आफ्नो विद्यार्थीको हृदयसम्म पुग्नुहोस्
१ स्वर्ग जानुअघि, येशूले चेलाहरूलाई आफूले आज्ञा गरेका सबै कुराहरू पालन “गर्न” अरूलाई सिकाऊ भन्नुभयो। (मत्ती २८:१९, २०) यदि कुनै व्यक्तिले येशूका आज्ञाहरू पालन गर्न चाहन्छ भने, उहाँको ज्ञानले त्यस व्यक्तिको हृदय छोएको हुनुपर्छ। (भज. ११९:११२) आफूले बाइबल अध्ययन गरिरहेको व्यक्तिको हृदयसम्म कसरी पुग्ने?
२ यहोवाको निर्देशनको लागि प्रार्थना गर्नुहोस्: चेला बनाउनु भनेको परमेश्वरको कार्य हो। यस कार्यमा सफलता हासिल गर्न आफ्नै क्षमताले मात्र हुँदैन, उहाँको आशिष् पनि हुनैपर्छ। (प्रेरि. १६:१४; १ कोरि. ३:७) यसकारण, अरूलाई सत्य सिकाउँदा मदतको लागि यहोवालाई प्रार्थना गर्नु नितान्त आवश्यक छ।—यशै. ५०:४.
३ विद्यार्थीको विचारधारालाई स्पष्टसँग बुझ्नुहोस्: मानिसको विचारधारा र उनीहरूले त्यस्तो विचारधारा राख्नुको कारण स्पष्टसँग बुझेको खण्डमा मात्र उनीहरूको हृदयसम्म पुग्न के भन्नुपर्छ त्यसबारे राम्रो ज्ञान हुन्छ। विद्यार्थीलाई कुनै खास शिक्षा मन पर्नुको कारण के हो? उक्त शिक्षा विश्वासयोग्य छ भनेर तिनलाई कुन कुराले पक्का गरायो? यस्ता कुराहरूको ज्ञानले विवेकी भएर कुरा गर्न मदत गर्छ।—प्रेरि. १७:२२, २३.
४ तर्कसंगत ढंगमा धर्मशास्त्रबाट कुराकानी गर्नुहोस्: विद्यार्थीको लागि सच्चाइ अर्थपूर्ण हुनुपर्छ। (प्रेरि. १७:२४-३१) हामीले आफ्नो आशाको ठोस कारण दिनुपर्छ। (१ पत्रु. ३:१५) यद्यपि, सधैं दयालु अनि कोमल ढंगमा बताउनुहोस्।
५ उदाहरणद्वारा हाम्रो शिक्षालाई अझ प्रभावशाली बनाउने:उदाहरणहरूले विद्यार्थीलाई बुझ्न मदत दिने मात्र होइन तर उसको हृदय पनि छुन्छ। उदाहरणले तिनीहरूको मन अनि हृदय दुवैलाई असर गर्छ। येशूले प्रायः उदाहरण चलाउनुहुन्थ्यो। (मर्कू. ४:३३, ३४) निस्सन्देह, प्रवाभकारी हुन प्रयोग गरिएका उदाहरणहरू छलफल गरिएको बुँदासँग ठ्याक्क मिलेको हुनुपर्छ र ती विद्यार्थीको जीवनसित सम्बन्धित हुनुपर्छ।
६ सत्य स्वीकार्दा हुने फाइदाहरू देखाउनुहोस्: मानिसहरू आफूले सिकिरहेको शिक्षा व्यवहारमा उतार्दा हुने फाइदाहरू जान्न चाहन्छन्। विद्यार्थीलाई २ तिमोथी ३:१४-१७ मा पावलले बताएका शब्दहरूको अर्थ बुझ्न मदत गर्नुहोस्।
७ यदि कसैले तपाईंको शिक्षा स्वीकार्दैन भने निरुत्साहित नहुनुहोस्। सबैको हृदय ग्रहणशील हुँदैन। (मत्ती १३:१५) यद्यपि, केही व्यक्तिहरूले विश्वास गर्छन्। (प्रेरि. १७:३२-३४) मानिसहरूको हृदयसम्म सुसमाचार पुऱ्याउने तपाईंको प्रयासले अझ धेरैलाई येशूको आज्ञा स्वीकार्न र पालन गर्न मदत देऊन्।