प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मे p. ४
  • परमेश्‍वरको वचन सत्य छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचन सत्य छ
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको वचन . . . प्रबल छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “परमेश्‍वरको वचन . . . प्रबल . . . हुन्छ”
    हाम्रो राज्य सेवकाई—२००१
  • के तपाईं परमेश्‍वरको वचनको पक्षमा बोल्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • ‘सत्यमा हिँडिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 मे p. ४

परमेश्‍वरको वचन सत्य छ

१. बाइबलमा कस्तो महत्त्वपूर्ण जानकारी छ?

१ “तपाईंको वचनको सार सत्य छ” भनी भजनहारले लेखे। (भज. ११९:१६०) आफ्नो प्रेरित वचनमार्फत यहोवाले जीवनका सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिनुहुन्छ। समस्याहरूले गर्दा विचलित भएकाहरूलाई उहाँले सान्त्वना तथा आशा प्रदान गर्नुहुन्छ। साथै, हामी उहाँसित कसरी नजिक हुन सक्छौं भनेर पनि सिकाउनुहुन्छ। “बाइबल सत्य सिक्नु भनेको निस्पट्ट अँध्यारो कोठाबाट निक्लेर स्वच्छ, उज्यालो कोठामा जानुजस्तै हो” भनेर एउटी कृतज्ञ महिलाले बताइन्‌। के तपाईं हरेक अवसरमा परमेश्‍वरको वचनबाट सत्य सुनाउने प्रयास गर्नुहुन्छ?

२. बाइबलले कसरी मानिसको जीवन सुधार्छ?

२ परिवर्तन गर्ने शक्‍ति र विश्‍वव्यापी आकर्षण: बाइबल सत्यमा मानिसको हृदय छुने र जीवन परिवर्तन गर्ने शक्‍ति छ। (हिब्रू ४:१२) रोजा नाउँकी एउटी जवान महिला वेश्‍यावृत्तिमा लाग्नुका साथै रक्सी र लागूपदार्थको दुर्व्यसनी भएकी थिइन्‌। तिनी यसो भन्छिन्‌, “एक दिन म साह्रै निराश भएर बसिरहेको बेला एक साक्षी दम्पतीले बाइबलले कसरी हाम्रा समस्याहरू हल गर्न मदत गर्छ भन्‍ने विषयमा मलाई बताए। मैले परमेश्‍वरको वचन अध्ययन गर्न थालें र मलाई यो अति मनमोहक लाग्यो। एक महिनाभित्रमै मैले स्वच्छ, नयाँ जीवन सुरु गर्ने बल पाएँ। अब मेरो जीवनको एउटा उद्देश्‍य भएपछि मलाई रक्सी र लागूपदार्थको सहारा चाहिएन। अनि मलाई यहोवाको मित्र हुने तीव्र इच्छा भएकोले म उहाँका स्तरहरूअनुरूप जीउन कटिबद्ध थिएँ। परमेश्‍वरको वचनबाट व्यावहारिक बुद्धि नपाएको भए सायद म अहिले जीवित हुने थिइनँ होला भनेर म भन्‍न सक्छु।”—भज. ११९:९२.

३. अरूलाई बाइबलको सन्देश सुनाउनदेखि हामी किन पछि हट्‌नु हुँदैन?

३ आज उपलब्ध थुप्रै पुस्तकहरूजस्तो नभई बाइबलले ‘हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाका’ मानिसहरूलाई आकर्षित गर्छ। (प्रका. ७:९) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” भन्‍ने परमेश्‍वरको इच्छा छ। (१ तिमो. २:४) त्यसकारण, पृष्ठभूमिको कारण कुनै व्यक्‍तिले सुसमाचार सुन्दैनन्‌ होला भनेर कहिल्यै अड्‌कल काट्‌नु हुँदैन। बरु, मौका मिल्ने बित्तिकै सबैलाई बाइबलबाट सीधै राज्य सन्देश सुनाउनुहोस्‌।

४. साक्षी दिंदा हामी कसरी बाइबल प्रयोग गर्न सक्छौं?

४ धर्मशास्त्रमा जोड दिनुहोस्‌: सेवकाईमा बाइबल चलाउने थुप्रै मौका मिल्छ। पत्रिकाहरू प्रस्तुत गर्दा सुझावित प्रस्तुतिमा दिइएको शास्त्रपद चलाउने कोसिस गर्नुहोस्‌। महिनाभरिको लागि दिइएको प्रस्तुति चलाउँदा होसियारीसाथ छनौट गरिएको शास्त्रपद सुरुमै पढ्‌नु कसै-कसैले प्रभावकारी पाएका छन्‌। पुनःभेट गर्दा घरधनीलाई क्रमशः सही ज्ञान हासिल गरिरहन मदतको लागि हरेक पटक एक वा त्योभन्दा बढी बाइबल पदहरू पढेर सुनाउनुहोस्‌। बाइबल अध्ययन सञ्चालन गर्दा छलफललाई मुख्य शास्त्रपदमा केन्द्रित गर्नुहोस्‌। औपचारिक तवरमा साक्षी दिन सेवकाईमा नगएको बेला अनौपचारिक साक्षी दिने मौका मिलेमा बाइबल प्रयोग गर्न यसलाई आफूसँगै राख्नुहोस्‌।—२ तिमो. २:१५.

५. हामीले किन सेवकाईमा बाइबल चलाउने प्रयत्न गर्नुपर्छ?

५ सेवकाईको दौडान हरेक उपयुक्‍त अवसरमा बाइबल चलाएर हामी अरूलाई परमेश्‍वरको सत्य वचनको उत्प्रेरणादायी शक्‍तिबाट लाभ उठाउन मदत गर्न सकौं।—१ थिस्स. २:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने