प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ९/०५ p. १
  • समय खेर नफालौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समय खेर नफालौं
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • मनोरञ्जनलाई ठीक स्थानमा राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • अनुकूल समय कसरी किन्‍ने
    हाम्रो राज्य सेवकाई—१९९६
  • के तपाईंको मनोरञ्जन फाइदाजनक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तपाईं कुन कुरा पहिलो स्थानमा राख्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ९/०५ p. १

समय खेर नफालौं

१ यहोवालाई खुसी राख्ने उत्कट चाहनाले सारा जीवन आध्यात्मिक कामकुरामै केन्द्रित गर्न हामीलाई उत्प्रेरित गर्छ। उहाँको वचनले ‘राज्यको खोजी गरिरहन’ र ‘जे उत्तम छ त्यो खुट्याउन’ आग्रह गर्छ। (मत्ती ६:३३; फिलि. १:१०, NRV) हामी कसरी राज्य क्रियाकलापलाई पहिलो र अरू कामकुरालाई दोस्रो स्थानमा राख्न सक्छौं?—एफि. ५:१५-१७.

२ राज्य क्रियाकलापलाई पहिलो स्थान दिनुहोस्‌: अनावश्‍यक कुरामा समय खेर नफाल्न तालिका बनाउनुहोस्‌। कसै-कसैले महिनाको कुन-कुन दिन क्षेत्र सेवामा जाने भनेर त्यस महिनाको सुरुतिर क्यालेन्डरमै चिह्न लगाउँछन्‌। अनि त्यो तालिकाअनुसारै चल्छन्‌। सभा धाउने, व्यक्‍तिगत अध्ययन गर्ने, अधिवेशन धाउने जस्ता कुराको लागि पनि क्यालेन्डरमै चिह्न लगाउन सकिन्छ। धेरैले बाइबल पढाइलाई आफ्नो तालिकामा बिहान उठ्‌ने बित्तिकै अथवा बेलुकी सुत्नुअघि राख्ने गर्छन्‌। यी महत्त्वपूर्ण क्रियाकलापको लागि एउटा समय तोक्नुहोस्‌ र त्यो समय अरू अनावश्‍यक कुराहरूको लागि नचलाउनुहोस्‌।—उप. ३:१; १ कोरि. १४:४०.

३ संसारका कामकुरामा नडुब्नुहोस्‌: धेरैजसो मुलुकमा खेलकुद र मनोरञ्जनमा लाग्न अनि आफ्नो सोख पूरा गर्न एकदमै सजिलो छ। धेरैले टिभी हेर्न र कम्प्युटर चलाउनमै अचाक्ली समय बिताउँछन्‌। हाम्रो ध्यान रमाइलो गर्न, नयाँ-नयाँ सरसमान जोड्‌नमै गयो भने केवल निराशा हात लाग्नेछ। (१ यूह. २:१५-१७) त्यसकारण बाइबलले हामीलाई यस संसारको रीतिमा नचल्न आग्रह गर्छ। (१ कोरि. ७:३१) यस बुद्धिमानी सल्लाह पछ्याएर हामीले यहोवाको उपासनालाई आफ्नो जीवनमा पहिलो स्थान दिएका छौं भनेर देखाउन सक्छौं।—मत्ती ६:१९-२१.

४ यस संसारको आयु छोट्टिंदैछ। राज्य क्रियाकलापलाई पहिलो स्थानमा राख्नेहरू आनन्दित हुनेछन्‌ र तिनीहरूले परमेश्‍वरको आशिष्‌ पाउनेछन्‌। (हितो. ८:३२-३५; याकू. १:२५) अतः यस अमूल्य समय खेर नफालौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने