प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ३/०५ p. ७
  • सधैं उपयोगी सन्देश भएको भिडिओ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैं उपयोगी सन्देश भएको भिडिओ
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • दाऊद किन भाग्दै हिंड्‌छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—बाइबल समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ३/०५ p. ७

सधैं उपयोगी सन्देश भएको भिडिओ

डेविड—ही ट्रस्टेड इन गड नामक भिडिओले दिन खोजेको मुख्य सन्देश के हो? दाऊदले जस्तै हामीले पनि यहोवामा भरोसा राख्नै पर्छ। (भज. ९१:२) दाऊदको जीवनमा घटेका मुख्य-मुख्य घटनाहरू हेरेर साना केटाकेटी तथा वयस्कहरूले दाऊदले बसालेको उदाहरणबाट सिक्ने मदत पाउनेछन्‌। (भज. ३१:१४) हाम्रो थप फाइदाको लागि यस डी भी डी-मा “भिडिओ क्विज” अनि अन्य थुप्रै “सिक्ने तरिकाहरू” पनि समावेश गरिएका छन्‌।

भिडिओ हेरिसकेपछि आफैलाई सोध्नुहोस्‌: (१) यहोवाले किन असल राजा रोज्नुभयो? (१ शमू. १५:१०, ११; १६:१) (२) उहाँले किन दाऊदका अरू दाइहरूलाई रोज्नुभएन? (१ शमू. १६:६, ७) (३) वीणा बजाउने व्यक्‍तिको रूपमा शाऊलले किन दाऊदलाई मन पराए? (१ शमू. १६:१४-२३) (४) गोल्यत को थियो? (१ शमू. १७:४-१०) (५) दाऊद किन गोल्यतसित भिड्‌न चाहे? (१ शमू. १७:२३, २४, ३६, ३७) (६) जोनाथन को थिए? (१ शमू. १४:१) (७) कतिखेर शाऊल दाऊदको कट्टर शत्रु बन्‍न पुगे? (१ शमू. १८:२५-२९) (८) दाऊदले किन शाऊललाई मारेनन्‌? (१ शमू. २६:७-११) (९) शाऊल कसरी मरे? (१ शमू. ३१:१-६) (१०) जोनाथनको मृत्युप्रति दाऊदले कस्तो प्रतिक्रिया देखाए? (२ शमू. १:११, १२) (११) यहोवाले दाऊदसित कस्तो प्रतिज्ञा गर्नुभयो? (२ शमू. ७:१२, १३, १६) (१२) दाऊदले कस्तो गम्भीर गल्ती गरे? (२ शमू. ११:१-५, १४-१७) (१३) आफूले गरेको गल्तीप्रति साह्रै दुःखित भएको दाऊदले कसरी देखाए? (भज. ५१) (१४) दाऊदले जवान सुलेमानलाई कस्ता पाठहरू सिकाए? (१ राजा २:१-४; १ इति. २२:६-१३; २८:९, १०) (१५) येशूको शासनले कसरी दाऊद, जोनाथन र तपाईंलाई लाभ पुऱ्‍याउनेछ?—यशै. ११:६-९; यूह. ११:२५, २६.

अब विचार गर्नुहोस्‌: दाऊदले परमेश्‍वरमाथिको आफ्नो भरोसा जसरी प्रदर्शित गरेर देखाए तपाईं त्यसको व्यक्‍तिगत रूपमा कसरी अनुकरण गर्न सक्नुहुन्छ?

आमाबाबु हो, दाऊदले जस्तै परमेश्‍वरमा भरोसा गर्नुको चिरकालीन महत्त्वबारे आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌।—भज. ५६:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने