वर्सिप गड पुस्तक अध्ययन गर्ने
वर्सिप दी ओन्ली ट्रु गड भन्ने पुस्तक ज्ञान पुस्तक अध्ययन गरिसिध्याएका नयाँ व्यक्तिहरूसित अध्ययन गर्न तयार पारिएको हो। मण्डली पुस्तक अध्ययनमा यो प्रकाशन छलफल गर्दा त्यसले सेवकाईमा यो साधन प्रयोग गर्न हामीलाई सुसज्जित बनाउनेछ र यहोवा र उहाँको संगठनप्रतिको हाम्रो प्रेम तथा मूल्यांकन अझ गहिरो बनाउन मदत गर्नेछ। वर्सिप गड पुस्तकको अध्ययनबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?
अध्ययन सञ्चालन गर्ने: हरेक हप्ता हामीले एउटा पूरै अध्याय छलफल गर्ने भएको कारण पुस्तक अध्ययन निरीक्षकहरूले बुद्धिमानीपूर्वक समय विभाजन गर्नुपर्छ। साधारणतया अध्यायको अन्त-अन्ततिर दिइने गहकिला विषयवस्तुको लागि पर्याप्त समय बचाउन सुरु-सुरुका अनुच्छेदहरूमा तिनीहरूले बढी समय नबिताई अघि बढ्नेछन्। हरेक अध्ययनको अन्तमा पुनरावलोकन पेटी छोटकरीमा छलफल गर्नाले उपस्थित श्रोताहरूलाई मुख्य बुँदाहरू सम्झिन मदत गर्नेछ।
वर्सिप गड पुस्तकको आधाजसो अध्यायहरूमा मनन र छलफलका लागि अलिकति ठाउँ छोडेर दिइएका प्रश्नहरू छन्। एउटा उदाहरण पृष्ठ ४८-९ मा पाउन सकिन्छ। अनुच्छेदहरू पढ्नेले यस्ता प्रश्नहरू पढिरहनु आवश्यक छैन। ती प्रश्नहरू समूहसित छलफल गर्दा समयले भ्याएको खण्डमा निरीक्षकले उद्धृत शास्त्रहरू पढ्न लगाउनुका साथै छलफल गर्नुपर्छ।
पूर्वतयारी: राम्ररी तयारी गर्नुमा उत्तरहरूमा धर्सो तान्नु मात्र पर्याप्त छैन। उद्धृत शास्त्रपदहरूमा प्रार्थनापूर्वक मनन गर्दा त्यसले हामीलाई आफ्ना टिप्पणीहरू तयारी गर्न मात्र होइन तर त्योभन्दा महत्त्वपूर्ण कुरा आफ्नो हृदय तयारी गर्न सक्षम बनाउनेछ। (एज्रा ७:१०) हामी सबैले विनम्रतासाथ टिप्पणीहरू दिएर प्रोत्साहन आदनप्रदान गर्ने काममा योगदान पुऱ्याउन सक्छौं।—रोमी १:११, १२.
वर्सिप गड पुस्तकको अध्ययनले हामीलाई यहोवाको नजिक जान मदत गर्नुका साथै हामीसँगै मिलेर उहाँको उपासना गर्न निष्कपट हृदय भएका व्यक्तिहरूलाई मदत गर्न सुसज्जित बनाउनेछ। (भज. ९५:६; याकू. ४:८) हामी सबैले यस असल आध्यात्मिक प्रबन्धबाट पूरापूर लाभ उठाउन सकौं।