकी सबथोक यसैमा आधारित छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने