प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ११/०५ पृ. १
  • यहोवाको महिमा उद्‌घोष गरौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको महिमा उद्‌घोष गरौं
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।”—भजन ९६:८.
    “यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।”—भजन ९६:८.
  • यहोवाको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • ईश्‍वरीय नाउँ घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • सबैले यहोवाको महिमाको वर्णन गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ११/०५ पृ. १

यहोवाको महिमा उद्‌घोष गरौं

१ भजनहारले यसरी गाए, “हे सारा पृथ्वी, परमप्रभुकै निम्ति गाओ। उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर।” यहोवाले हाम्रो लागि विगतमा गर्नुभएका, हाल गरिरहनुभएका र पछि गर्नुहुने काममा घोरिंदा उहाँको महिमा नगाई के हामी बस्न सकौंला?—भज. ९६:१, ३.

२ प्रचारमा: यहोवाका साक्षीहरूले आफ्नो नाउँको अघि यहोवा नाउँ जोड्‌ने र विश्‍वभर त्यो नाउँ फैलाउने सुअवसर पाएका छन्‌। (मला. १:११) तर मसीहीजगत्‌का पादरीहरूले भने आफ्ना बाइबल अनुवादहरूबाट यहोवाको नाउँ नै झिक्ने दुस्साहस गरेका छन्‌! महासङ्‌कष्टबाट बच्न सबैले उहाँको नाउँ पुकार्नै पर्छ। अतः परमेश्‍वरको नाउँ अरूलाई बताउनु अहिले जत्ति जरुरी पहिला कहिल्यै थिएन। (रोमी १०:१३-१५) विश्‍वशान्ति र मानिसहरूको अमनचयन परमेश्‍वरको नाउँ पवित्र हुनु मै निर्भर छ। भन्‍ने हो भने, परमेश्‍वरका सारा कामहरू उहाँकै नाउँसित जोडिएको छ।

३ “परमप्रभु महान्‌ हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ।” तर “परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा” दिन उहाँको वास्तविकता सबैले थाह पाउनै पर्छ। (भज. ९६:४, ८) तर यहाँ त ईश्‍वरै छैन भन्‍नेहरू पनि छन्‌। (भज. १४:१) कसैले त उहाँलाई लाछी भन्छन्‌ अनि मानिसको रत्तिभर पर्वाह नगर्ने निष्ठुर भन्छन्‌। उहाँ को हुनुहुन्छ, उहाँको उद्देश्‍य के हो, सच्चा मन भएकाहरूलाई बताउनुपर्छ। उहाँको मनोहर व्यक्‍तित्वबारे पनि बताउनुपर्छ। अनि मात्र भन्‍न सक्छौं, हामीले उहाँको प्रशंसा गाइरहेका छौं।

४ चालचलनद्वारा: यहोवाको धार्मिक स्तरअनुसार हिंड्‌दा उहाँको सम्मान हुन्छ। हाम्रो असल चालचलन अरूबाट लुक्छ र? (१ पत्रु. २:१२) हाम्रो सफा र चिटिक्क रुपरङ्‌ग देख्दा अरू नबोली बस्न सक्लान्‌ र? साँच्चै, परमेश्‍वरको वचनका सिद्धान्तअनुसार जिउँदा हुने लाभहरू बताउन यसले मौका दिन्छ। (१ तिमो. २:९, १०) ‘अरूले हाम्रो सुकर्म देखेर स्वर्गमा हुनुहुने पिताको महिमा गर्दा’ हाम्रो खुसीको सीमा रहँदैन।—मत्ती ५:१६.

५ हाम्रो बोलीवचन र चालचालनद्वारा महिमित परमेश्‍वरको सान हरेक दिन अझै बढाऔं। अनि मात्र हामी पनि यस्तो उद्‌घोष गर्न सक्छौं, “परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर।”—भज. ९६:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने