स्मरणार्थका सम्झौटोहरू
यस वर्षको स्मरणार्थ उत्सव आइतबार, अप्रिल ८ तारिखमा पर्छ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
▪ सभाको समय निर्धारण गर्दा स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि पास गर्नुहुन्न भन्ने कुरा बिर्सनुहुँदैन।
▪ वक्ता र अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।
▪ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ र तयार राख्नुपर्छ।—फेब्रुअरी १५, १९८५ को प्रहरीधरहरा पृष्ठ १९ अंग्रेजी अंक हेर्नुहोस्।
▪ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा गर्ने भवनमा ल्याउनुपर्छ र पहिले नै मिलाएर राख्नुपर्छ।
▪ राज्यभवन होस् या अरू कुनै सभा गर्ने स्थान, पहिले नै सरसफाइ गर्नुपर्छ।
▪ परिचारकहरू र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्नुपर्छ अनि कार्यक्रम र उनीहरूको जिम्मेवारीबारे पहिले नै निर्देशन दिनुपर्छ।
▪ अशक्तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्त जनलाई प्रतीकहरू पुऱ्याउने प्रबन्ध मिलाउनुपर्छ।
▪ एउटै राज्यभवनमा एकभन्दा बढी उत्सव मनाउने तालिका राखिएको छ भने मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि भवनको मूलढोका, सार्वजनिक बाटोघाटो अनि सवारी साधन बिसाउने ठाउँमा अनावश्यक भीड नहोस्।