के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
१ कैद तथा विरोधीहरूको धम्कीका बावजूद पत्रुस र यूहन्नाले निर्भयतासाथ राज्यको सन्देश घोषणा गरी नै रहे। (प्रेरि. ४:१७, २१, ३१) आज हाम्रो समयमा निर्भयतासाथ प्रचार गर्नुको अर्थ के हो?
२ निर्भय भई साक्षी दिने: “निर्भय[को]” पर्यायवाची शब्द “निडर” हो र त्यसको अर्थ “मनमा डर नभएको, सूरो अनि सहनशील” हुनु हो। साँचो मसीहीहरूका लागि, निर्भयतासाथ प्रचार गर्नु भनेको मौका पाउने बित्तिकै अरूलाई नडराईकन सुसमाचार सुनाउनु हो। (प्रेरि. ४:२०; १ पत्रु. ३:१५) यसको अर्थ, हामी सुसमाचार सुनाउन लाज मान्दैनौं। (भज. ११९:४६; रोमी १:१६; २ तिमो. १:८) तसर्थ, यस अन्तको दिनमा राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा पूरा गर्न निर्भय हुनु आवश्यक छ। यसले हामीलाई मानिसहरू जहाँ जहाँ भेटिन्छन्, त्यहीं त्यहीं सुसमाचार बाँड्न उत्प्रेरित गर्छ।—प्रेरि. ४:२९; १ कोरि. ९:२३.
३ स्कूलमा निर्भय हुने: के तपाईंको डर अथवा लजालु स्वभावले स्कूलका साथीहरूलाई साक्षी दिन बाधा पुऱ्याएको छ? कहिलेकाहीं साक्षी दिनु सजिलो हुँदैन। वास्तवमा, यो साँच्चै चुनौतीपूर्ण हुनसक्छ। तथापि, अरूलाई साक्षी दिने साहसको लागि यहोवासित प्रार्थना गर्नुभयो भने उहाँले तपाईंलाई बलियो बनाउनुहुनेछ। (भज. १३८:३) आफूलाई यहोवाका साक्षीको रूपमा चिनाउन र विभिन्न किसिमको खिसी सहन तपाईंलाई यो साहसले मदत गर्नेछ। परिणामस्वरूप, स्कूलमा तपाईंको कुरा सुन्नेहरू बाँच्न सक्नेछन्।—१ तिमो. ४:१६.
४ काम गर्ने ठाउँमा निर्भय हुने: के तपाईं काम गर्ने ठाउँमा यहोवाको साक्षी हो भनेर चिनिनुहुन्छ? तपाईंका सहकर्मीहरूकहाँ सुसमाचार पुऱ्याउने एउटै मात्र तरिका तपाईंले नै प्रचार गर्नु हुनसक्छ। तपाईं निर्भय हुनुभयो भने मसीही सभाहरू तथा अधिवेशनहरूका लागि छुट्टी पाउन पनि कठिनाइ नपर्नसक्छ।
५ परीक्षामा पर्दा निर्भय हुने: विरोधको सामना गर्नुपर्दा साहस बटुल्नु एकदमै जरुरी छ। (१ थिस्स. २:१, २) धम्की, खिसी अथवा खुल्लमखुल्ला सतावटको सिकार हुँदा यसले हामीलाई विश्वास पक्रिराख्न मदत गर्छ। (फिलि. १:२७, २८) यसले हाम्रो परमेश्वर यहोवाका स्तरहरूप्रतिको हाम्रो भक्तिसित सम्झौता गर्ने दबाउसामु अटल रहने बल दिन्छ। साथै, अरूले रिस उठाउने गरी वादविवाद गर्दा हामीलाई शान्त रहन सुदृढ पार्छ।—रोमी १२:१८.
६ व्यक्तिगत तवरमा जस्तोसुकै कठिनाइ सामना गर्नुपरे तापनि हामी निर्भयतासाथ सुसमाचार प्रचार गरिरहौं।—एफि. ६:१८-२०.