प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 डिसेम्बर p. १
  • परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९६
  • “आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के तपाईं परमेश्‍वरको वचनको पक्षमा बोल्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • मनाउन सक्नेगरि सिकाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 डिसेम्बर p. १

परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌

१ एक जना अधिकारीलाई साक्षी दिंदा “फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै ठाउँदेखि लिएर येशूको सुसमाचार बताइदिए।” (प्रेरि. ८:३५) फिलिपले “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्दैथिए। (२ तिमो. २:१५) तथापि, थुप्रै प्रकाशकले साक्षी दिंदा बाइबल त्यति धेरै नचलाएको परिभ्रमण निरीक्षकहरूले याद गरेका छन्‌। के तपाईं सेवकाईमा बाइबल चलाउनुहुन्छ?

२ हाम्रो सारा विश्‍वास अनि शिक्षाको स्रोत परमेश्‍वरको वचन नै हो। (२ तिमो. ३:१६, १७) यसले नै मानिसहरूलाई यहोवातर्फ खिच्नुका साथै जीवनदायी शिक्षा दिन्छ। त्यसैले, सेवकाईमा आफूलाई चासो लाग्ने विषयमा मात्र कुराकानी गर्नुको सट्टा बाइबल चलाउनु महत्त्वपूर्ण छ। (हिब्रू ४:१२) अधिकांश मानिसहरूलाई बाइबलबारे थोरै ज्ञान भएको कारण बाइबलले मानवजातिको लागि प्रदान गर्ने व्यावहारिक निर्देशन अनि भविष्यको आशाबारे बताउन बाइबलबाटै पढेर सुनाउनु आवश्‍यक छ।

३ बाइबल खोलेरै पढ्‌नुहोस्‌: तपाईं ठूलो झोला नबोकीकन प्रचार जाने प्रयास गर्न सक्नुहुन्छ। प्रस्तुत गर्न चाहेका साहित्यहरूलाई ठिक्कको सानो झोलामा राखी बाइबलचाहिं हातैमा बोक्न सक्नुहुन्छ। यसरी कुनै व्यक्‍तिसित कुरा गर्दा धर्म प्रचार गर्न खोजेको जस्तो भान नपारीकन तपाईं बाइबल खोल्न सक्नुहुन्छ। तपाईंले बाइबल पढ्‌नुहुँदा घरधनीले पनि पढ्‌न सक्ने गरी राख्नुहोस्‌। घरधनीलाई पनि बाइबल पद ठूलो स्वरले पढ्‌न आग्रह गर्न सक्नुहुन्छ। बाइबलको कुरा आफैले पढेर सुनाउनुभन्दा उसैलाई पढ्‌न लगाउँदा, त्यसले उसलाई अझ गहिरो प्रभाव पार्नसक्छ। अनि पदले भन्‍न खोजेको मुख्य कुरा बुझाउन मुख्य शब्दहरूलाई जोड दिनुहोस्‌।

४ एउटा पद चलाउने प्रस्तुति: आफ्नो परिचय दिइसकेपछि, तपाईं यसो भन्‍न सक्नुहुन्छ: “मानिसहरू आफ्नो जीवनमा निर्देशनको लागि विभिन्‍न स्रोतहरू जाँच्ने गर्छन्‌। तपाईंलाई व्यावहारिक निर्देशनको सर्वोत्तम स्रोत के हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यो भनाइ तपाईंलाई कस्तो लाग्यो? [हितोपदेश २:६, ७ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] मानव बुद्धि त्रुटिपूर्ण साबित भएको छ र यसले गर्दा धेरै मानिसहरू निराश भएका छन्‌। यद्यपि, परमेश्‍वरको बुद्धि सधैं नै भरपर्दो अनि लाभदायी साबित भएको छ।” त्यसपछि आफूले प्रस्तुत गर्न चाहेका साहित्य देखाउनुहोस्‌। अनि त्यस साहित्यमा दिइएको परमेश्‍वरको व्यावहारिक बुद्धिको कुनै एउटा उदाहरणलाई प्रकाश पार्नुहोस्‌।

५ निष्कपट हृदय भएका व्यक्‍तिहरूलाई मदत दिन येशूले धर्मशास्त्र चलाउनुभयो। (लूका २४:३२) आफूले सिकाएका कुराहरूलाई पावलले धर्मशास्त्रबाटै प्रमाणित गरे। परमेश्‍वरको वचनलाई ठीकसित प्रयोग गर्न निपुण हुँदा सेवकाईमा हाम्रो आत्मविश्‍वास अनि आनन्द बढ्‌नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने