प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 नोभेम्बर पृ. १
  • “ठीक बेलामा भनेको ठीक कुरा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ठीक बेलामा भनेको ठीक कुरा”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • प्रभावकारी तरिकामा प्रश्‍न सोध्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • फिलिपले एथियोपियाका अख्तियारवालालाई बप्तिस्मा दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 नोभेम्बर पृ. १

“ठीक बेलामा भनेको ठीक कुरा”

१ अरूलाई जीवनदायी सन्देश सुनाउनु के तपाईंलाई चुनौतीपूर्ण लाग्छ? आफ्ना श्रोताहरूलाई प्रभावित पार्न केही बौद्धिक एवम्‌ गहन कुराहरू समावेश गर्नैपर्छ जस्तो तपाईंलाई लाग्छ? येशूले आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा यसो भन्‍नुभयो: “ ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ’ भन्दै प्रचार गर।” (मत्ती १०:७) यो सन्देश सरल एवम्‌ प्रस्तुत गर्न सजिलो थियो। यसमा आज पनि कुनै परिवर्तन आएको छैन।

२ प्रायः कुराकानी थाल्न केवल केही शब्दहरू भए पुग्छ। फिलिपले इथियोपियाका नपुंसकलाई भेट्‌दा यसरी सोधे: “के तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” (प्रेरि. ८:३०) “ठीक बेलामा भनेको ठीक कुरा”-ले गर्दा कस्तो इनामदायी छलफल सुरु भयो!—हितो. २५:११.

३ तपाईं पनि सेवकाईमा जाँदा त्यस्तै उपाय अपनाउन सक्नुहुन्छ। कसरी? परिस्थिति नियाँलेर अनि परिस्थिति सुहाउँदा शब्दहरू रोजेर। प्रश्‍न गर्नुहोस्‌ अनि प्रतिक्रिया सुन्‍नुहोस्‌।

४ केही आधारभूत प्रश्‍न: कुराकानी थाल्दा यस्ता कुनै पनि प्रश्‍नहरू चलाउन सक्नुहुन्छ:

◼ “के तपाईं प्रभुलाई (वा पितालाई) प्रार्थना गर्नुहुन्छ?” (मत्ती ६:९, १०) प्रार्थनाको एउटा अंश बताउनुहोस्‌, त्यसपछि यसो भन्‍नुहोस्‌: “ ‘येशूले प्रार्थनामा परमेश्‍वरको नाउँ पवित्र गरिओस्‌ भन्‍नुभएको छ तर परमेश्‍वरको नाउँ के हो?’ भनी केही मानिसहरूले सोध्छन्‌। कसै कसैले यस्तो पनि सोध्छन्‌, ‘येशूले प्रार्थनामा समावेश गर्न भन्‍नुभएको त्यो राज्य के हो?’ के तपाईंले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनुभएको छ?”

◼ “ ‘जीवनको अर्थ के होला,’ के तपाईंले कहिल्यै सोच्नुभएको छ?” यस प्रश्‍नको जवाफ परमेश्‍वरको ज्ञानसित सम्बन्धित छ भनी देखाउनुहोस्‌।—उप. १२:१३; यूह. १७:३.

◼ “के तपाईंलाई मृत्यु सदाको लागि नामेट होला जस्तो लाग्छ?” विश्‍वसनीय जवाफको लागि यशैया २५:८ र प्रकाश २१:४ चलाउनुहोस्‌।

◼ “यस संसारमा भइरहेको अशान्तिको के कुनै सजिलो समाधान छ?” परमेश्‍वरले “आफ्ना छिमेकीलाई . . . प्रेम गर्नू” भनेर सिकाउनुहुन्छ भनी देखाउनुहोस्‌।—मत्ती २२:३९.

◼ “के कुनै दिन आकाशीय पिण्डहरू ठोकेर हाम्रो पृथ्वीको विनाश हुनेछ?” पृथ्वी सदाको लागि रहिरहनेछ भन्‍ने बाइबलको प्रतिज्ञाबारे बताउनुहोस्‌।—भज. १०४:५.

५ सुसमाचार प्रस्तुत गर्दा सरल, स्पष्ट, सरर्र बग्ने हुनुपर्छ अनि अनुकूल प्रस्तुतिहरू चलाउनुपर्छ। अरूलाई सच्चाइबारे ‘एक शब्द’ मात्र बोल्दा पनि यहोवाले तपाईंको प्रयासमा आशिष्‌ दिनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने