प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मार्च p. ४
  • तपाईंलाई असर गर्ने घोडचढी आक्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई असर गर्ने घोडचढी आक्रमण
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो विपत्ति—घोडचढीहरूको फौज
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • प्रकाशको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मार्च p. ४

तपाईंलाई असर गर्ने घोडचढी आक्रमण

१, २. प्रकाश ९:१३-१९ मा लिपिबद्ध भविष्यसूचक दर्शनको पूर्तिमा आज परमेश्‍वरका जनहरू कसरी मुछिएका छन्‌?

१ “छैटौं दूतले फूके।” त्यसपछि, “बीस करोड” संख्याको “घोड़चढ़ी फौज” गर्जिन्छ। यो कुनै साधारण सैन्यशक्‍ति होइन। “ती घोड़ाहरूका शिरहरू सिंहहरूका शिरजस्ता [छन्‌]।” तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्छन्‌ र तिनीहरूको ‘पुच्छर साँपजस्तै छन्‌।’ यस लाक्षणिक घोडचढी आक्रमणले अन्ततः विध्वंश मच्चाउँछ। (प्रका. ९:१३-१९) यो उल्लेखनीय भविष्यसूचक दर्शनको पूर्तिमा तपाईं कसरी मुछिनुभएको छ, के तपाईंलाई थाह छ?

२ अभिषिक्‍त शेष जन तथा तिनीहरूका सँगी, अरू भेडाले एकताबद्ध भई परमेश्‍वरको न्याय घोषणा गर्छन्‌। यसले मसीहीजगत्‌को आध्यात्मिक मृत अवस्थालाई पूर्णतया पर्दाफास गरिदिन्छ। आउनुहोस्‌, परमेश्‍वरका सेवकहरूको सेवकाई एकदमै प्रभावकारी हुनुको कारण प्रकाश पार्ने भविष्यसूचक दर्शनका दुईवटा पक्षलाई विचार गरौं।

३. परमेश्‍वरको सन्देश प्रभावकारी ढङ्‌गमा सुनाउन तपाईंले कस्तो प्रशिक्षण पाउनुभएको छ?

३ परमेश्‍वरको सन्देश घोषणा गर्न प्रशिक्षित तथा सुसज्जित: ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तथा मण्डलीका अन्य सभाहरू मार्फत परमेश्‍वरका सेवकहरूलाई अख्तियारसहित परमेश्‍वरको सन्देश सुनाउने प्रशिक्षण दिइएको छ। येशू अनि उहाँका चेलाहरूको अनुकरण गर्दै, मानिसहरूलाई भेटिने ठाउँहरूमा प्रचार गरेर तिनीहरूले योग्य जनहरूको खोजी गर्छन्‌। (मत्ती १०:११; मर्कू. १:१६; लूका ४:१५; प्रेरि. २०:१८-२०) प्रचार गर्ने यो बाइबलीय तरिका कत्ति प्रभावकारी साबित भएको छ!

४. आफ्नो काम पूरा गर्नलाई थुप्रै प्रकाशकहरूसित कस्तो साधन उपलब्ध छ?

४ ईश्‍वरीय प्रचारकार्य पूरा गर्नको लागि मसीही सेवकहरूले अरबौंको संख्यामा पुस्तक, पुस्तिका तथा पत्रिकाहरू वितरण गरेका छन्‌। यी प्रकाशनहरू लगभग ४०० भाषामा उपलब्ध गराइएका छन्‌ अनि यसमा विविध विषयहरू ढाकिनुका साथै विभिन्‍न किसिमका मानिसहरूलाई मनपर्ने तरिकाहरू अपनाइएको छ। के तपाईंले यी साधनहरूलाई प्रभावकारी ढङ्‌गमा प्रयोग गरिरहनुभएको छ?

५, ६. यहोवाका जनहरूसित स्वर्गीय समर्थन छ भनेर कुन कुराले देखाउँछ?

५ स्वर्गीय निर्देशन तथा सहयोग: लाक्षणिक घोडचढी आक्रमणले प्रतिनिधित्व गर्ने गतिविधिमा ईश्‍वरीय समर्थन छ भन्‍ने कुरा पनि भविष्यसूचक दर्शनले स्पष्ट पार्छ। (प्रका. ९:१३-१५) मानव बुद्धि वा शक्‍तिले नभई परमेश्‍वरको आत्माले गर्दा विश्‍वव्यापी प्रचारकार्य सम्पन्‍न हुन सकेको हो। (जक. ४:६) यस कार्यलाई डोऱ्‍याउन यहोवाले स्वर्गदूतहरूलाई चलाइरहनुभएको छ। (प्रका. १४:६) यस प्रकार, आफ्ना मानव साक्षीहरूको प्रयासको साथसाथै यहोवाले नम्र जनहरूलाई आफूतिर खिच्न स्वर्गीय सहयोग प्रदान गर्नुहुन्छ।—यूह. ६:४५, ६५.

६ परमेश्‍वरको सन्देश घोषणा गर्न प्रशिक्षित तथा सुसज्जित हुनुका साथै स्वर्गदूतीय निर्देशनमा काम गरिरहेको हुनाले यहोवाका जनहरूलाई कुनै पनि हालतमा रोक्न सकिंदैन। आउनुहोस्‌, यस रोमाञ्चकारी भविष्यसूचक दर्शनको पूर्तिमा हामी आफ्नो भूमिका निर्वाह गरिरहौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने