प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अक्टोबर पृ. १
  • तपाईं कुन कुरा पहिलो स्थानमा राख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कुन कुरा पहिलो स्थानमा राख्नुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईंको मनोरञ्जन फाइदाजनक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • समय खेर नफालौं
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 अक्टोबर पृ. १

तपाईं कुन कुरा पहिलो स्थानमा राख्नुहुन्छ?

१ यस प्रश्‍नको तपाईं के जवाफ दिनुहुन्छ? पक्कै पनि हामी सबै परमेश्‍वरको राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न चाहन्छौं। (मत्ती ६:३३) तर हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘म राज्य गतिविधिलाई पहिलो स्थानमा राख्छु भनेर मेरा छनौटहरूले देखाउँछन्‌?’ बाइबलले यस्तो प्रोत्साहन दिन्छ: “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरि. १३:५) परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राखेका छौं भनी कसरी प्रमाण दिन सक्छौं?

२ समय कसरी बिताउँछौं: सबैभन्दा पहिले, समय कसरी बिताउँछौं सो जाँच्न सक्छौं। (एफि. ५:१५, १६) जमघट गर्न, टेलिभिजन हेर्न, इन्टरनेट चलाउन वा सोखहरू पूरा गर्न हरेक हप्ता कति समय बिताउँछौं? यस्ता कुरामा बिताएको समय र आध्यात्मिक गतिविधिमा बिताएको समय दाँजेर हेऱ्‍यौं भने हामी छक्कै पर्न सक्छौं। विलासी कुराहरू हासिल गर्नकै लागि पवित्र सेवालाई बेवास्ता गर्दै ओभरटाइम गर्छौं कि? सप्ताहन्तमा मनोरञ्जन गर्न हामी कत्तिको सभाहरू वा सेवकाई छुटाउँछौं?

३ प्राथमिकताहरू तय गर्नुहोस्‌: आफूले चाहेको हर कुरा गर्न हामीमध्ये धेरैजसोसित समय छैन। त्यसैले, राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न आफ्ना प्राथमिकताहरू केलाएर हेर्नुपर्छ अनि “उत्तम” कुराको लागि समय छुट्याउनु आवश्‍यक छ। (फिलि. १:१०, NRV) यी उत्तम कुरामा परमेश्‍वरको वचन अध्ययन गर्नु, सेवकाईमा भाग लिनु, परिवारको हेरचाह गर्नु र मसीही सभाहरू धाउनु समावेश छन्‌। (भज. १:१, २; रोमी १०:१३, १४; १ तिमो. ५:८; हिब्रू १०:२४, २५) अरू क्रियाकलापहरू, जस्तै: ठिक्क मात्रामा कसरत गर्नु र स्वास्थ्यकर मनोरञ्जनको आनन्द लिनु पनि लाभदायी हुन्छ। (मर्कू. ६:३१; १ तिमो. ४:८) तर यी कम महत्त्वका कुराहरूलाई आफ्नै ठाउँमा राख्नुपर्छ।

४ एक जवान भाइले पूर्ण-समय सेवकाईमा प्रवेश गरेर राज्य गतिविधिलाई पहिलो स्थानमा राख्ने प्रयास गरे। हुन त तिनले उच्च शिक्षा हासिल गरेर राम्रो पैसा आउने जागिर खाने छनौट पनि गर्न सक्थे। तिनले अर्को भाषा सिके र आवश्‍यकता बढी भएको ठाउँमा गए। तिनले यसो भने: “मैले यहाँ जीवनको अति महत्त्वपूर्ण समय बिताइरहेको छु। सेवकाईबाट अत्यन्तै स्फूर्ति पाइरहेको छु! प्रत्येक जवानहरूले यस्तै केही गरेर मैले जस्तै महसुस गरून्‌ भन्‍ने म चाहन्छु। आफूले सकेजति यहोवाको सेवा गर्नु जस्तो असल कुरा अरू केही छैन।” हो, परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राख्दा आशिष्‌ पाइन्छ। अझ महत्त्वपूर्ण कुरा, यस कामले स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवालाई प्रसन्‍न तुल्याउँछ।—हिब्रू ६:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने