प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 नोभेम्बर p. १
  • प्रचार गरिरहनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गरिरहनुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • किन प्रचार गरिरहने?
    हाम्रो राज्य सेवकाई—२००२
  • हामी किन भेट्‌न गइरहन्छौं?
    हाम्रो राज्य सेवकाई—१९९७
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 नोभेम्बर p. १

प्रचार गरिरहनुहोस्‌!

१ “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ। (१ तिमो. २:४) यही कारणले गर्दा, उहाँले हामीलाई सुसमाचार प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ। (मत्ती २४:१४) यदि हामीले प्रचार गरिरहनु पर्ने कारण बुझ्यौं भने हामीले सामना गर्न सक्ने कुनै पनि नैराश्‍य वा सम्भाव्य बाधाहरूले हामीलाई रोक्न सक्ने छैन।

२ किन प्रचार गरिरहने? संसारका थुप्रै कुराहरूले मानिसहरूको ध्यान विकर्षण गर्ने हुँदा हामीले सुनाएको सुसमाचार तिनीहरूले बिर्सन्छन्‌ वा हल्कासित लिन्छन्‌। तसर्थ, हामीले तिनीहरूलाई परमेश्‍वरको मुक्‍तिको सन्देशबारे सम्झना दिलाइ रहनैपर्छ। (मत्ती २४:३८, ३९) यसको अतिरिक्‍त, मानिसहरूको परिस्थिति सधैं परिवर्तन भइरहन्छन्‌। रातारात संसारको अवस्थासमेत बिलकुलै परिवर्तन हुनसक्छ। (१ कोरि. ७:३१) हुनसक्छ भोलि, अर्को हप्ता वा अर्को महिना हामीले प्रचार गरेका मानिसहरूले नयाँ समस्या एवम्‌ चिन्ताहरूको सामना गर्नुपर्ला, जसले गर्दा हामीले सुनाएको सुसमाचारप्रति तिनीहरूले गम्भीर ध्यान दिनसक्छन्‌। हार नमानी तपाईंलाई सच्चाइ सुनाउने त्यस साक्षीप्रति के तपाईं आभारी हुनुहुन्‍न?

३ परमेश्‍वरको दया अनुकरण गर्न: दुष्टहरूमाथि न्यायदण्ड ल्याउनुअघि यहोवाले धैर्य गरी पर्खिरहनुभएको छ। हामीद्वारा उहाँले साँचो हृदय भएकाहरूलाई उहाँतर्फ फर्कन अनि बच्न आह्वान गरिरहनुभएको छ। (२ पत्रु. ३:९) यदि हामीले खराब मार्ग नत्याग्ने सबै मानिसहरूलाई परमेश्‍वरको दयालु सन्देश सुनाएनौं र परमेश्‍वरको सन्‍निकट न्यायदण्डबारे चेताउनी दिएनौं भने हामी रक्‍तदोषी हुनेछौं। (इज. ३३:१-११) हाम्रो प्रचारकार्य सधैं स्वीकार्य नभए तापनि हामी ती निष्कपट अनि परमेश्‍वरको अपार दयाको मोल गर्ने मानिसहरूलाई मदत गर्न कहिल्यै सुस्ताउनु हुँदैन।—प्रेरि. २०:२६, २७; रोमी १२:११.

४ प्रेम प्रदर्शन गर्न: स्वयम्‌ यहोवा परमेश्‍वरले येशू ख्रीष्टद्वारा सारा पृथ्वीमा सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभएको थियो। (मत्ती २८:१९, २०) मानिसहरूले सुन्‍न इन्कार गर्दासमेत हामीले सही काम गर्ने दृढता प्रकट गरेर परमेश्‍वरप्रति प्रेम अनि भक्‍ति देखाउन सक्छौं।—१ यूह. ५:३.

५ प्रचार गरिरहन हामी कटिबद्ध हुनसकौं! उत्साही भई यस कार्यमा लागौं किनकि यहोवाको “उद्धारको दिन” अहिल्यै हो।—२ कोरि. ६:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने