प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 डिसेम्बर p. १
  • राज्य सन्देश घोषणा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्य सन्देश घोषणा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • एउटा राज्य “जो कहिल्यै नाश हुनेछैन”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • परमेश्‍वरको राज्य शासन
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • ‘कहिल्यै नाश नहुने’ राज्य
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 डिसेम्बर p. १

राज्य सन्देश घोषणा गर्नुहोस्‌

१ “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) यिनै शब्दहरूद्वारा येशूले आफ्नो सेवकाईको मुख्य विषय परमेश्‍वरको राज्य हो भनी संकेत गर्नुभयो। आज हामीले घोषणा गर्ने सन्देश पनि त्यही राज्यमा केन्द्रित छ र त्यसबारे मत्ती २४:१४ मा यस्तो भविष्यवाणी गरिएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” परमेश्‍वरको राज्यबारे कस्तो सत्य मानिसहरूले सुन्‍नु आवश्‍यक छ?

२ अहिले परमेश्‍वरको राज्यले स्वर्गबाट शासन गरिरहेको छ र अब चाँडै सबै मानव शासनको बदलामा त्यो राज्य स्थापित हुनेछ। दियाबललाई स्वर्गबाट हटाइसकिएको छ र वर्तमान दुष्ट रीतिरिवाज पनि अन्तको दिनमा प्रवेश गरेको छ। (प्रका. १२:१०, १२) शैतानको दुष्ट थोत्रो रीतिरिवाज नष्ट हुनेछ तर परमेश्‍वरको राज्य स्थिर रहनेछ। यो सदासर्वदा रहनेछ।—दानि. २:४४; हिब्रू १२:२८.

३ राज्यले सबै आज्ञाकारी मानिसजातिका जायज इच्छाहरू पूरा गर्नेछ। यसले युद्ध, हिंसा, अत्याचार र गरिबीको कारण उत्पन्‍न दुःखकष्टबाट छुटकारा दिनेछ। (भज. ४६:८, ९; ७२:१२-१४) सबैका लागि प्रशस्त खानेकुरा उपलब्ध हुनेछन्‌। (भज. ७२:१६; यशै. २५:६) बिरामी र अशक्‍तता विगतका कुराहरू हुनेछन्‌। (यशै. ३३.२४; ३५:५, ६) मानिसजाति सिद्धतातर्फ बढ्‌दै गएपछि पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र मानिसहरू एक आपसमा मिलेर बस्नेछन्‌।—यशै. ११:६-९.

४ आफ्नो जीवन शैलीद्वारा हामी परमेश्‍वरको राज्यका प्रजा हुन चाहन्छौं भनेर देखाउँछौं। राज्य सन्देशले हाम्रो लक्ष्य तथा प्राथमिकतालगायत सम्पूर्ण जीवन पद्धतिमा प्रभाव पार्नुपर्छ। उदाहरणका लागि, आफ्नो परिवारलाई पालन-पोषण गर्ने हाम्रो दायित्व भए तापनि हामी भौतिक कुराहरूको अचाक्ली फिक्रीले राज्य गतिविधिलाई निसासिन दिन सक्दैनौं। (मत्ती १३:२२; १ तिमो. ५:८) बरु, हामीले येशूको यो सल्लाह पालन गर्नुपर्छ: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

५ समय छँदै मानिसहरूले राज्य सन्देश सुनेर त्यसअनुरूप कदम चाल्नु नितान्त जरुरी छ। “परमेश्‍वरको राज्यको विषयमा . . . तिनीहरूलाई मनाउँदै” यसो गर्न हामी मदत गर्न सकौं।—प्रेरि. १९:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने