प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अगस्त p. ७
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९७
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 अगस्त p. ७

नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

विशेष सम्मेलन दिनको प्रबन्ध १९८७ देखि सुरु गरिएको हो। यो एक-दिने जमघट यहोवाका सेवकहरूलगायत उपस्थित जिज्ञासुहरूका लागि उत्थानदायी प्रमाणित भएको छ। सन्‌ १९९९ को जनवरी महिनादेखि नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम प्रस्तुत गरिनेछ। प्रस्तुत गरिने नौवटा भाषणहरू अनि थुप्रै अन्तरवार्ता तथा अनुभवहरू तपाईंले आध्यात्मिक तवरमा फाइदाजनक पाउनुहुनेछ।

नयाँ विशेष सम्मेलन दिनको कार्यक्रमको मूल विषय हो, “यहोवाको टेबुलका लागि मूल्यांकन जाहेर गर्नुहोस्‌।” (यशै. ६५:१; १ कोरि. १०:२१) यहोवाको उपासनालाई जीवनमा सर्वप्रथम स्थान दिने हाम्रो संकल्पलाई यसले बल प्रदान गर्नेछ। (भज. २७:४) क्षेत्रीय निरीक्षकले सभामा उपस्थित हुने सम्बन्धमा “हाम्रो हृदयको झुकाउलाई जाँच्ने” विषय प्रस्तुत गर्नेछन्‌। अतिथि वक्‍ताले “यहोवाको टेबुलमा खाँदै आध्यात्मिकता कायम राख्ने” कसरी हो, हामीलाई देखाउनेछन्‌। यहोवाको संगठनमा भएका युवायुवतीहरूलाई अटल भई परमेश्‍वरको सेवा गरिरहन व्यवहारिक प्रोत्साहन पनि दिइनेछ। आगन्तुक वक्‍ताले प्रस्तुत गर्ने मुख्य भाषण “साहसी भई साक्षी दिन आध्यात्मिक तवरमा बलियो भएको”-ले मण्डली मार्फत तयार पारिएका प्रबन्धहरूले परमेश्‍वरको राज्यबारे साहसी भई कसरी साक्षी दिन मदत गर्छ, त्यो प्रकट गर्नेछ। यो कार्यक्रमको फाइदा उठाउन नचाहने को होला र?

हालै समर्पण गरेकाहरूले बप्तिस्मा लिन चाहेमा मण्डलीका अध्यक्षलाई यथासक्य चाँडै खबर गरिहाल्नुपर्छ। बाह्रौं वर्षमा प्रवेश गरेको विशेष सम्मेलन दिनको यो प्रबन्धले उपस्थित सबैलाई पूरा गर्नुपर्ने कामको निम्ति आध्यात्मिक तवरमा उकास्नेछ भनेर हामी विश्‍वस्त छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने