प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी p. १
  • हामीलाई सुम्पिएको धन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई सुम्पिएको धन
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक धनमा मन लगाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • आफूले पाएको सम्मानको मोल गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०११
  • हाम्रो आँखाले नदेख्ने धनप्रति कृतज्ञ भएको देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • राज्य सेवाको धन बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी p. १

हामीलाई सुम्पिएको धन

१ प्रचार गर्नू भनेर परमेश्‍वरले सुम्पनुभएको जिम्मालाई पावलले महत्त्वपूर्ण ठाने। त्यसैले उनले यो कामलाई “धन” भने। (२ कोरि. ४:७) यो जिम्मेवारी पूरा गर्न उनले थुप्रै कठिनाई सहे र सतावट भोगे। जहाँ-जसलाई भेटे पनि उनी जोसिलो हुँदै प्रचार गर्थे। प्रचार गर्नकै लागि उनले थुप्रै अप्ठ्‌यारा बाटो हुँदो यात्रा गरे र जोखिमपूर्ण समुद्री यात्रा गरे। हामी पनि पावलले जस्तै प्रचारकार्यलाई महत्त्वपूर्ण ठान्छौं भनेर कसरी देखाउन सक्छौं? (रोमी ११:१३) कुन कुराले हाम्रो सेवकाईलाई अतुलनीय धनजस्तै बनाउँछ?

२ उत्कृष्ट धन: भौतिक धन-सम्पत्तिले गर्दा अक्सर थुप्रै समस्या हुन सक्छ र यस्तो धन-सम्पत्ति केही समयको लागि मात्र काम लाग्ने हुन्छ। तर प्रचार गर्ने हाम्रो कामले हामीलाई र अरूलाई पनि सधैंभरिको लागि फाइदा हुन्छ। (१ तिमो. ४:१६) हामीले प्रचार गर्दा निष्कपट मानिसहरूले यहोवाको नजिक आउन मदत पाउँछन्‌, जीवनमा आवश्‍यक परिवर्तन गर्न बल पाउँछन्‌ र अनन्त जीवनको पक्का आशा पनि पाउन सक्छन्‌। (रोमी १०:१३-१५) सेवकाईलाई अत्यन्तै मूल्यवान्‌ ठान्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ, उपलब्धी हासिल गरेकोमा हामी आनन्दित हुन सक्छौं र भविष्यको उज्ज्वल आशा पनि पाउन सक्छौं।—१ कोरि. १५:५८.

३ पाएको धनलाई ‘अनमोल ठानेको छु’ भनेर देखाउनुहोस्‌: हामीले पाएको बहुमूल्य वस्तुलाई कत्तिको अनमोल ठान्छौं भन्‍ने कुरा त्यसलाई हासिल गर्न हामीले गरेको प्रयास वा त्यागबाटै देखिन्छ। यहोवाको प्रशंसा गर्न आफ्नो समय र शक्‍ति खर्च गर्न पाएकोमा हामी कत्ति खुसी छौं! (एफि. ५:१६, १७) हामीले बिताएको समयले हामी भौतिक धनसम्पत्तिको पछि दगुर्दैनौं बरु, आध्यात्मिक कुरालाई बढि महत्त्वपूर्ण ठान्छौं भनेर देखाउनुपर्छ। अरूलाई बाँड्‌नुपर्ने अति बहुमूल्य कुरा हामीसित भएकोले हामी जोसिलो भएर प्रचार गरिरहन चाहन्छौं र हरेक मौका छोप्दै हामी सुसमाचार प्रचार गर्न हर समय तयार हुन्छौं।

४ बहुमूल्य खजाना वा धनलाई अक्सर लुकाएर राखिंदैन बरु, सबैले त्यो बहुमूल्य धनबारे थाह पाओस्‌ भनेर देखाएर राखिन्छ। यदि हामी सेवकाईलाई बहुमूल्य धन ठान्छौं भने प्रचार गर्नु हाम्रो जीवनको महत्त्वपूर्ण भाग बन्छ। (मत्ती ५:१४-१६) यो अनमोल धनको कदर गर्दै हामी पनि प्रेरित पावलको अनुकरण गरौं र सेवकाईलाई बहुमूल्य धनजस्तै अनमोल ठान्छौं भनेर देखाउन प्रचार गर्ने हरेक सुअवसरको सदुपयोग गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने