प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल p. १
  • मनाउन सक्नेगरि सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनाउन सक्नेगरि सिकाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • के तपाईं परमेश्‍वरको वचनको पक्षमा बोल्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • “आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अरूलाई कसरी मनाउने
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल p. १

मनाउन सक्नेगरि सिकाउनुहोस्‌

१. प्रचारकार्यमा परमेश्‍वरको वचन प्रभावकारी तरिकामा चलाउनुमा अक्सर के समावेश हुन्छ?

१ प्रेरित पावलले जस्तै प्रभावकारी सेवकहरूले “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्नु भनेको पवित्र धर्मशास्त्रबाट उद्धृत गर्नु मात्र होइन भनेर बुझेका हुन्छन्‌। (२ तिमो. २:१५) परमेश्‍वरको वचन प्रयोग गर्दा हामी कसरी “साक्षी दिंदै [“मनाउँदै,” NW]” सिकाउन सक्छौं?—प्रेरि. २८:२३.

२. मानिसहरूको बाइबलप्रतिको आदरलाई हामी कसरी अझ जगाउन सक्छौं?

२ परमेश्‍वरको वचनलाई बोल्न दिनुहोस्‌: पहिला, परमेश्‍वरको वचनमा पाइने ईश्‍वरीय बुद्धिप्रति आदर जाग्नेगरि बाइबलप्रति ध्यान खिच्नुहोस्‌। परमेश्‍वरको वचनप्रतिको हाम्रो विश्‍वस्तता देखेर घरधनी शास्त्रपद पढ्‌दा ध्यान दिएर सुन्‍न उत्प्रेरित हुन सक्छन्‌। (हिब्रू ४:१२) हामी यसो भन्‍न सक्छौं: “यस विषयमा परमेश्‍वरको विचार बुझ्नु मैले लाभकारी पाएको छु। उहाँको वचनले के भन्छ, हेर्नुहोस्‌ त।” सम्भव भएसम्म, बाइबलबाट सीधै पढेर परमेश्‍वरको वचनलाई बोल्न दिनुहोस्‌।

३. शास्त्रपद पढेपछि घरधनीलाई त्यसको अर्थ बुझ्न मदत दिन के गर्न सकिन्छ?

३ दोस्रो, शास्त्रपद व्याख्या गर्नुहोस्‌। धेरै मानिसलाई कुनै शास्त्रपद पहिलो चोटि सुन्दा बुझ्न गाह्रो लाग्छ। अक्सर, छलफल गरिरहेको विषयसित त्यो पद कसरी सम्बन्धित छ बुझाउनुपर्ने हुन्छ। (लूका २४:२६, २७) छलफलको विषयलाई समर्थन गर्ने शास्त्रपदको मुख्य अभिव्यक्‍ति वा शब्दमा ध्यान खिच्नुहोस्‌। शास्त्रपदले भन्‍न खोजेको कुरा बुझे कि बुझेनन्‌ पक्का गर्न एउटा प्रश्‍न सोध्नु मदतकारी हुन सक्छ।—हितो. २०:५; प्रेरि. ८:३०.

४. मनाउन सक्नेगरि सिकाउनको लागि आवश्‍यक अन्तिम बुँदा के हो?

४ बाइबलबाट तर्क गर्नुहोस्‌: तेस्रो, मन छुने प्रयास गर्नुहोस्‌। पढिएको शास्त्रपद घरधनीलाई व्यक्‍तिगत रूपमा कसरी लागू हुन्छ, बुझाउने कोसिस गर्नुहोस्‌। धर्मशास्त्रबाट तर्क गर्दा ती व्यक्‍तिको सोचाइ परिवर्तन गर्न मनाउन सकिन्छ। (प्रेरि. १७:२-४; १९:८) उदाहरणका लागि, प्रस्थान ६:३ को पादटिप्पणी देखाएपछि कुनै व्यक्‍तिको नाउँ जान्‍नु तिनीसँग व्यक्‍तिगत सम्बन्ध विकास गर्नको लागि कत्ति अपरिहार्य छ भनी तर्क गर्न सक्छौं। त्यसपछि यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ: “परमेश्‍वरको नाउँ थाह पाउँदा तपाईंको प्रार्थनालाई अझ अर्थपूर्ण बनाउँछ जस्तो के तपाईंलाई लाग्छ?” यसप्रकार शास्त्रपदलाई घरधनीको व्यक्‍तिगत जीवनसित जोड्‌दा यसको व्यावहारिक महत्त्व प्रस्ट हुन्छ। यसरी मनाउन सक्नेगरि परमेश्‍वरको वचनबाट सिकाउँदा इमानदार हृदय भएका व्यक्‍तिहरू साँचो र जीवित परमेश्‍वर यहोवाको उपासना गर्न खिचिन्छन्‌।—यर्मि. १०:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने