प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अगस्त p. ८
  • मनोरञ्जनलाई ठीक स्थानमा राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनोरञ्जनलाई ठीक स्थानमा राख्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंको मनोरञ्जन फाइदाजनक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • फुर्सतको समय
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • समय खेर नफालौं
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईंलाई संसारको आत्माले दूषित बनाइरहेको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अगस्त p. ८

मनोरञ्जनलाई ठीक स्थानमा राख्नुहोस्‌

१ आजको यस कठिन समयमा हामी सबै समयसमयमा आ-आफ्नो एकोहोरो कामलाई केही बेर बिसाउन चाहन्छौं। ठिक्क मात्रमा मनोरञ्जन गर्नु राम्रो हो। यद्यपि, छुट्टी, मनोरञ्जन र जमघटहरूमा धेरै समय बिताउँदा कुनै पनि व्यक्‍ति आध्यात्मिक गतिविधिहरूमा शिथिल वा थोरै भन्दा थोरै समय बिताउने हुन थाल्नसक्छ। हामीले मनोरञ्जनलाई त्यसको ठीक स्थानमा राख्नैपर्छ। (मत्ती ५:३) तर यो कसरी सम्भव छ? एफिसी ५:१५-१७ का सल्लाहहरू पालन गरेर।

२ सीमा निर्धारण गर्नुहोस्‌: पावलले मसीहीहरूलाई बुद्धिमानी भएर जीवन बिताउन “ठीकसँग हेर” भनी लेखे। ठिक्क मात्रामा मनोरञ्जन गर्न व्यावहारिकता तथा आत्मसंयम चाहिन्छ। हामी फुर्सतको समय कसरी बिताउँछौं, त्यसबारे गम्भीरतासाथ सोच्नु राम्रो कुरा हो। मनोरञ्जन समयको बरबादी अथवा पूरै थकित तुल्याउने हुनुहुँदैन। बरु, मनोरञ्जनगर्नुको पछाडि कुनै लाभकारी उद्देश्‍य हुनुपर्छ। कुनै क्रियाकलापमा सरिक भइसकेपछि यदि त्यसले हामीलाई खोक्रोपन, असन्तुष्टता र दोषी महसुस गराउँछ भने, समय बिताउने सन्दर्भमा केही काँटछाँट गर्नु आवश्‍यक छ भन्‍ने कुराको यसले संकेत दिन्छ।

३ व्यावहारिक हुनुहोस्‌: पावलले जीवनका बढी महत्त्वपूर्ण कुराहरूको लागि “समयको अवसर विचार गरेर सम्झ” र “मुर्ख नहोऊ” भनी सल्लाह दिए। समर्पित मसीहीहरूले आफ्नो जीवन मनोरञ्जनमा केन्द्रित गर्न दिंदैनन्‌। आराम अनि मनोरञ्जनले हामीलाई शारीरिक तवरमा स्फूर्ति दिए तापनि आध्यात्मिक शक्‍तिको स्रोत परमेश्‍वरको सक्रिय शक्‍ति नै हो। (यशै. ४०:२९-३१) बाइबल अध्ययन गर्नु, मसीही सभाहरूमा उपस्थित हुनु, क्षेत्र सेवकाईमा भाग लिनुजस्ता ईश्‍वरतान्त्रिक क्रियाकलापहरूद्वारा हामी उहाँको आत्मा प्राप्त गर्छौं तर मनोरञ्जनद्वारा होइन।

४ प्राथमिकता निर्धारण गर्ने: पावलले मसीहीहरूलाई “[यहोवाको] इच्छा के रहेछ, सो बुझ” भन्‍ने निर्देशन दिए। हाम्रो जीवनमा परमेश्‍वरको राज्यले प्राथमिकता पाएको हुनुपर्छ र यसैमा हाम्रा क्रियाकलापहरू केन्द्रित हुनुपर्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती ६:३३) अतः सबैभन्दा पहिले यहोवालाई आफूले गरेको समर्पणअनुरूप जीवन बिताउन प्रोत्साहित गर्ने कार्यहरू गर्नु आवश्‍यक छ। त्यसपछि मात्र मनोरञ्जनलाई त्यसको ठीक स्थान दिन सकिन्छ। यदि यसो गरिएको छ भने, मनोरञ्जन लाभदायक हुनेछ र यसबाट हामीले आनन्द पनि उठाउन सक्नेछौं।—उप. ५:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने