प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १०/०५ पृ. १
  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌:
    २०१८-२०१९ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १०/०५ पृ. १

साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌

१ हाम्रो प्रचार कार्यलाई सबैले स्वीकार्दैनन्‌ भनेर हामी मसीहीहरूलाई थाह छ। (मत्ती १०:१४) तर मानिसहरूले जतिसुकै खराब प्रतिक्रिया देखाऊन्‌ यसले सुसमाचार सुनाउनदेखि हामीलाई रोक्दैन। (हितो. २९:२५) साहसी भई परमेश्‍वरको वचन सुनाइरहन हामीलाई केले मदत गर्छ?

२ प्रेरित पावलले “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठता[को]” मोल गरे। त्यसैले उनी परमेश्‍वरको वचन “ज्यादै आत्मविश्‍वासमा” नबोली बस्नै सकेनन्‌। (फिलि. ३:८; १ थिस्स. १:५) मानिसहरूले उनको सन्देश महत्त्वहीन ठाने तापनि यो ‘विश्‍वास गर्ने हरेकको निम्ति मुक्‍ति दिने परमेश्‍वरको शक्‍ति हो’ भनेर उनलाई राम्ररी थाह थियो। (रोमी १:१६) त्यसैले त जस्तोसुकै विरोध र सतावटहरू आए तापनि उनी यहोवाको ‘भरोसामा साहससित बोल्दैरहे।’—प्रेरि. १४:१-७; २०:१८-२१, २४.

३ हाम्रो बलको स्रोत: पावलले आफ्नै बल-बर्कतले यत्तिको साहसी भई साक्षी दिन सकेका होइनन्‌। आफू र सिलास साहसी हुन सक्नुको कारण पावल यसरी औंल्याउँछन्‌: “फिलिप्पीमा . . . दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” (१ थिस्स. २:२, छड्‌के अक्षर हाम्रो; प्रेरि. १६:१२, ३७) रोममा कैदी हुँदा “साहससित” निरन्तर सुसमाचार सुनाइरहन सकूँ भनेर आफ्नो निम्ति प्रार्थना गरिदिन तिनले अनुरोध समेत गरे। (एफि. ६:१८-२०) आफ्नै क्षमतामा होइन तर परमेश्‍वरमाथिको भरोसाले गर्दा पावल साहसी भई परमेश्‍वरको वचन बोलिरहन सके।—२ कोरि. ४:७; फिलि. ४:१३.

४ आज हामीले पनि साहस यहोवाद्वारै पाउँछौं। एक जना भाइलाई अफिसमा आफू यहोवाको साक्षी हुँ भनी चिनाउन र सहकर्मीहरूलाई प्रचार गर्न साह्रै गाह्रो लाग्थ्यो। तर उनले प्रार्थना गरे अनि साक्षी दिए। सुरुमा त एक जना सहकर्मीले ठाडै इन्कार गरे तर पुनरुत्थानको आशाबारे बताएपछि भने तिनी अध्ययन गर्न राजी भए। त्यसबेलादेखि उक्‍त भाइले प्रचार गर्ने कुनै पनि मौका खेर जान दिएनन्‌। पछि अर्को ठाउँमा काम गर्दा १४ वर्ष भित्रमा ३४ जना सहकर्मीहरूलाई बप्तिस्मा लिने हदसम्म उनले मदत गरे। ‘निर्भयतासाथ उहाँको वचन बोल्न’ यहोवाले हामीलाई पनि यसरी नै मदत गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—प्रेरि. ४:२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने