प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे p. १
  • स्फूर्तिदायी सङ्‌गीत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्फूर्तिदायी सङ्‌गीत
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • सङ्‌गीतबाट आनन्द लिनु यस्को रहस्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने संगीत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌!
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • राज्य गीतहरूबाट आनन्द उठाउने राम्रो तरिका
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मे p. १

स्फूर्तिदायी सङ्‌गीत

१ गायन र सङ्‌गीत साँचो उपासनाको एउटा अभिन्‍न भाग हो। पुरातन इस्राएलमा आसाप र तिनका कुटुम्बहरूले यसरी गाए: “परमप्रभुलाई धन्यवाद चढ़ाऊ . . .। गीत र भजनले उहाँको आदर गर, र उहाँका सबै अचम्मका कामहरूको विचार गर।” (१ इति. १६:८, ९) आज हामी मण्डलीका साप्ताहिक सभाहरूमा स्वरमा स्वर मिलाएर यहोवाको लागि गाउँछौं। (एफि. ५:१९) उहाँको नाउँको प्रशंसा गर्ने यो कस्तो अद्‌भुत सुअवसर हो!—भज. ६९:३०.

२ वाद्यवादन समूहद्वारा बजाइएका राज्य गीतहरू अर्थात्‌ किङ्‌ग्डम मेलोडिज्‌ सुन्दा यसले हाम्रो मन आध्यात्मिक विचारहरूले भरिदिन सक्छ। एक जना बहिनीले यसो भनिन्‌: “ती धुनहरू सुन्दा म गीतका शब्दहरू सम्झन्छु। सङ्‌गीतको आनन्द उठाउँदै यहोवालाई आफ्नो मनमा राख्ने कस्तो उत्तम तरिका!”—फिलि. ४:८.

३ तीबाट आनन्द उठाउने अवसरहरू: घरमा किङ्‌ग्डम मेलोडिज्‌ बजाउँदा यसले न्यानो, आध्यात्मिक वातावरण सृजना गर्छ जसले परिवारको शान्तिमा योगदान पुऱ्‍याउँछ। “यो [सङ्‌गीत] हामी आफ्नो घरमा र कारमा बारम्बार बजाउँछौं र यसको धुन एकदमै मीठो भएकोले यो सुनेर हामीलाई कहिल्यै वाक्क लाग्दैन। किङ्‌ग्डम मेलोडिज्‌-ले अक्सर हामीलाई मसीही सभाको लागि तयार हुँदा वा सम्मेलनको लागि यात्रा गर्दा शान्त मनस्थिति कायम राख्न मदत दिएको छ” भनी एउटा परिवारले लेख्यो। एउटी बहिनीले यसो भनिन्‌: “घरको काम गर्दै ती सुन्‍न एकदमै मज्जा आउँछ—धोएको लुगा पट्याउँदा समेत मलाई कत्तिको रमाइलो हुन्छ भनेर कसले पो कल्पना गर्न सक्छ र? निराश भएको बेला पनि मैले यो सङ्‌गीत सुन्‍ने विचार गरेकी छु। यो सङ्‌गीतमा आनन्द दिन सक्ने शक्‍ति छ! . . . हरेक गीतले खुसी उत्पन्‍न गराउँछ।” तपाईंले यस्ता स्फूर्तिदायी सङ्‌गीतबाट लाभ उठाउन सक्नुहुने कुनै मौका छ?

४ आजकलका प्रायजसो सङ्‌गीतहरूले संसारको आत्मा झल्काउँछ। रेकर्ड गरिएको किङ्‌ग्डम मेलोडिज्‌-को सदुपयोग गरेर आमाबाबुहरूले आफ्ना केटाकेटीलाई स्वास्थ्यकर सङ्‌गीतप्रति रुचि जगाउन मदत दिन सक्छन्‌। यहोवाको महिमा गर्ने र आत्मालाई जागृत तुल्याउने यस्ता मीठा आध्यात्मिक गीतहरूबारे थाह पाएर थुप्रै बाइबल विद्यार्थी तथा जिज्ञासु व्यक्‍तिहरू पनि खुसी हुनेछन्‌।—भज. ४७:१, २, ६, ७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने