प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 फेब्रुअरी p. ६
  • ड्र क्लोज टु जेहोभा अध्ययनबाट लाभ उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ड्र क्लोज टु जेहोभा अध्ययनबाट लाभ उठाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • “यसले मेरो हृदयको शून्यता पुरिदियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • वर्सिप गड पुस्तक अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • ड्र क्लोज टु जेहोभा प्रस्तुत गर्ने सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 फेब्रुअरी p. ६

ड्र क्लोज टु जेहोभा अध्ययनबाट लाभ उठाउनुहोस्‌

१ “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” भन्‍ने विषयको जिल्ला अधिवेशनमा ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तक पाउँदा हामी साह्रै हर्षित भएका थियौं। थुप्रैले तत्काल त्यो पुस्तक पढे। अरू थुप्रै २००३ को वार्षिक पदद्वारा यसो गर्न उत्प्रेरित भए भन्‍ने कुरामा कुनै शङ्‌का छैन: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकू. ४:८.

२ मार्च महिनादेखि हामी मण्डली पुस्तक अध्ययनमा ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तकबाट छलफल सुरु गर्नेछौं। हाम्रो अध्ययनबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं? तयारी अत्यावश्‍यक छ। हरेक अध्याय अध्ययन गर्न दुई हप्ता लाग्नेछ र हरेक हप्ता अध्ययनको लागि तुलनात्मक हिसाबले थोरै अनुच्छेदहरू दिइएका छन्‌। यसले गर्दा विषयवस्तुमा तपाईंले गर्नुभएको अध्ययन र मननमा आधारित हार्दिक टिप्पणीहरू दिने प्रशस्त समय मिल्नेछ। त्यति मात्र होइन, पुस्तकको विशेष पक्ष छलफल गर्न भ्याउनको लागि अध्यायको समापन भाग पुनरावलोकन गर्ने हप्ताको दौडान एकदमै थोरै अनुच्छेदहरू मात्र छलफल गरिनेछन्‌।

३ अध्याय २ देखि “मननका लागि प्रश्‍नहरू” विषयको पेटी हरेक अध्यायको अन्ततिर दिइएको छ। अध्यायको अन्तिम अनुच्छेद विचार गरिसकेपछि पुस्तक अध्ययन निरीक्षकले समूहसित पेटी छलफल गर्नेछन्‌। धर्मशास्त्रमा मनन गर्दा प्राप्त भएका असल परिणामहरूको आशा गर्दै तिनले समूहका सदस्यहरूलाई आफ्नो विचार पोख्न प्रोत्साहित गर्नेछन्‌। (हितो. २०:५) पेटीमा दिइएका प्रश्‍नहरूको अलावा, तिनले कहिलेकाहीं यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: “यस जानकारीले तपाईंलाई यहोवाबारे के बताउँछ? यसले कसरी तपाईंको जीवनलाई असर गर्छ? अरूलाई मदत गर्न तपाईं कसरी यो चलाउन सक्नुहुन्छ?” तिनको उद्देश्‍य तुलनात्मक हिसाबले ससाना विवरणहरूबारे समूहको जाँच गर्नु नभई हार्दिक टिप्पणीहरू दिन लगाउनु हुनेछ।

४ ड्र क्लोज टु जेहोभा एकदमै फरक किसिमको छ। हुन त “विश्‍वासी र बुद्धिमान दास[ले]” तयार पारेका सम्पूर्ण प्रकाशनहरूले यहोवाको महिमा गर्ने भए तापनि यस पुस्तकको मूल उद्देश्‍य यहोवाका गुणहरूबारे छलफल गर्नु हो। (मत्ती २४:४५-४७) हामीसामु कत्ति रोमाञ्चक सुअवसर छ! यहोवाको व्यक्‍तित्वको गहिरो अध्ययनबाट हामी प्रचुर मात्रामा लाभ उठाउनेछौं। अध्ययनले हामीलाई स्वर्गमा हुनुहुने हाम्रो पिताको अझ नजिक हुन मदत गरोस्‌ र अरूलाई पनि त्यसै गर्न मदत गर्ने काममा हामी अझ प्रभावकारी हुन सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने