प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जनवरी p. १
  • “तिमीहरूको ज्योति . . . चम्कोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूको ज्योति . . . चम्कोस्‌”
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीहरूको ज्योति चम्कोस्‌”
    हाम्रो राज्य सेवा—२०११
  • यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जनवरी p. १

“तिमीहरूको ज्योति . . . चम्कोस्‌”

१ हामी वरपरको संसार आध्यात्मिक तथा नैतिक अन्धकारमा छ। सत्यको ज्योतिले अन्धकारका “निष्फल कार्यहरू” उदांग पार्ने हुनाले यस्ता घातक ठोक्करहरूलाई पन्छाउन सकिन्छ। त्यसकारण, प्रेरित पावलले मसीहीहरूलाई यस्तो आग्रह गरे: “ज्योतिका सन्तानझैं हिंडडुल गर।”—एफि. ५:८, ११.

२ “ज्योतिको फल” संसारको अन्धकारभन्दा एकदमै फरक छ। (एफि. ५:९) यो फल खेती गर्न उदाहरणीय मसीही जीवन व्यतीत गरेर येशू ख्रीष्टले स्वीकार्नु हुने व्यक्‍ति बन्‍नुपर्छ। हामीले सच्चाइको खातिर ऐकान्तिक भक्‍ति, निष्कपटता र उत्साहजस्ता गुणहरू पनि प्रदर्शित गर्नैपर्छ। यी फलहरू हाम्रो दैनिक जीवन तथा सेवकाईमा प्रकट गर्नु आवश्‍यक छ।

३ हर अवसरमा चम्कने: येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌।” (मत्ती ५:१६) येशूको अनुकरण गर्दै हामी परमेश्‍वरको राज्य तथा उहाँका उद्धेश्‍यहरूबारे प्रचार गर्दै यहोवाको ज्योति चम्काउँछौं। घर घरको प्रचारमा, स्कूलमा, हाम्रा छिमेकीहरूकहाँ वा जुनसुकै अवसरमा हामी ज्योति भई चम्कन्छौं।—फिलि. २:१५.

४ कसै कसैले ज्योतिलाई घृणा गर्नेछ भनेर येशूले भन्‍नुभयो। (यूह. ३:२०) त्यसैकारण अधिकांश व्यक्‍तिहरूले ख्रीष्टको “महिमाको सुसमाचार” आफूमाथि नचम्कोस्‌ भनी यस ज्योतिलाई इन्कार गर्दा हामी निरुत्साहित हुँदैनौं। (२ कोरि. ४:४) यहोवाले मानिसहरूको हृदय पढ्‌नुहुन्छ र आफ्ना जनहरूले अधर्मी काम गरेको उहाँ चाहनुहुन्‍न।

५ यहोवाका मार्गहरूलाई पछ्यायौं र आध्यात्मिक ज्योतिको आनन्द उठायौं भने हामी अरूहरूलाई पनि यो ज्योति चम्काउन सक्छौं। यदि हाम्रो आचारणद्वारा तिनीहरूले हामीसित “जीवनको ज्योति” छ भनी देखेमा तिनीहरू पनि ज्योतिवाहक हुन आवश्‍यक परिवर्तन गर्न प्रोत्साहित हुनसक्छन्‌।—यूह. ८:१२.

६ ज्योति चम्काएर हामी आफ्नो सृष्टिकर्ताको प्रशंसा गर्नुका साथै निष्कपट व्यक्‍तिहरूलाई उहाँलाई चिन्‍न अनि अनन्त जीवनको आशा प्राप्त गर्न मदत गर्छौं। (१ पत्रु. २:१२) हामीसँग ज्योति भएकोले अरूलाई आध्यात्मिक अन्धकारबाट निकाल्न र ज्योतिको फल फलाउन त्यसको सदुपयोग गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने