प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अक्टोबर पृ. १
  • पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००५
  • मानिसलाई होइन, परमेश्‍वरलाई महिमा दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अक्टोबर पृ. १

पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस्‌

१ आजकल, अझ आनन्ददायी र लामो जीवन बिताउनको लागि हाम्रो मुटु अर्थात्‌ हृदयलाई राम्रो अवस्थामा राख्ने विषयमा प्रशस्त मात्रामा जानकारीहरू पाइन्छन्‌। योभन्दा पनि महत्त्वपूर्ण कुरा त हाम्रो लाक्षणिक हृदयको अवस्था हो। त्यसैकारण त सन्‌ २००४ सेवा वर्षको दौडान हामीले आनन्द उठाएको विशेष सम्मेलनको मूल विषय एकदमै उपयुक्‍त थियो: “पूर्ण हृदयले यहोवाको सेवा गर्ने।” (१ इति. २८:९, NW) उक्‍त कार्यक्रमबाट हामीले के सिक्यौं?

२ क्षेत्रीय निरीक्षकले “इच्छुक मनले यहोवाको सेवा गर्न अरूलाई मदत गर्ने” भन्‍ने विषय छलफल गरेका थिए। अन्तरवार्ताहरूले यहोवाको सेवा गर्न चाहने व्यक्‍तिहरूको चासो बढाउँदै लैजाँदा र उनीहरूसित बाइबल अध्ययन सञ्चालन गर्दा प्राप्त भएको आनन्दलाई प्रकाश पाऱ्‍यो। ड्र क्लोज टु जेहोभा पुस्तकको अध्ययनपछि कसै-कसैले यहोवाको नजिक हुने मदत पाए। के तपाईंले पनि यस्तै अनुभव गर्नुभएको छ? “समस्याग्रस्त संसारमा आफ्नो हृदयलाई सुरक्षित राख्ने” विषयक अतिथि वक्‍ताको पहिलो भाषणबाट उपस्थित सबैले पक्कै पनि सान्त्वना तथा प्रोत्साहन पाए। बिहानको कार्यक्रम बप्तिस्मा भाषणपछि समाप्त भएको थियो।

३ अपराह्न, “मदत गर्न अग्रसर हुने” भन्‍ने भागमा सेवकाईमा हामी कसरी नयाँ, कमजोर तथा निष्क्रिय व्यक्‍तिहरूलाई मदत गर्न सक्छौं भन्‍ने विषय छलफल गरिएको थियो। आफ्ना छोराछोरीको हृदयलाई खराब प्रभावहरूबाट सुरक्षित राख्न तथा उनीहरूलाई यहोवाको नजिक हुन मदत दिन आमाबाबुहरूले के गर्न सक्छन्‌? “यहोवामा मग्न हुन आफ्ना छोराछोरीलाई मदत गर्नुहोस्‌” भन्‍ने भागले व्यावहारिक सुझावहरू दिनुका साथै कसरी यसो गर्न सकिन्छ भन्‍ने कुरा स्पष्टसित देखायो।

४ हाम्रो लाक्षणिक हृदयलाई स्वस्थ तथा बलियो राख्न यहोवाले गर्नुहुने हरेक प्रबन्धबाट के हामीले लाभ उठाइरहेका छौं? “यहोवाको सेवामा पूर्ण हृदय कायम राख्नुहोस्‌” भन्‍ने अतिथि वक्‍ताको अन्तिम भाषणमा हाम्रो आध्यात्मिकतालाई कायम राख्ने तालिकाको चारवटा अत्यावश्‍यक पक्षहरूमा जोड दिइएको थियो। के तपाईंलाई ती बुँदाहरू याद छ? निष्कपट प्रार्थना गर्न, परमेश्‍वरको वचन अध्ययन गर्न, जोसिलो भई प्रचार गर्न र अन्य मसीहीहरूसँग सरसंगत गर्न हामी कतिको समय निकाल्छौं र प्रयास गर्छौं? यी क्षेत्रहरूमध्ये कुनैमा के हामी अझ उन्‍नति गर्न सक्छौं?

५ यहोवा यस्तो निमन्त्रणा दिनुहुन्छ: “तेरो मन अर्तीमा लगा, तेरो कान ज्ञानका कुरातिर लगा।” (हितो. २३:१२) सम्मेलनमा सिकेको उत्कृष्ट जानकारी लागू गर्दा त्यसले तपाईंलाई पूर्ण हृदयले र इच्छुक मनले यहोवाको सेवा गरिरहन बलियो बनाउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने