पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा अग. १५
“मृत्युपछि के हुन्छ होला भनेर धेरैले सोच्ने गर्छन्। तपाईंको विचारमा के मृत्यु बुझ्न सकिने कुरा हो? [जवाफ पर्खनुहोस्।] मरिसकेहरूको अवस्थाबारे बाइबलले बताउने कुरा यस पत्रिकामा छ। परमेश्वरले हाम्रा प्रिय मृतजनहरूको पुनरुत्थान गर्नुहुन्छ भन्ने उहाँको प्रतिज्ञाबारे पनि यस पत्रिकामा छलफल गरिएको छ।” यूहन्ना ५:२८, २९ पढ्नुहोस्।
ब्यूँझनुहोस्! अग. ८
“विश्वका नेताहरूले आरमागेडोनबारे कुरा गरेको तपाईंले पनि सुन्नुभएकै होला। आरमागेडोनको खास अर्थ के हो तपाईंलाई थाह छ? [जवाफ पाउनुभएपछि प्रकाश १६:१४, १६ पढ्नुहोस्।] यस लेखले ‘के हामी आरमागेडोनदेखि डराउनुपर्छ?’ भन्ने प्रश्नको जवाफ दिन्छ।” घरधनीलाई पृष्ठ २२ को लेख देखाउनुहोस्।
प्रहरीधरहरा सेप्टे. १
“वर्तमान समयमा वफादारिता भनेको व्यवहारमा उतार्नुपर्ने गुण नभई खोक्रो प्रशंसाको विषय भएको छ। यहाँ बताइएका मानिसहरूजस्तै हाम्रा साथीभाइ भइदिएको भए कत्ति असल हुन्थ्यो, होइन र? [यस पत्रिकाको पृष्ठ ६ बाट हितोपदेश १७:१७, NW पढ्नुहोस्। त्यसपछि जवाफ पर्खनुहोस्।] यस पत्रिकाले हामी आफ्नो परिवार र साथीहरूप्रति वफादार हुँदा पाइने लाभहरूबारे बताउँछ।”
ब्यूँझनुहोस्! सेप्टे. ८
“थुप्रै मानिसहरू डरै-डरको जीवन बिताउँछन्। तपाईंको विचारमा यस्तो डरै-डर किन भएको होला? [जवाफ पर्खनुहोस्।] यस पत्रिकाले, हामीलाई आइपर्न सक्ने डरका कारणहरूबाट जोगिन व्यावहारिक सल्लाह दिन्छ। अब चाँडै यो संसार डरमुक्त हुनेछ भनी बाइबलको प्रतिज्ञाबारे पनि यसै पत्रिकामा बताइएको छ।” यशैया ११:९ पढ्नुहोस्।