प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 सेप्टेम्बर p. १
  • शाखाको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शाखाको पत्र
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 सेप्टेम्बर p. १

प्रिय राज्य प्रकाशकहरू:

विगत केही वर्षको दौडान गरिएका संगठनात्मक परिवर्तनहरूप्रति तपाईंहरूले देखाउनुभएको सहयोगको लागि हामी हार्दिक कृतज्ञता व्यक्‍त गर्न चाहन्छौं।

सेप्टेम्बर १, २००६ देखि जिल्ला स्तरमा नयाँ प्रबन्धहरू गरिएका छन्‌। यस प्रबन्धअनुसार स्थानीय भाषा जान्‍ने जिल्ला निरीक्षकले क्षेत्रीय सम्मेलनहरूको रेखदेख गर्न सक्छन्‌। जिल्ला १: अंग्रेजी भाषाको क्षेत्र, जिल्ला २: हिन्दी र उत्तर भारतका भाषाहरू, जिल्ला ३: कन्‍नडा, तामिल र तेलगु भाषी प्रकाशकहरू अनि जिल्ला ४: मल्यालम भाषाका सबै क्षेत्रहरू।

ठूल-ठूला शहरहरूमा विभिन्‍न भाषाका समूहहरूलाई विशेष ध्यान दिन पनि थप प्रयासहरू गरिंदैछ। भन्‍नुको मतलब, एउटै इलाकामा कहिलेकाहीं एउटा भन्दा बढी मण्डलीले काम गर्नेछन्‌ र प्रत्येक मण्डलीले आ-आफ्नो भाषाका मानिसहरूलाई ध्यान दिनेछन्‌।

आफ्नो मण्डलीमा बोलिने भाषाभन्दा अर्कै भाषा बोल्ने मानिसहरूले चासो देखाएमा के गर्ने भन्‍नेबारे दिइएको निर्देशन पालन गर्न र यहोवाको इच्छा पूरा गर्न हामी प्रत्येक अझ व्यवस्थित हुनुपर्छ। यसरी व्यवस्थित हुने सन्दर्भमा हामी सबैले आ-आफ्नो भूमिका निभाउनु पर्नेछ।—भज. ४०:८.

विभिन्‍न भाषा बोल्ने नयाँ व्यक्‍तिहरूले मण्डलीमा संगति गर्न थालेपछि थप राज्यभवनको खाँचो पर्नेछ। देशभरि भइरहेको विभिन्‍न राज्यभवन निर्माणकार्यमा थुप्रैले श्रमदान र भौतिक सहयोग दिएका छन्‌। कत्ति प्रशंसनीय काम! आर्थिक परिस्थिति नबद्‌लिए तापनि स्थानीय प्रकाशकहरूबाट प्राप्त अनुदानले गर्दा अझ धेरै राज्यभवनहरू बनाउन सम्भव भएको छ। राज्यभवन बनाउन निकै खर्च लाग्छ। यसको लागि जमिन किन्‍नुपऱ्‍यो र निर्माण खर्च जुटाउनुपऱ्‍यो। यो खर्च बेहोर्न मण्डलीहरू आफैले भार उठाउँदा र जिम्मेवारी वहन गर्दा यस निर्माण कार्यक्रममा यहोवाको आशिष्‌ वर्षिरहनेछ। यस कुरामा हामी ढुक्क छौं।

तपाईंका भाइहरू,

भारत शाखा कार्यालय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने