प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 फेब्रुअरी p. १
  • सभामा नियमित उपस्थिति —एउटा प्राथमिकता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभामा नियमित उपस्थिति —एउटा प्राथमिकता
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • सभामा उपस्थिति—एउटा गम्भीर जिम्मेवारी
    हाम्रो राज्य सेवकाई—१९९४
  • प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 फेब्रुअरी p. १

सभामा नियमित उपस्थिति —एउटा प्राथमिकता

१ मसीही परिवारहरूले मण्डलीका सभाहरूमा नियमित रूपमा उपस्थित हुनुलाई प्राथमिकता दिन्छन्‌। तर आज जीवनको दौडधूपले चुनौती खडा गर्न सक्छ। के घरायसी कामकुरा, जागिर वा स्कूलको कामले यहोवाको उपासनाको लागि छुट्टयाइएको समय खान थालेको छ? कामकुरालाई यहोवाको दृष्टिकोणबाट हेऱ्‍यौं भने, त्यसले हामीलाई आफ्ना प्राथमिकताहरू कायम राख्न मदत गर्नेछ।—१ शमू. २४:६; २६:११.

२ विश्राम दिनमा दाउरा बटुलेर एक जना इस्राएली मानिसले यहोवाको दृष्टिकोणलाई जानाजानी बेवास्ता गरे। म आफ्नो परिवारको लागि काम गर्दैछु वा यो सानोतिनो काम त हो भनेर तिनले तर्क गरेको हुन सक्छ। तथापि, त्यस व्यक्‍ति विरुद्ध सुनाइएको न्यायबाट यहोवाले उपासनाको लागि छुट्टयाइएको समयमा सांसारिक कामकुराहरू गर्नु भनेको एउटा गम्भीर कुरा हो भनी देखाउनुभयो।—गन्ती १५:३२-३६.

३ चुनौतीको सामना गर्ने: सभामा उपस्थित हुन आफ्नो जागिरले बाधा नपुऱ्‍याओस्‌ भनेर थुप्रैले निकै सङ्‌घर्ष गर्नुपर्छ। कसै-कसैले आफ्नो हाकिमसित कुरा गरेर, सहकर्मीसित पालो मिलाई काम गरेर, आफ्नो लागि उपयुक्‍त जागिर खोजेर वा आफ्नो जीवन शैली सरल बनाएर यस चुनौतीको सामना गरेका छन्‌। साँच्चै, साँचो उपासनाको खातिर यस्ता त्यागहरू गरेको देख्दा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।—हिब्रू १३:१६.

४ स्कूलको कामले पनि चुनौती खडा गर्न सक्छ। “म स्कूलका कतिपय कामहरू सभाअघि गर्छु भने, बाँकी सभाबाट फर्केपछि गर्छु” भनेर एउटी युवतीले बताइन्‌। यदि सभाको दिनको बेलुकी सबै गृहकार्य सिध्याउन नसकेको खण्डमा, आफ्नो परिवारले मसीही सभाहरूमा उपस्थित हुनुलाई प्राथमिकता दिन्छन्‌ भनेर कोही-कोही आमाबाबुले शिक्षकहरूलाई बताएका छन्‌।

५ पारिवारिक रूपमा समयमै सभाहरूमा उपस्थित हुनको लागि तयारी गर्ने सन्दर्भमा घरायसी कामकाजहरू गरिसिध्याउन सहयोग र राम्रो योजना महत्त्वपूर्ण छन्‌। (हितो. २०:१८) साना केटाकेटीलाई समेत समयमै सभामा जानको लागि लुगा लगाउन र तयारी हुन सिकाउन सकिन्छ। आफ्नो उदाहरणद्वारा आमाबाबुहरूले छोराछोरीलाई सभाहरूको महत्त्व बुझ्न मदत गर्न सक्छन्‌।—हितो. २०:७.

६ वर्तमान रीतिरिवाजका दबाबहरू बढ्‌दै जाँदा, मण्डलीका सभाहरूमा नियमित रूपमा उपस्थित हुनु अत्यावश्‍यक छ। कामकुरालाई यहोवाको दृष्टिकोणबाट हेर्न नछोडौं र सभामा नियमित रूपमा उपस्थित हुने कुरालाई सधैं प्राथमिकता देऔं।—हिब्रू. १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने