प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ९/०५ पृ. १
  • शाखा कार्यालयको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शाखा कार्यालयको पत्र
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • शाखा कार्यालयको पत्र
    हाम्रो राज्य सेवकाई—२००७
  • शाखा कार्यालयमा कस्तो काम गरिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • शाखाको पत्र
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ९/०५ पृ. १

प्रिय राज्य उद्‌घोषकहरू:

केही वर्षदेखि मण्डली र क्षेत्रहरूलाई सुदृढ पार्ने र गाभ्ने क्रम चलिरहेको कुरा त तपाईंहरूलाई थाहै होला। गत सेवा वर्षमा १४ वटा मण्डली नजिकैका मण्डलीहरूमा गाभिए। यसरी दुई वर्षमा जम्मा ३६ वटा मण्डली अरू मण्डलीहरूमा गाभिए। सेवाको सुअवसरको लागि धेरै भाइहरू अघि बढिरहेकाले अहिले प्रत्येक मण्डलीमा औसत तीन जना प्राचीन र चार जना सेवकाई सेवकहरू छन्‌।

मण्डली जति ठूलो भयो, राज्यभवन त्यति नै राम्रो चाहिन्छ। त्यसैले खुसीको कुरा, गत सेवा वर्षमा दस ठाउँमा निर्माण भएका राज्यभवनको समर्पणमा शाखा कार्यलयबाट प्रतिनिधिहरू पठाइए। यीमध्ये दुई ठाउँमा त एउटै छानामुनि दुइटा राज्यभवन निर्माण गरिएका थिए। यी नव-निर्मित राज्यभवनहरू भावी वृद्धिको लागि एउटा बलियो आधार बनेको छ।

बेथेलमा आवास, कार्यालय र प्रेस यति राम्ररी व्यवस्थित भइसकेका छन्‌ कि भावी वृद्धिको लागि यो सक्षम छ। यस वर्षको सुरुतिर नयाँ मेसिनहरू जडान गरिए। दुइटा तीव्र गतिमा छाप्ने नयाँ अत्याधुनिक मेसिनले त एक घण्टामा १२,००० पत्रिकाहरू छापिरहेका छन्‌। पहिलेको मेसिनको तुलनामा यसले दुई गुणा बढी छापिरहेको छ। कटिङ, फोल्डिङ र बाइन्डिङ गर्ने सबै काम एउटै मेसिनमा हुन्छ। मेसिनको क्षमता अत्यधिक भएकोले अगामी धेरै वर्षको आवश्‍यकता यसले सजिलै पूरा गर्न सक्छ।

यी नयाँ मेशिनहरू जडान गर्न छ जना भाइहरूको एउटा अन्तरराष्ट्रिय टोली र साथमा उनीहरूका पत्नीहरू पनि भारत आइपुगे। भारतकै पाँच जना प्राविधिकहरूले पनि मदत गरे। यी स्वयम्‌सेवकहरूको दक्षता र आत्मत्यागको लागि बेथेलका भाइ-बहिनीहरूले निकै प्रशंसा र कदर गरे। उनीहरूसितको बिदाई भावपूर्ण थियो।

सुनामी प्रभावित हाम्रा भाइबहिनीहरूलाई मदत गर्न अन्तरराष्ट्रिय मदत ओइरियो। विदेशमा बस्ने भारतीयलगायत देशभरिबाट रकम थुप्रियो। त्यसैले, एक हप्ताभित्रमा अन्दमान, निकोबार जस्ता अति प्रभावित क्षेत्रहरूमा हाम्रा भाइहरू पुग्न र उद्धार सामग्री जुटाउन सक्षम भए। त्यसपछि फेरि योग्य क्षेत्रीय निरीक्षक र निर्माण स्वयम्‌सेवकहरू त्यहाँ पुगे। तिनीहरूले सर्वस्व गुमाएकाहरूलाई पर्याप्त राहत पुगेको छ कि छैन भन्‍ने कुरामा विशेष ध्यान पुऱ्‍याए। सुनामी प्रभावित क्षेत्रका भाइबहिनीहरूले आफ्नो दुःखमा सहयोग गर्ने सबै भाइबहिनीहरूप्रति मनैदेखि आभारी भएको कुरा सुनाइदिन हामीलाई अनुरोध गरेका छन्‌। मायालु मसीही भ्रातृत्वको एउटा भाग बन्‍न पाउनु कस्तो सुअवसर!—१ पत्रु. २:१७.

राज्य क्रियाकलापलाई प्रगतिपथमा लम्काउन गरिएका यी जोसिला कार्यहरूको जति प्रशंसा गरे पनि पुग्दैन! यस उद्धार कार्यमा तपाईंहरूले दिनुभएको आर्थिक सहयोगको लागि हामी धेरै आभारी छौं। (हितो. ३:९, १०) “उहाँको महिमाको प्रशंसाको निम्ति” हाम्रो संयुक्‍त प्रयासमा यहोवाको आशिष्‌ वर्षिरहोस्‌।—एफि. १:१२.

तपाईंका भाइहरू,

भारत शाखा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने