पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अग. ८
“वर्तमान संसारमा सोझा मानिसहरूलाई ठग्न अपराधीहरूले निरन्तर नयाँ-नयाँ युक्तिहरू रचिरहेका छन्। के यसबारे तपाईंलाई चिन्ता लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकमा ठगिनदेखि जोगिन हामीलाई मदत गर्ने केही आधारभूत पूर्व-सावधानीहरू छलफल गरिएको छ।” हितोपदेश २२:३ पढ्नुहोस्।
प्रहरीधरहरा अग. १५
“आज मानिसहरू विवाह अनि छोराछोरी हुर्काउने सन्दर्भमा थुप्रै स्रोतहरूबाट सरसल्लाह खोज्छन्। तपाईंको विचारमा सबैभन्दा उत्तम सल्लाह कहाँ पाउन सकिन्छ होला? [जवाफ दिने मौका दिनुहोस्।] प्रहरीधरहरा-को यस अंकमा पारिवारिक जीवनबारे मानिसजातिको सृष्टिकर्ताले दिनुभएका केही बुद्धिमानी सल्लाह छलफल गरिएको छ।” भजन ३२:८ पढ्नुहोस्।
ब्यूँझनुहोस्! सेप्टे. ८
“समय-समयमा हामी घरेलु हिंसा तथा पत्नीहरूलाई कुटपिट गरेका रिपोर्टहरू सुन्ने गर्छौं। के मानिसहरू नराम्रा भएकाले गर्दा यस्तो भएको हुन सक्छ? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले परिवारको शिर हुनुको अर्थ के हो भन्ने कुरा देखाउँछ।” एफिसी ५:२८, २९ र ६:४ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १
“हामी सबै जना आनन्दित हुन चाहन्छौं। के तपाईंलाई यहाँ उल्लिखित कुराहरूले साँच्चै आनन्द ल्याउन सक्छ जस्तो लाग्छ? [मत्ती ५:४क, ६क, १०क, पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा डाँडाको उपदेशका प्रख्यात शब्दहरूको अर्थ र आनन्दित हुन चाहिने अन्य कुराबारे छलफल गरिएको छ।”