प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मे p. ७
  • प्रश्‍नपेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍नपेटी
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०१०
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
हाम्रो राज्य सेवकाई—२०००
km00 मे p. ७

प्रश्‍नपेटी

◼ आफ्ना छोराछोरीलाई सभामा शिष्ट व्यवहार गर्न सिकाउन परिचारकहरूले आमाबाबुलाई कसरी मदत गर्नसक्छन्‌?

केटाकेटीहरू स्वभावैले फुर्तिला र धेरै बेरसम्म एकै ठाउँमा चुपो लागेर बस्न नसक्ने हुन्छन्‌। सभा होउञ्जेल छुकछुक गर्न नपाएकोले सभा सिद्धिने बित्तिकै केटाकेटीहरू राज्यभवनभित्र वा सभा हुने अन्य स्थानमा, मोटर पार्क गर्ने ठाउँमा अनि आवतजावत गर्ने ठाउँमा दौडने र अरू केटाकेटीलाई लखेट्‌ने गर्न सक्छन्‌। यद्यपि, हितोपदेशले भनेको यो कुरा सही हो: ‘छाडा छोडेको छोराले आफ्ना आमाबाबुलाई लाजमा पार्छ।’—हितो. २९:१५.

दुःखको कुरा, केटाकेटीहरू दौडदा धक्का लागेर लडेका हाम्रा केही वृद्ध भाइबहिनीहरूलाई नराम्रोसँग चोट पटक लागेको छ। यसले गर्दा अनावश्‍यक दुःख र बेकारमा आमाबाबु र मण्डलीको खर्च भएको छ। तिनीहरूको आफ्नै सुरक्षा र अरूको हितको लागि केटाकेटीलाई राज्यभवनभित्र अनि बाहिर दौडन र खेल्न दिनुहुँदैन।

आफ्ना छोराछोरीलाई, हाम्रो उपासना गर्ने ठाउँको आदर गर्न सिकाउने धर्मशास्त्रीय जिम्मेवारी आमाबाबुको हो। (उप. ५:१क) हाम्रा मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा “सबै काम शिष्ट रुपले” र राम्रो “चाल-ढङ्‌ग[मा]” भएको छ कि छैन भनी हेर्न परिचारकहरू खटाइएका हुन्छन्‌। (१ कोरि. १४:४०; कल. २:५) तिनीहरू कार्यक्रमअघि, भइरहेको बेला र पछि भवनभित्र अनि बाहिर के-कसो हुँदैछ भनी चनाखो हुनैपर्छ। यदि कुनै बच्चा दौडिरहेको छ अथवा छाडा भइरहेको छ भने परिचारकले भद्र तरिकामा त्यसो गर्न नदिएर बच्चालाई त्यसो गर्न नहुने कारण सम्झाउन सक्छन्‌। तिनले बच्चाका आमाबाबुलाई पनि त्यसबारे नम्रतापूर्वक बताएर उसलाई जे मन लाग्यो त्यही गर्न दिनुहुँदैन भन्‍नुपर्छ। त्यसो भन्दा आमाबाबुले उपयुक्‍त प्रतिक्रिया देखाउनुपर्छ।

नवजात शिशु र साना केटाकेटीहरू सभाहरूका दौडान बेलाबेलामा रुनु अथवा झगडालु हुनु सामान्य कुरा हो। परिचारकहरू कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा पनि २० मिनेट चाँडै आएर सभा भवनको पछाडिका २/३ लाइन सिट आफ्ना स-साना केटाकेटी लिएर पछाडि बस्न चाहने आमाबाबुका लागि रोकिदिन सक्छन्‌। हामी बाँकीले चाहिं ती सिटहरूमा नबसिदिएर सहयोग गर्नसक्छौं।

यदि कुनै बच्चाले ध्यान भंग गर्दैछ भने आमाबाबुले तिनीहरूलाई चुप लगाउन केही गरिहाल्नुपर्छ। यदि आमाबाबुले वास्ता गरेनन्‌ र अरू सबैको ध्यान त्यतै जान लाग्यो भने एक जना परिचारक आएर नम्रतासाथ आमाबाबुलाई आफ्नो बच्चालाई बाहिर लैजानुहुन्छ कि भन्‍नसक्छन्‌। हामीले स-साना बच्चा भएका नयाँ मानिसहरूलाई सभामा बोलाउँदा तिनीहरूसँगै बसेर बच्चा रोएमा अथवा अरू कुनै प्रकारको हल्लाखल्ला गरेमा त्यसो नगर्न सहयोग गर्नुपर्छ।

विभिन्‍न उमेरका केटाकेटीहरू राज्यभवनमा देख्न पाउँदा र परमेश्‍वरको घरमा तिनीहरूको असल आचरण देख्दा हामीलाई आनन्द लाग्छ। (१ तिमो. ३:१५) तिनीहरूले यहोवाको उपासनासम्बन्धी प्रबन्धको आदर गर्दा उहाँको महिमा हुनुको साथै पूरै मण्डलीको प्रशंसा पनि पाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने