प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 डिसेम्बर p. १
  • विश्‍वासी वृद्ध जनहरूलाई नबिर्सनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासी वृद्ध जनहरूलाई नबिर्सनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईं मदत गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 डिसेम्बर p. १

विश्‍वासी वृद्ध जनहरूलाई नबिर्सनुहोस्‌

१ विधवा र ढल्कँदो उमेरको बावजुद ८४ वर्षीया हन्‍नाले “मन्दिर छोड्‌दैन थिइन्‌।” तिनको विश्‍वासको कारण यहोवाले तिनलाई विशेष आशिष्‌ दिनुभयो। (लूका २:३६-३८) आज, धेरै भाइबहिनीहरूले अप्ठ्यारा परिस्थितिहरूको बावजुद हन्‍नाको जस्तै मनोभाव देखाउँछन्‌। यस्ता विश्‍वासी जनहरूले स्वास्थ्य समस्या वा वृद्धावस्थाको कारण आइपर्ने सीमितताहरू विरुद्ध संघर्ष गर्नुपर्दा कहिलेकाहीं उनीहरू निरुत्साहित हुन सक्छन्‌। आउनुहोस्‌, हामी उनीहरूलाई प्रोत्साहन दिन तथा राम्रो आध्यात्मिक तालिका कायम राख्न मदत गर्न सक्ने केही व्यावहारिक तरिकाहरूबारे छलफल गरौं।

२ सभा तथा सेवकाई: अरूले माया गरेर यातायातको प्रबन्ध गरिदिने प्रस्ताव राख्दा, थुप्रै विश्‍वासी वृद्धहरूलाई मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुन सजिलो हुन्छ। यसले यी विश्‍वासी तथा लामो समयदेखि सेवा गर्दै आएका सेवकहरूलाई आध्यात्मिक तवरमा सुदृढ बनाउनुका साथै मण्डलीलाई समेत लाभ पुऱ्‍याउँछ। के तपाईंले यो असल कार्यमा भाग लिनुभएको छ?—हिब्रू १३:१६.

३ सेवकाईमा नियमित रूपमा भाग लिंदा साँचो मसीहीहरूले आनन्द र सन्तुष्टि पाउँछन्‌। तर वृद्ध तथा अशक्‍तहरूलाई यसो गर्न निकै गाह्रो हुन सक्छ। यी प्रियजनहरूमध्ये कोही साक्षी कार्यको कुनै-कुनै पक्षमा “सहकर्मीको” हैसियतमा तपाईंसित जान सक्छन्‌ कि? (रोमी १६:३, ९, २१) तपाईं उनीहरूलाई आफूसित टोलिफोन साक्षी कार्यमा अथवा पुनःभेट वा बाइबल अध्ययनमा सँगै जाने निम्तो दिन सक्नुहुन्छ होला। यदि वृद्ध व्यक्‍ति घरबाहिर निस्कन सक्दैनन्‌ भने, बाइबल विद्यार्थी अध्ययनको लागि तिनको घरमा आउन सक्छन्‌ कि?

४ अध्ययन तथा संगति: समय-समयमा कसै-कसैले वृद्ध वा अशक्‍तहरूलाई आफ्नो पारिवारिक अध्ययनमा उपस्थित हुन निमन्त्रणा दिन्छन्‌ र कहिलेकाहीं त ती वृद्ध वा अशक्‍तहरूकै घरमा आफ्नो अध्ययन गर्ने गर्छन्‌। बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट अध्ययन गर्न एउटी आमाले आफ्ना दुई जना बच्चालाई एक जना वृद्ध बहिनीको घरमा लगिन्‌ र त्यस संगतिबाट सबै जनाले प्रोत्साहन पाए। यस्ता व्यक्‍तिहरू खाना वा अन्य सामाजिक जमघटहरूको लागि निम्तो पाउँदा पनि आनन्दित हुन्छन्‌। अशक्‍तहरू एकदमै दुर्बल भएकोले निम्तो दिएको बेला आउन सक्दैनन्‌ भने, तपाईं फोन गर्न वा उनीहरूकै घरमा एकछिन सँगै बसेर पढ्‌न, उनीहरूसित प्रार्थना गर्न वा उत्थानदायी अनुभवहरू एकअर्कालाई सुनाउन सक्नुहुन्छ।—रोमी १:११, १२.

५ यहोवाले विश्‍वासी वृद्ध जनहरूलाई मूल्यावान्‌ ठान्‍नुहुन्छ। (हिब्रू ६:१०, ११) उनीहरूप्रतिको हाम्रो मूल्यांकन व्यक्‍त गरेर अनि उनीहरूलाई असल आध्यात्मिक तालिका कायम गर्न मदत गरेर हामी यहोवाको अनुकरण गर्न सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने