प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अप्रिल p. ८
  • असल छिमेकी बनेर साक्षी दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल छिमेकी बनेर साक्षी दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • असल छिमेकीहरू सम्पत्ति हुन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अप्रिल p. ८

असल छिमेकी बनेर साक्षी दिनुहोस्‌

१ येशूले यसो भन्‍नुभयो, “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) निस्सन्देह, तपाईं सँगी विश्‍वासीहरूतर्फ “भलाइको काम” गर्नुहुन्छ तर के आफ्नो घर नजिकै बस्ने मानिसहरूप्रति प्रेम देखाउने सन्दर्भमा ठूलो मनको हुनसक्नुहुन्छ? (गला. ६:१०) तर कुन तरिकामा?

२ आफूलाई चिनाएर: के तपाईं साक्षी हुनुहुन्छ भनेर तपाईंको छिमेकीहरूलाई थाह छ? यदि थाह छैन भने, क्षेत्र सेवकाईमा जाँदा उनीहरूलाई किन प्रचार नगर्ने? तपाईंले आशै नगरेको नतिजा प्राप्त हुनसक्छ! अथवा यदि तपाईंलाई असजिलो लाग्दैन भने अनौपचारिक प्रचार गर्ने प्रयास गर्नुहोस्‌। घरबाहिर जाँदा तपाईंले तिनीहरू घरको आँगनमा काम गरिरहेको वा टहलिरहेको देख्नुभएमा न्यानो मुस्कानसहित तिनीहरूलाई भेट्‌नुहोस्‌। आफ्नो विश्‍वासबारे बताउन प्रयत्न गर्नुहोस्‌। राज्यभवनको ठेगाना, त्यहाँ के के हुन्छ र छिमेकबाट त्यहाँ को को उपस्थित हुँदैछन्‌, बताउनुहोस्‌। सभाहरूको लागि निमन्त्रणा दिनुहोस्‌। आफूले चिनेजानेका सबैलाई राम्ररी सुसमाचार सुनाउने अठोट गर्नुहोस्‌।—प्रेरि. १०:४२; २८:२३.

३ आफ्नो उदाहरणीय आचरणद्वारा: तपाईंले छिमेकीसित गर्नुहुने व्यवहारले तपाईंबारे धेरै कुरा बताउँछ र साक्षी दिने बाटो खुल्छ। यसले ‘परमेश्‍वरको सिद्धान्तको शोभा बढाउँछ।’ (ती. २:७, १०) आफ्ना छिमेकीहरूप्रति साँचो चासो देखाउनुहोस्‌। मित्रैलो र समझदार हुनुहोस्‌। तिनीहरूको निजी जीवनको सम्मान गर्नुका साथै तिनीहरूलाई खलल पुऱ्‍याउने काम नगर्नुहोस्‌। यदि छिमेकमा कोही बिरामी भएका छन्‌ भने उनीहरूको बिचार गर्नुहोस्‌ र मदत दिनुहोस्‌। तपाईंको छिमेकमा कोही नयाँ परिवार बसाइँ सरेका छन्‌ भने स्वागत गर्न नबिर्सनुहोस्‌। यस्तो उदार कार्यले राम्रो प्रभाव पार्छ र यहोवालाई खुसी तुल्याउँछ।—हिब्रू १३:१६.

४ तपाईंको सरसम्पत्तिको अवस्थाद्वारा: असल छिमेकी बन्‍नुमा आफ्नो घरको हेरचाह गर्नु पनि समावेश छ ताकि घर हेर्दा सफा देखियोस्‌। घर र वरपरको वातावरण सफा अनि आकर्षक छ भने त्यसले नै साक्षी दिन्छ। तर घर फोहोर छ वा फ्याँक्नु पर्ने फोहोरहरू जताततै छन्‌ भने राज्य सन्देशमा तिनीहरूको ध्यानै नजान सक्छ। तसर्थ, तपाईंको घर, वरपरको वातावरण सफा राख्नु अनि सवारीसाधन राम्रो अवस्थामा राख्नु निकै महत्त्वपूर्ण छ।

५ मसीही मण्डली बाहिरकाहरूप्रति चासो देखाउनु भनेको छिमेकीहरूप्रति प्रेम प्रकट गर्नु हो। यसको नतिजा के हुनसक्छ? “तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा” तिनीहरूमध्ये कोहीले “परमेश्‍वरको महिमा” गर्नसक्नेछन्‌।—१ पत्रु. २:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने