प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १२/०५ p. १
  • जीवन दिने शिक्षा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन दिने शिक्षा
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के बाइबलले शिक्षालाई निरुत्साहित गर्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • ईश्‍वरीय शिक्षाको श्रेष्ठता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उद्देश्‍य सहितको शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १२/०५ p. १

जीवन दिने शिक्षा

१ परमेश्‍वरको वचनको सत्य बुझेपछि मानिसको आँखामा देखिने एक प्रकारको चमक! अरूलाई परमेश्‍वरको ज्ञान र उद्देश्‍य बताउँदा मिल्ने गहिरो सन्तुष्टि! यी हुन्‌ परमेश्‍वरको शिक्षाका केही प्रतिफल। किनकि यो शिक्षाले अनन्त जीवन दिन्छ।—यूह. १७:३.

२ किन उत्तम: आज शिक्षा दिन मानिसले कुन तरिका अपनाएको छैन र? अनि कुन विषयमा पो शिक्षा पाइँदैन र? (उप. १२:१२) तर “परमेश्‍वरका महाकार्यहरूका” तुलनामा यी शिक्षाहरू बेकम्मा छन्‌। (प्रेरि. २:११) के संसारको कुनै शिक्षाले मानिसलाई सृष्टिकर्तासित घनिष्ठ बनाउन सकेको छ? उहाँको उद्देश्‍य बुझाउन सकेको छ? मरेपछि के हुन्छ र किन यतिविघ्न कष्ट छ, मानिसहरूलाई बुझाएको छ? के कुनै आशा दिएको छ? के परिवार सुखी बनाएको छ? अहँ! केवल परमेश्‍वरको शिक्षामा जीवनका यी गहन प्रश्‍नहरूको उत्तर पाइन्छ।

३ परमेश्‍वरको वचनको शिक्षाले मानिसको नैतिकता उकास्छ। तर आज संसारको शिक्षाले के मानिसको नैतिकता उकासेको छ र? परमेश्‍वरको वचनको शिक्षा सिक्ने र लागू गर्नेहरूको मनबाट जातीयता, साम्प्रदायिकता र राष्ट्रियताको जरै उखेलिन्छ। (हिब्रू ४:१२) यसले मानिसलाई हर प्रकारका हिंसा दुत्कार्न र “नयाँ चोला धारण” गर्न भित्री उत्प्रेरणा दिएको छ। (कल. ३:९-११; मीका ४:१-३) यसबाहेक, यो शिक्षाले परमेश्‍वरलाई दुःखी बनाउने बानी र अवगुणहरू त्याग्ने आत्मबल लाखौंलाई दिएको छ। चाहे ती बानी र अवगुण जरा गाडेर बसेकै किन नहोस्‌।—१ कोरि. ६:९-११.

४ किन आजै सिक्ने: आज हामी बाँचेको समयको अर्थ बुझ्न महान्‌ प्रशिक्षक यहोवा सजग गराउँछन्‌। उहाँको भविष्यसूचक न्यायको पूर्ण विवरण सबैलाई सुनाउनै पर्छ। (प्रका. १४:६, ७) ख्रीष्ट स्वर्गमा शासन गर्दै हुनुहुन्छ। झूटो धर्मको विश्‍व सम्राज्य छिट्टै खत्तम हुनेछ। परमेश्‍वरको राज्य पृथ्वीका सारा सरकारहरूलाई नाश गर्न तम्तयार छ। (दानि. २:४४; प्रका. ११:१५; १७:१६) अतः परमेश्‍वरको शासनारूढ राजालाई चिन्‍ने, महान्‌ बेबिलोनबाट फुत्कने, यहोवाको नाउँ विश्‍वासले पुकार्ने समय अहिल्यै हो। (भज. २:११, १२; रोमी १०:१३; प्रका. १८:४) जीवन दिने यो शिक्षा अरूलाई सिकाउन पल-पलको सदुपयोग गरौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने