राज्य गीतहरूबाट आनन्द उठाउने राम्रो तरिका
परमेश्वरका सेवकहरू सङ्गीतलाई यहोवाले दिनुभएको सुन्दर उपहारको रूपमा हेर्छन्। (याकू. १:१७) थुप्रै मण्डलीले सभाअघि र पछि सानो आवाजमा राज्य गीतहरू बजाउँछन्। सभाको सुरुमा राज्य धुन बजाउनु सबैलाई सभामा न्यानो स्वागत गर्ने राम्रो तरिका हो। यसले उपासनाको लागि मानसिक रूपमा तयार हुन मदत गर्छ। साथै गीति पुस्तिकाका नयाँ धुनहरू बजाउँदा ती धुनसित हामी राम्ररी परिचित हुन्छौं र राम्ररी गीत गाउन मदत पुग्छ। सभापछि बजाइने त्यस्तो धुनले एकअर्कासित प्रोत्साहनदायी सङ्गतिबाट आनन्द उठाउन सकिने उत्थानदायी वातावरण कायम राख्छ। त्यसैले एल्डरहरूको निकायले सभाअघि र पछि यहोवाको स्तुतिगान गाऔं— पियानोको साथमा (अङ्ग्रेजी) बजाउने उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। कुराकानीमा बाधा पुग्नेगरि धुनको आवाज चर्को नहोस् भनेर एल्डरहरूको निकायले पक्का गर्नुपर्छ।